NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन ३० शनिवार

skip this leapmotornepal (citroen)

भाद्र २३ गतेदेखि आठौं फर्निचर तथा फर्निसिङ एक्स्पो हुने

NIMB
leapmotornepal (citroen)

काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ्ग संघले सन् २०१२ देखि राजधानीको भृकुटीमण्डपमा फर्निचर तथा फर्निसिङ्ग सामाग्रीहरुको बृहत मेला फर्नेक्स नेपाल संचालन गर्दै आएको छ । यस पटक आठौं संस्करणको मेला फर्नेक्स नेपाल २०२२ यहि भाद्र २३ गतेदेखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ ।

फर्निचर तथा फर्निसिङ वस्तुहरुको प्रवद्धन गर्न यस एक्स्पोको आयोजना गर्न लागिएको हो । यस एक्स्पोका शिर्ष प्रायोजक प्रेष्टिज कार्पेट र मुख्य प्रायोजकमा हलेसी डेकोर, भिबोन इकोनोमिक चेयर, जेन्सा कार्पेट युनाईटेड फोम एण्ड म्याट्रेस प्रालि रहेका छन् । साथै, डिजिटल पेमेन्ट पार्टनरमा डिजि पे र सहयोगीमा स्पेस म्यागेजिन, नेपाल हस्तकला महासंघ, इन्टेरियर डिजाइनर एशोसियसन नेपाल रहेको छ ।

बदलिदो आधुनिक जीवन शैलीसँगै बढ्दै गएको आन्तरिक सजावटको मागका लागि एक्स्पो उचित गन्तब्य हुने आयोजकको विश्वास रहेको छ । उक्त मागको करिब ६० प्रतिशत बजार हिस्सा ओगट्न सफल नेपाली फर्निचर तथा फर्निसिङ उद्योग आफ्नो विस्तार गर्न राम्रो वातावरणको पर्खाइमा छ । यस प्रकारको मैलाले स्वदेशी उत्पादनको प्रवद्र्धधनमा टेवा पुग्ने आयोजकले जनाएको छ ।

मेलामा किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, हस्पिटल फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै इन्टेरियर डिजाइन, वास्तु परामर्श प्रदर्शनीको आकर्षण रहने जनाइएको छ । प्रदर्शनीमा फर्निचर फर्निसिङ्गका नविनतम सामाग्रीका प्रदर्शनी मात्र नगरी त्यसका उपयोगिता, प्रयोग विधि, बनोटका बारेमा पनि अवलोकनकर्तालाई जानकारी गराउने यसका अलावा फर्निचर फर्निसिङ्ग व्यवसायमा आधुनिक प्रविधि भित्याउँदै फर्निचर जन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने अपेक्षा रहेको आयोजकले जनाएको छ ।

एक्स्पो अवलोकनकर्ताका लागि प्रवेश निशुल्क छ । यसका लागि अवलोकनकर्ताले आफ्नो विवरण रजिष्ट्रेशन डेक्समा उपलब्ध गराउनु पर्नेछ । प्रत्येक दिन डोर प्राइजका साथै दशैं विशेष छुटको व्यवस्था गरिएको छ । पाँच दिनसम्म चल्ने एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी फर्निचर र फर्निसिङ्ग सामग्रीका स्टल रहनेछन् ।

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...