CG Electronics
IME Life
NIMB

हिमालयन जनरल इन्स्योरेन्सको बीमाशुल्क आर्जन ५४ प्रतिशतले बढ्यो

NIMB
Himalayan Bank

काठमाडौं । एभरेष्ट इन्स्योरेन्ससँग मर्ज गरेको हिमालयन जनरल इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार कम्पनीले आफ्नो बीमा ब्यवसायमा उल्लेख्य प्रगति गरेको देखिएको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले २ अर्ब ६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । यस्तो आम्दानी अघिल्लो आवको तुलनामा ५४.३५ प्रतिशतले बढी हो । अघिल्लो आवको यसै अवधिसम्म हिमालयन जनरल इन्स्योरेन्सको कुल बीमा शुलक एक अर्ब ३३ करोड रुपैयाँ मात्रै रहेको थियो ।

बीमाशुल्क आर्जनमा उल्लेख्य सुधार गर्दै कम्पनीले सो अवधिसम्म ६९ करोड ९ लाख ६४ हजार रुपैयाँ बीमा कोषमा संचित गर्न सफल भएको छ । यस अवधिसम्म कम्पनीले बीमाकोषको आकार ११.९९ प्रतिशतले बढाएको हो । त्यस्तै, समिक्षा अवधिसम्म जगेडा कोषको आकार २.७५ प्रतिशतले घटेको छ भने महाविपत्ती कोषको आकार ३८.९२ प्रतिशतले बढ्न पुगेको छ ।

चौथो त्रैमाससम्म कम्पनीको लगानी, कर्जा तथा पुनर्बीमा कमिशन आय भन्दा पनि व्यवस्थापन खर्च बढ्न पुगेको छ । यसका बावजुत पनि कम्पनीको नाफा ३३.८८ प्रतिशतले बढ्न पुगेको छ । समिक्षा अवधिसम्म कम्पनीको आय ६.९७ प्रतिशत बढेको छ भने व्यवस्थापन खर्च २४.११ प्रतिशत बढ्न पुगेको छ ।

साथै कम्पनीले असार मसान्तसम्म १४ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको । अघिल्लो आवको यसै अवधिसम्म कम्पनीले ११ करोड ५ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

यता कम्पनीको खुद दावी भुक्तानी घट्न पुगेकोले पनि कम्पनीको नाफामा सुधार देखिएको हो । सो अवधिसम्म कम्पनीको खुद दावी भुक्तानी ८.०४ प्रतिशत घटेर १८ करोड २७ लाख रुपैयाँमा झरेको छ । यस अवधिसम्म कम्पनीको जारी बीमापोलिसी संखया ७० हजार ७२ रहेको छ ।

एक अर्ब १७ करोड चुक्ताँपुँजी रहेको हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको यस अवधिसम्म प्रतिशेयर आम्दानी १६.८१ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेवटर्थ १८१.८१ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर कुल सम्पत्तिको मूल्य २८९.५६ रुपैयाँ रहेको छ । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले एक आपसमा मर्जरमा जाने सहमति गरी ‘हिमालयन एभरेष्ट’ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गरिसकेका छन् ।

नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न

नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी...

वि.सं.२०८३ असार २२ सोमवार २२:४६

  काठमाडौँ । नबिल बैंक लिमिटेडले आइतबार वृक्षारोपण गरी साताव्यापी...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५१...

वि.सं.२०८३ असार २२ सोमवार १८:३३

  काठमाडौं, ६ जुलाई २०२६ — नेपाल अटोमोबाइल आयातकर्ता तथा...

घरेलु तथा साना उद्योगलाई सहुलियत, नीतिगत स्थिरता र सरकारी संरक्षण आवश्यक

घरेलु तथा साना उद्योगलाई सहुलियत, नीतिगत स्थिरता...

वि.सं.२०८३ असार २१ आइतवार १८:११

  ललितपुर । आर्थिक मन्दी, लगानी संकुचन र बजार सुस्ताएका...

एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँट सम्पन्न

एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का...

वि.सं.२०८३ असार २१ आइतवार १८:०५

  काठमाडौं, असार २१ – आगामी भदौ ९ देखि १४...

नेपाली उपभोक्ताका लागि एलजीको ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक

नेपाली उपभोक्ताका लागि एलजीको ‘एसेन्सियल सिरिज’ घरेलु...

वि.सं.२०८३ असार २१ आइतवार १८:००

  बुटवल, असार २१ – एलजीले नेपाली उपभोक्ताको आवश्यकता र...

५० एमपी अल्ट्रा–वाइड सेल्फी क्यामेरा र ७००० एमएएच ब्याट्रीसहित ओप्पो ए सिक्स एस प्रो नेपालमा सार्वजनिक

५० एमपी अल्ट्रा–वाइड सेल्फी क्यामेरा र ७०००...

वि.सं.२०८३ असार २१ आइतवार १०:०८

  काठमाडौं । ओप्पोले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘ओप्पो ए...