CG Electronics
IME Life
NIMB

रेमिट्यान्सको भरमा मात्र अब देश चल्दैन : अर्थमन्त्री शर्मा

NIMB
Himalayan Bank

चितवन । अर्थमन्त्री जनार्दन शर्माले रेमिट्यान्सको भरमा मात्र अब देश नचल्ने बताएका छन् । उनले उत्पादनमा जोड नदिएसम्म आयातको भरमा मात्र कतिन्जेल देश चलाउने भनेर प्रश्नसमेत गरे । नेपाल उद्योग व्यापार महासंघ चितवनको पाँचौँ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले दूध, तरकारी, खाद्य वस्तुमा प्रतिबन्ध लगाएर मात्र देशको अर्थतन्त्र बलियो पार्न सकिने बताए ।

उनले भने, ‘नेपाली स्रोत साधनको प्रयोग नगर्ने तर विदेशबाट वस्तु आयातित भइरहने हो भने देश अगाडि बढ्न सक्दैन ।’ उनका अनुसार विश्वमा तनाव सिर्जना भएको छ, देश-देशबिच युद्ध चलेको छ । युद्ध विस्तार हुने क्रम बढेको छ । यसको प्रभाव देशमा परिरहेको छ, जसले गर्दा अर्थतन्त्र सुधार भएको छैन ।’

हरेक वस्तु आयात गरेर उपभोग गर्ने बानी परेकाले आयात झनझन बढिरहेको उनी बताउँछन् । उनले भने, ‘हामी समाजवादीतर्फ जाने भनेर राष्ट्रिय सहमति भएको छ, तर भने अनुसारको आर्थिक प्रगति, उन्नति हुन सकेको छैन ।’

उनले सरकारका सबै निकायले आर्थिक विकास र व्यवसाय बढाउन केन्द्रित हुनुपर्ने बताए । उनले भने, ‘हामीसँग स्रोत र जनशक्ति छ, पुँजी पनि छ । प्रविधिलाई जोडेर उत्पादन गर्न सकियो भने हाम्रो भविष्य छ ।’ उनले उत्पादनको स्रोत प्रयोग गर्न सके विश्वमा नेपाल उत्कृष्ट बन्न सक्ने बताए । उनले अहिलेको बजेट उत्पादन केन्द्रित भएको दाबी गरे । उनले भने, ‘उत्पादनमुखी अर्थतन्त्रमा केन्द्रित गर्ने गरी बजेट आएको हुनाले केही हलचल भएका हुन् ।’

उनले किसानलाई अनुदान होइन, प्रोत्साहन गर्ने नीति लिएको बताए । कार्यक्रममा मन्त्री शर्माले भने, ‘सहकारीद्वारा उत्पादनलाई निःशुल्क ढुवानी गर्ने नीति ल्याउन जरुरी छ, सहकारीलाई सरकारले प्राथमिकता दिएको छ । सहकारीमार्फत उत्पादन गर्ने नीति पनि सरकारले लिएको छ ।’

उनले काठमाडौँले खाने तरकारी आफ्नै उत्पादन हुने हो भने देश अगाडि बढ्ने र त्यसको लागि चितवनले एउटा हिस्सा लिनैपर्ने बताए । यसो गर्न सके देशको विकासले गति लिने र ६ महिनाभित्र यो गर्न सकिने उनको भनाइ थियो ।

‘दूध बाहिरबाट आयात गर्ने विषय उठिरहेको छ, तर मैले कुनै हालतमा दूध आयात गर्न हुँदैन भनिरहेको छु, दूध हामीलाई पुग्ने उत्पादन भइरहेको छ’, उनले भने, ‘चामल आयात गर्न परिरहेको छ, मिहिनेत गरेको खण्डमा चामल आयात गर्न नपर्ने अवस्थामा पुग्छौँ, यो वर्ष मल, बीउ दुवैको अभाव भयो, आगामी वर्ष हामी सबै लाग्यौँ भने चामल आयात गर्न पर्दैन ।’

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...