CG Electronics
IME Life
NIMB

नेपाल लाइफ इन्स्योरेन्स लिडरशिप एक्सिलेन्स अवार्ड सम्पन्न

NIMB
Himalayan Bank

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लिडरशिप एक्सिलेन्स अवार्ड २०७९–०८० पोखरामा भव्यताका साथ सम्पन्न भएको छ। कम्पनीले भदौ ५, ६ र ७ गते विभिन्न कार्यक्रमबीच सम्पन्न गरेको हो ।कम्पनीका नेशनल सेल्स हेड उमापती पोखरेलका साथै सिइओ पराजुलीले विगका दिनमा कम्पनीले हासिल गरेका उपलब्धीका विषयमा समिक्षा गरेका थिए । कार्यक्रममा चालु आर्थिक बर्षको लागि योजना बनाँउदै विगतका व्यवसायलाई समिक्षा गरिएको थियो ।

कार्यक्रममा एजेन्सी म्यानेजर तथा बीमा अभिकर्ताहरुलाई पुनर्तागजी तालिम तथा उत्कृष्ट एजेन्सीहरुलाई पनि सम्मानित गरिएको थियो । नेपाल लाइफको कुम्भ मेलाको रुपमा हेरिएको पोखरामा आयोजित लिडरशिप एक्सिलेन्स अवार्ड कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीले उद्घाटन गरेका थिए ।

पोखरास्थित ग्राण्ड होटलमा देशैभरिका सिनियर बीमा अभिकर्ता, एजेन्सी म्यानेजरहरु, उत्कृष्ट शाखा प्रमुख तथा काठमाडौंबाट उच्च व्यवस्थापकहरु डेपुटी जनरल म्यानेजर उमापति पोखरेल, सहायक महाप्रबन्धक दिग्बिजय सिंघल, ओम प्र्रकाश पुडासैनी, अमित कयाल, प्रेम प्रसाद रेग्मी, बिनोद भुजेललगायतको सिंगो व्यवस्थापन टिम भेला भएको कारण आज सम्पन्न भएको हो।

उक्त सेसनमा विश्वको सर्वोच्च शिखर ८,८४८ मिटर अग्लो सगरमाथाको टुप्पोमा नेपाल लाइफको झण्डा फहराउने लमहीका युवराज धिताललाई एक लाख रुपैयाँ नगदसहित सम्मानित गरिएको थियो ।
त्यसैगरी, नेपाल लाइफको तर्फबाट सिओटी तथा टिओटी बिजेता भई एमडिआरटीको सम्मेलनमा अमेरिकाको बोस्टर्नमा सहभागी भएर फर्केकी जैसरा शर्मा पंगेनीलाई एक लाख रुपैयाँ नगद सहित सम्मानित गरिएको थियो ।

कम्पनीले प्रथम स्थान हासिल गर्नेलाई २ लाख ५१ हजार, दोस्रो हुनेलाई एक लाख ३५ हजार तृतिय हुनेलाई ७५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।यो दुबै क्याटागोरीमा अवार्ड पाउनेलाई पुरस्कित गरिएको हो । कार्यक्रममा सहभागीहरु मध्ये मदन भट्ट, देवी प्रसाद जैसी र रक्षा महराले मन्तव्य व्यक्त गरेका थिए । अन्तिम दिन मनोरञ्जनात्मक कार्यक्रम गरि भव्य रुपमा मनाएको छ।

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...