NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ भदौ १ सोमवार

skip this leapmotornepal (citroen)

फोन पे डिजिटल इकोनोमी कन्क्लेभको दोस्रो संस्करण जेठ २० मा हुने

NIMB
leapmotornepal (citroen)

 

काठमाण्डौ । मुुलुकको अर्थतन्त्र तीव्र रुपमा डिजिटाइजेसनतर्फ गइरहेको कुरालाई मध्यनजर गर्दै फोन पे डिजिटल इकोनोमी कन्क्लेभको दोस्रो संस्करण आयोजना हुने भएको छ।

ब्रान्डवर्थ प्रालिको आयोजनामा यही जेठ २० गते शुक्रबारका दिन हुन लागेको हो। कोभिड १९ पछि नेपाली डिजिटल प्रविधिका अनेकौँ आयाममा अभ्यस्त हुन थालेसँगै अर्थतन्त्र नै डिजिटाइजेसनतर्फ फड्को मारिरहेकोे कुरालाई मध्यनजर गर्दै कन्क्लेभको आयोजजना गरिएको हो। कन्क्लेभमा डिजिटाइजेसनका पछिल्ला सम्भावना, अवसर तथा चुनौतीका बारेमा सबै सरोकारवालासँग बृहत छलफल हुनेछ।

 

कोभिड १९ महामारीले विश्वलाई दोस्रो विश्वयुद्धपछिको सबैभन्दा खराब मन्दीको अवस्थामा पुर्याएको। सन् २०२१ मा विश्वव्यापी अर्थतन्त्र सन् २००८–२००९ को आर्थिक संकटको भन्दा दुई गुणा बढि संकुचित भएको छ। तर विश्वको डिजिटल अर्थतन्त्र कोभिड संकटको बीचमा उच्च प्रतिशतमा फस्टाएको छ।

कोभिड संकटकै बीचमा खर्बौं डलरको कारोबारले डिजिटल अर्थतन्त्रको प्रतिनिधित्व गर्दछ। डिजिटल अर्थतन्त्रले इन्टरनेट, फिक्स्ड र मोबाइल ब्रोडब्यान्ड इन्फ्रास्ट्रक्चर, क्लाउड कम्प्युटिङ, डिजिटल प्लेटफर्म र अन्य धेरैमार्फत आफ्नो व्यवसाय गर्ने उत्पादक र उपभोक्तालाई जनाउँछ। कुनै पनि राष्ट्रको यो उद्योगमा प्रविधि, टेलिकम, मिडिया क्षेत्रका साथै नयाँ सेवाहरु र ई–कमर्स र डिजिटल बैंकिङजस्ता गतिविधि समावेश हुन्छन्।

कृषि, यातायात, स्वास्थ्य, पर्यटन, शिक्षाजस्ता धेरै परम्परागत व्यवसायमा यी डिजिटल प्लेटफर्म र व्यापार मोडलको एकीकरणका साथ उद्योगहरुले हालैका वर्षहरुमा सबै कुराको डिजिटलाइजेसनमा वृद्धि भएको देखिन्छ। कोभिड १९ पछि नेपालीहरु पनि डिजिटल प्रविधिका अनेकौँ आयाम जस्तै– ई–कमर्स, डिजिटल पेमेन्ट, अनलाइन शिक्षा आदिमा अभ्यस्त हुँदै गइरहेका छन् भने डिजिटाइजेसन नेपाली अर्थतन्त्रको अभिन्न अंगका रुपमा स्थापित हुँदै जान थालेको छ। अहिले धेरैलाई अनलाइन कारोबारतर्फ डोर्याइरहेको छ।

परम्परागत व्यवसाय गर्ने वा अफलाइन व्यवसाय गर्ने धेरैले आफ्नो व्यवसायलाई अनलाइनमा रुपान्तरण गर्दै लगिरहेका छन्। कोरोना महामारीका कारण नेपालीलाई विद्युतीय भुक्तानी प्रणालीबारे जानकारीका साथै यसको प्रयोगको अनुभवसमेत गराएको छ। नेपालका बैंक तथा वित्तीय संस्थाहरुलाई विद्युतीय भुक्तानीलाई प्राथमिकतामा राख्न बाध्य बनाएको छ।

घरमै बसी बैंकमा खाता खोल्ने तथा सेयर कारोबार गर्ने, मोबाइलबाटै रकम स्थानान्तरण ९ट्रान्सफर० गर्ने, मोबाइल बालेटमार्फत भुक्तानी गर्नेलगायत नयाँ सेवाहरुमा नेपालीहरु अभ्यस्त भइसकेका छन्। जसले गर्दा नेपाली अर्थतन्त्र नै डिजिटाइजेशनमा रुपान्तरण हुँदै गएको छ। नयाँ प्रविधि तथा इन्टरनेटका माध्यमबाट हाल भइरहेको वस्तु र सेवाको व्यापारिक मोडलमा आएको यो परिवर्तन डिजिटल डिसरप्सन भइरहेको छ।

