CG Electronics
IME Life
NIMB

नेपाल लाइफको लिडरसिप एक्सिलेन्स अवार्ड पोखरामा सम्पन्न

NIMB
Himalayan Bank

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा तीन दिने लिडरसिप एक्सिलेन्स अवार्ड कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले भदौ ५, ६ र ७ गते विभिन्न कार्यक्रमहरु गरेर सम्पन्न गरेको हो । कार्यक्रमको उद्घाटन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले गरेका थिए । सीईओ पराजुलीले विगतका दिनमा कम्पनीले हासिल गरेका उपलब्धीका विषयमा समीक्षा र चालु आर्थिक वर्षमा कम्पनीले लिने रणनीतिका विषयमा जानकारी गराएका थिए

कार्यक्रममा नेपाल लाइफले विशिष्ट योगदान पुर्याएका दुई जना अभिकर्तालाई जनही एक लाख सहित विशेष सम्मान गरिएको थियो । यस्तै नेपाल लाइफको प्रतिनिधित्व गर्दै अमेरिकाको वोष्टनमा सम्पन्न एमडिआरटी सम्मेलनमा सहभागी जयसरा शर्मा पंगेनी र लमही शाखाका अभिकर्ता युवराज धितालले सर्वोच्च शिखर सगरमाथा चढी नेपाल लाइफको झण्डा फहराएकोमा सम्मान पनि गरिएको छ ।

कोभिड १९ का कारण विगत तीन आर्थिक वर्षदेखि अभिकर्ताहरुको सम्मेलन हुन सकिरहेको थिएन । कम्पनीले विगत तीन आर्थिक वर्षमै एजेन्सी म्यानेजर र अभिकर्ता क्याटागोरीमा सवैभन्दा उत्कृष्ट रहेका प्रत्येक वर्ष ५० मा पर्नेहरुलाई चयन गरी सम्मेलनमा उपस्थित गराइएको थियो ।

यसरी सहभागी हुने २०५ जना अभिकर्ताहरुलाई सिल्ड तथा प्रमाणपत्र सहित सम्मान गरिएको थियो । उक्त समान्नितहरु मध्ये प्रत्येक वर्ष पहिलो दोस्रो तेस्रो स्थान हासिल गर्ने अभिकर्ताहरुलाई नगद सहित सम्मान गरिएको थियो । प्रथम स्थान हासिल गर्नेलाई २ लाख ५१ हजार, दोस्रो हुनेलाई एक लाख ३५ हजार तृतिय हुनेलाई ७५ हजार नगद पुरस्कार प्रदान गरिएको थियोे ।

कार्यक्रमको उद्घाटन सत्र लगत्तै बैंकर तथा मोटिभेसनल स्पिकर अनिल केशरी शाहले कार्यक्रममा उपस्थित सम्पूर्णमा मोटिभेसन प्रदान गरेका थिए । उनले आफ्नो ३२ वर्षे बैंकिङ अनुभवका साथ सबैलाई उत्प्रेरणा, हौसला प्रदान गर्दै आ–आफ्नो काम प्रति उत्साहित बनाएका थिए ।

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ महिला समृद्धि कर्जा’

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ...

वि.सं.२०८३ असार २७ शनिवार १७:२६

  काठमाडौं । महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यम...

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ खुलेको छोटो समयमै १,००० भन्दा बढी अर्डर

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ...

वि.सं.२०८३ असार २७ शनिवार १२:२४

  काठमाडौं। चीनको अटोमोबाइल कम्पनी जेटुरले पाकिस्तानमा सार्वजनिक गरेको नयाँ...

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...