CG Electronics
IME Life
NIMB

बेरुजु फस्र्यौट गर्न सरकार निरन्तर प्रयत्नशील छ  : अर्थमन्त्री

NIMB
Himalayan Bank

 

काठमाडौं । महालेखा परिक्षकको कार्यालयले ६४ औं बार्षिकोत्सव सम्पन्न गरेको छ । कार्यालयको नयाँ भवनमा आयोजित बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले महालेखा परिक्षकले गर्ने लेखा परिक्षणले मुलुकको सार्वजनिक प्रशाशनको बित्तीय अनुशाशन र सदाचारको बारेमा प्रष्ट पार्ने गरेको बताउनुभयो ।

उहाँले आधुनिक प्रविधिमार्फत लेखा परिक्षण हुन थालेकोमा खुसी व्यक्त गर्नुभयो । महालेखा परिक्षकको प्रतितवेदनले हरेक बर्ष बेरुजु बढ्दै गएको तथ्ये औंल्याउने भएकाले सुधारको खाँचो रहेको उहाँले बताउनुभयो । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बेरुजु फस्र्यौटलाई सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी गराउनुभएको थियो ।

‘यस बर्षको नीति तथा कार्यक्रममा समेत बेरुजु फस्र्यौटलाई प्राथमिकतामा राखिएको छ’ अर्थमन्त्री शर्माले भन्नुभयो, ‘सार्वजनिक आर्थिक कारोबार संचालनमा पारदर्शीता र स्वच्छता कायम गर्न सरकार प्रतिबद्ध रहेको छ ।’ उहाँले लेखा परिक्षकहरुबाट प्राप्त सुझावहरु कार्यान्वयन गर्न तथा बेरुजु फस्र्यौट गर्न सरकारले निरन्तर प्रयत्न गरिरहेको बताउनुभयो । बेरुजु फस्र्यौटका लागि अहिलेसम्म अपनाएका विधि र प्रकृयाका बारेमा समिक्षा गर्नुपर्ने आवश्यकता देखेको पनि उहाँले बताउनुभयो ।

‘बेरुजु किन बढदै गएको छ, कहाँनेर हाम्रो कमी कमजोरी भयो भन्ने कुराको अध्ययन, अनुसन्धान गरेर निराकरण गर्नुपर्ने आवश्यकता छ’ उहाँले भन्नुभयो ।

संघीयता कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहको लेखा परिक्षण गर्नुपर्ने जिम्मेवारी पुरा गरी बित्तीय व्यवस्थापन चुस्त, दुरुस्त बनाउन पहिले झै यस बर्षपनि महालेखा परिक्षकबाट सुझाव प्राप्त हुने अर्थमन्त्री शर्माले विश्वास व्यक्त गर्नुभयो ।
सविधान र प्रचलित कानूनअनुसार सुशाशन कायम गर्न उल्लेखनीय कार्य गरेको भन्दै उहाँले महालेखा परिक्षक र मातहतका कर्मचारीको प्रशंसा गर्नुभएको थियो ।

‘सार्वजनिक खर्च तथा स्रोतको दुरुपयोग, राजस्वतर्फ भएका चुहावट, हिनामिना, न्यूनबिजकीकरण, अनौपचारिक क्षेत्रबाट अर्थतन्त्रमा परेको नकारात्मक असर, सार्वजनिक तथा संगठित संस्था संचालनका बिषयहरुमा भने थप ध्यान दिनुपर्ने देखेको छु’ उहाँले भन्नुभयो ।

अर्थमन्त्री शर्माले बर्तमान अर्थतन्त्रका बारेमा महालेखा परिक्षकको कार्यलयबाट अध्ययन र विश्लेषण भई सुझाव पाउने अपेक्षा राखेको पनि बताउनुभयो । ‘एकातिर अर्थतन्त्रको आकार दिन प्रतिदिन फराकिलो बन्दै गएको छ भने अर्कोतर्फ आर्थिक परिसूचकहरुमा उचार चढाव आइरहेको छ ।

यसो हुँदा अर्थतन्त्रका समग्र पक्षमा गहन अध्ययन, विश्लेषण र मूल्यांकन गर्नुपर्ने आवश्यकता देखेको छु’ उहाँले भन्नुभयो, ‘यसमा महालेखा परिक्षकको कार्यालयका तर्फबाट शशक्त अध्ययन, विश्लेषण भई सुधारका लागि सुझाव पेश हुने अपेक्षा गरेको छु ।’

महालेखा परिक्षकको कार्यालयलाई एक विश्वसनिय सस्थाका रुपमा कार्य गर्न लेखा परिक्षकले आफ्नो निष्ठा, स्वतन्त्रता, व्यवसायिकता, राजनीतिक तटस्थता, सक्षमता जस्ता मूल्य मान्यताहरु अनुशरणा गर्नुपर्ने अर्थमन्त्री शर्माको भनाई थियो ।

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम...

वि.सं.२०८३ असार २४ बुधवार २०:००

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति...

फोनपोइन्ट्सका अभियान विजेतालाई ५५ इन्च स्मार्ट टिभी र वासिङ मेसिन हस्तान्तरण

फोनपोइन्ट्सका अभियान विजेतालाई ५५ इन्च स्मार्ट टिभी...

वि.सं.२०८३ असार २४ बुधवार १९:००

  काठमाडौं, असार २४ – फोनपोइन्ट्सले हालै सम्पन्न आफ्ना दुई...

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना फैलाउँदै वल्र्डलिंक

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना...

वि.सं.२०८३ असार २४ बुधवार १४:००

  काठमाडौं। वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...