यस वर्षको कन्क्लेभको मुख्य उद्देश्य कोभिड १९ प्रभावबाट सामान्यकृत हँुदै गएको आर्थिक गतिविधि र जनजीवनमा डिजिटाइजेसनलाई कसरी आर्थिक बृद्धि र सामाजिक न्याय प्राप्तिका लागि प्रयोग गर्न सकिन्छ भन्ने रहेको छ। कन्क्लेभको दोस्रो संस्करणमा ‘बदलिदो समय, बदलिँदो अर्थतन्त्र’, ‘सधैँका लागि प्रभाव ९क्रिएटिङ इम्प्याक्ट्स द्याट लास्ट०’, ‘नेपाल ः सानो बजार कि असिमित सम्भावना रु’ तथा ‘ हामीसँग नेपाली युनिकर्न पहिचान कहिले हुनेछ रु’ विषयमा विभिन्न चारवटा सत्रमा बृहत् अन्तर्क्रिया र बहस हुनेछ। यी सत्रहरुमा नेपाली डिजिटल अर्थतन्त्रका प्रमुख सरोकारवाला, नियमनकारी निकाय, तथा निजी क्षेत्रका प्रतिनिधिको व्यापक सहभागिता रहनेछ।

कन्क्लेभमा भिसाको दक्षिण एसिया र भारतका लागि ग्रुप कन्ट्री म्यानेजर सन्दिप घोष तथा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीद्वारा कि–नोट स्पिच प्रस्तुत हुनेछ। यसका साथै नेपालको डिजिटल विकासका बारेमा अर्थमन्त्री जनार्दन शर्मा र सन्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगको बेग्लै सत्रसमेत हुनेछ।

यस कन्क्लेभ देशका प्रमुख टेलिभिजन च्यानलका साथै अनलाइन मिडिया र अन्य डिजिटल प्ल्याटफर्ममार्फत प्रत्यक्ष प्रसारण हुनेछ। फोनपे मुख्य प्रायोजक रहेको यस कन्क्लेभको कर्पोरेट प्रायोजकका रुपमा भिसा रहेको छ। डिजिटल इकोनोमीका बारेमा आयोजन गरिएको कन्क्लेभको दोस्रो सस्करणले आमनेपालीका लागी विशिष्ठ महत्व राख्ने विश्वास गरिएको छ।

यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर

यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै,...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:५३

  काठमाडौं, नेपाल – १३ अगस्ट, २०२६ – हिमालय रोडिजको...

प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:५०

  काठमाडौँ । भृकुटीमण्डपमा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’...

नेपालको मनसुनलाई ध्यानमा राख्दै एलजीले ल्यायो एआई डीडी २.० वासर एन्ड ड्रायर

नेपालको मनसुनलाई ध्यानमा राख्दै एलजीले ल्यायो एआई...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:४२

काठमाडौं । मनसुनको समयमा लगातार वर्षा र उच्च आर्द्रताका कारण...

बीएमसीको क्याम्ब्रिज एएस एन्ड ए लेभल परीक्षामा ९४ प्रतिशत विद्यार्थी उत्तीर्ण

बीएमसीको क्याम्ब्रिज एएस एन्ड ए लेभल परीक्षामा...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:३४

काठमाडौं । ब्रिटिश एजुकेसन ग्रुपअन्तर्गत रहेको ब्रिटिश मोडल कलेज (बीएमसी)ले...

“सुजुकी पर्वोत्सव” — दशैं–तिहार अवसरमा नगद छुट, निःशुल्क बीमा लगायत थप सुविधाका साथ सुजुकीको चाडपर्व योजना

“सुजुकी पर्वोत्सव” — दशैं–तिहार अवसरमा नगद छुट,...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:२७

काठमाडौं । दशैं–तिहारलाई लक्षित गर्दै सुजुकी नेपालले ‘सुजुकी पर्वोत्सव’ नामक...

युवालाई विदेशिन बाध्य होइन, रोजाइ बनाउन शिक्षा र उद्योगबीच सहकार्य आवश्यक रहेको सरोकारवालाको निष्कर्ष

युवालाई विदेशिन बाध्य होइन, रोजाइ बनाउन शिक्षा...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:२०

काठमाडौं । नेपालमा युवालाई स्वदेशमै पर्याप्त अवसर सिर्जना गरी विदेशिने...