CG Electronics
IME Life
NIMB

विद्युत प्राधिकारणको लापरवाहीले गर्दा करेन्ट लाग्दा थाहा नगरकाे सुदिप तामाङ्ग गम्भीर घाइते

NIMB
Himalayan Bank

काठमाडौँ । थाहानगर मकवानपुर । नेपाल विद्युत प्राधिकारणको लापरवाहीले गर्दा थाहा नगर ९ मा एक बालकलाई करेन्ट लागेको छ । नगरपालिकाको ९ नम्बर वडा चित्लाङ्ग खलिबनमा करेन्ट लाग्दा ११ वर्षका सुदिप तामाङ्ग गम्भीर घाइते भएका छन् । करेन्ट लाग्दा उनको हातै छिनेको छ साथै उनको शरिरको बिभिन्न भागमा गम्भीर क्षती पुगेको छ । उनको अहिले किर्तिपुर स्थित बर्न अस्पतालको आइसीयूमा उपचार भइरहेको छ ।

उनको अवस्था अत्यन्त गम्भिर रहको डाक्टरहरुले बताएका छन् । तामाङ्गलाई आज दिउँसो घर नजिकै खेल्ने क्रममा करेन्ट लागेको थियो ।

खेल्ने क्रममा घर नजिकैको विद्युत पोलमा चंगा अड्केको र त्यसलाई झिक्न खोज्दा करेन्ट लागेको बताइएको छ ।

केही समय अगाडि मात्र निर्माण भएको ३३ हजार केवीए लाइनको पोल पुरै ढल्केको र तार पनि जमिनबाटै छुने देखिन्छ । यस बारेमा प्राधिकरण समक्ष गुनासो गरे पनि सुनवाई नभएको स्थानिय सानुकान्छा तामाङ्गले बताएका छन् । उनका अनुसार गाउँलेहरुलाई प्राधिकरणले तारमा करेन्ट प्रवाह गरेको पनि थाहा छैन ।

उनी भन्छन, “केही समय अघिमात्र प्राधिकरणबाट निरिक्षणको लागि गाउँमा केही प्राविधिक आएका थिए, उनीहरुलाई पोल र तार व्यवस्थित नगरि लाइन नछोड्न भनेका थियौं । उनीहरुले पनि सबै व्यवस्थीत भए पश्चातमात्र करेन्ट छोड्ने बताएका थिए । तर कहिले लाइन छोडे हामीलाई थाहा भएन । यही सुचना थाहा हुन्थ्यो भने आजको घटाना घट्ने थिएन कि? अब यसको सबै जिम्मा प्राधिकरणले नै लिनु पर्दछ ।”

यस विषयमा प्राधिकरणका प्रबक्ता सुरेश भट्टराईसँग कुरा गर्दा नेपालको सबै तिरको माटो नै बग्नेखालको भएको हुँदा पोलहरु ढल्कीने हुन्छ । त्यसरी पोल, तारमा केही समस्या आए बितरण केन्द्रले हेर्ने हुँदा उनीहरुसँग बुझेर मात्र के भएको हो भन्न सक्छु भने ।

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...