CG Electronics
IME Life
NIMB

लाभग्राहीका लागि प्रभु बैंकले ल्यायो कृषि क्षेत्र विकास कार्यक्रमको नयाँ कर्जा सेवा

NIMB
Himalayan Bank

काठमाडौं । कृषि क्षेत्र विकास कार्यक्रमको लाभग्राहीका लागि प्रभु बैंकद्वारा विकसित नयाँ कर्जा सेवा सम्वन्धि अन्तरक्रिया कार्यक्रम सोमबार सुर्खेतमा सम्पन्न भएको छ ।
कृषि क्षेत्र विकास कार्यक्रम कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको आर्थिक सहयोगमा नेपाल सरकारको संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयदवारा सञ्चालित कार्यक्रम हो । कर्णाली प्रदेशका पहाडी तथा उच्च पहाडी क्षेत्रमा बसोवास गरेका जनताहरुको गरिवी तथा पोषण असुरक्षा न्यूनिकरण गरी नेपालको दिगो विकास लक्ष्य ( लक्ष्य १( गरिवी विहीन र लक्ष्य २( शून्य भोकमरी) प्राप्तिमा योगदान पुर्याउनु यस कार्यक्रमको लक्ष्य रहेको छ ।

भुमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय, कर्णालीका सचिव डा. लेखराज दाहाल प्रमुख अतिथि रहेको उक्त कार्यक्रमा प्रभु बैंकका सुनिल राना लगायत कर्णाली प्रदेश अन्र्तगतका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो । कृषि क्षेत्र विकास कार्यक्रमका संयोजक विनोद कुमार भट्टराईले कृषि क्षेत्र विकास कार्यक्रमको परीचय सहित यस कार्यक्रमको कार्यक्षेत्र तथा काम गर्ने तरीकाको बारेमा जानकारी गराउनु भयो । प्रभु बैंकका हेड माइक्रोफाइनान्स डिपार्टमेन्ट चन्द्र बहादुर खत्रीले कृषि क्षेत्र विकास कार्यक्रमको लाभग्राहीका लागि सहज र सरल तरीका बाट कर्जा उपलब्ध गराउनका लागि छुट्टै ऋण सेवा बनाई कार्यान्वयन गरीने जानकारी गराउँदै कर्णाली प्रदेश तथा सो अन्र्तगतका शाखा प्रमुखहरुलाई यस कार्यक्रम अन्र्तगतका लाभग्राहीहरुलाई सहज रुपमा कर्जा प्रवाह गराई वित्तिय साक्षरता समेत उपलब्ध गराउन आग्रह गर्नुभयो ।

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाका लागि स्वास्थ्य शिविर तथा पौष्टिक आहार वितरण

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी...

वि.सं.२०८३ असार १९ शुक्रवार ०९:४७

  काठमाडौं । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR)...

लुम्बिनीलाई क्षेत्रीय आईटी हब बनाउने ‘डिजिटल लुम्बिनी’ गुरुयोजना सार्वजनिक; लुम्बिनी सिटी कलेजमा सरोकारवालाहरूको वृहत परामर्श

लुम्बिनीलाई क्षेत्रीय आईटी हब बनाउने ‘डिजिटल लुम्बिनी’...

वि.सं.२०८३ असार १५ सोमवार ०७:१७

  बुटवल, असार २०८३ ।लुम्बिनी प्रदेशलाई एक सबल, सुरक्षित र...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

एफएनसीएसआईको २६औँ महाधिवेशन जेठ २४–२५ मा, नयाँ नेतृत्व चयन हुँदै

एफएनसीएसआईको २६औँ महाधिवेशन जेठ २४–२५ मा, नयाँ...

वि.सं.२०८३ जेठ २० बुधवार १९:२३

  काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ (एफएनसीएसआई)...