CG Electronics
IME Life
NIMB

अरुण तेस्रो जलविद्युत आयोजना : ‘पटेल इन्जिनियरिङ कम्पनी’ले साढे ६ करोड नदिएको भन्दै नेपाली पेटी ठेकेदारको रुवाबासी

NIMB
Himalayan Bank

काठमाडौं । भीम कर्णाली हाइड्रो कन्ट्रक्सन कम्पनीको सञ्चालक कालिकोटका दिनेशबहादुर शाहीले पटेल इन्जिनियरिङ कम्पनीले साढे ६ करोड रुपैयाँ नदिएको खुलासा गरेका छन् । उनले अरुण तेस्रो जलविद्युत आयोजनाको ठेक्का पाएको पटेल इन्जिनियरिङ कम्पनीबाट आफूले पेटी ठेकेदारको रुपमा काम गरेको र सो कम्पनीले साढे ६ करोड रुपैयाँ नदिएर बर्बाद पारेको खुलाएका हुन् ।

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी शाहीले आफ्नो समस्याबारे प्रधानमन्त्री, गृहमन्त्री तथा ऊर्जा मन्त्रालयमा हारगुहार गर्दा पनि कतैबाट राहत नपाएको रुदै गुनासो पोखे । उनले भने,“सबै मन्त्रालयले यसमा हामी केही गर्न नसक्ने भन्दै पन्छिएर मलाई आफै समस्या सल्टाउन उल्टै सल्लाह दिए ।”

शाहीले जिल्ला प्रशासन कार्यालय संखुवासभाले ३/४ पटक दुवै पक्षलाई बोलाएर कागज गरेपनि कम्पनीले कार्यान्वयमा फिटिक्कै चासो नदिएको सुनाए । उनले भने,“पुस महिनामा कागज गरेर ३ कित्तामा दिन्छु भनेको हो, आजसम्म दिएको छैन ।Ed-markCivil Bank

संखुवासभाका सबै वृद्धिजिवीहरुलगायत हाइड्रोपावरको अध्यक्षलाई पनि सबै बताए तर कसैले केही गरेनन् ।” उनले संखुवासभाको प्रमुख जिल्ला अधिकारीले सरकारको विषय भएकोले आफुले गर्न नसक्ने बताएको उल्लेख गरे।

उनले साथीहरुसँग पैसा लिएर काम अघि बढाएको उल्लेख गर्दै आफुले साढे ३ करोड रुपैयाँ तिर्नु पर्ने बताए । पट्टेल कम्पनीले पैसा माग्दा आज, भोलि दिन्छु भन्दै आफुलाई झुलाउँदै गएको उनको भनाइ थियो ।

आफुले तिर्नुपर्ने रकम दिन साथीहरुलाई चेक दिएको सुनाउँदै सोही चेक बाउन्स भएपछि आफु प्रहरीकोमा जान परेको समेत उनले बताए । आफुले कन्ट्रयाक पेटी ठेकेदारी काम गरेको उल्लेख गर्दै पैसा तिर्नुपर्नेहरुले धम्की दिन थालेको बताए ।

शाहीले भने,“साथीहरुले फोन गर्नुहुन्छ, नउठाए मेसेन्जरबाट धम्की दिनुहुन्छ, फोन उठाए फोनबाटै धम्की दिनेगरेका छन्, कतै जाने ठाउँ नभएर मिडियामा आएको हुँ । चेक बाउन्स भएपछि प्रहरीले २७ गतेसम्म पैसा भुक्तान नगरे जेल जानुपर्ने भनिरहेको छ । कसरी तिरु खै मैले ?’

उनले आफु प्रेसरको बिरामी भएको समेत सुनाए । शाहीले राज्यलाई मात्रै राजस्व तिर्न १ करोड ७ लाख रहेको रुदै सुनाए । पटेल कम्पनीले खुलेआम ‘तेरो पैसा दिन्न’ भनेको उनले सुनाए ।
शाहीका आफन्त अनिल योगीले पटेल कम्पनीले शाहीलाई ६ करोड रुपैयाँ नदिएर जेल जान बाध्य बनाउन खोजेको टिप्पणी गरेका छन् ।

शाहीले प्रधानमन्त्री कार्यालय देखि विभिन्न निकायमा गुहार माग्दा पनि अहिलेसम्म पैसा नपाएको उनले बताए । योगीले विदेशीलाई ठेक्का दिएर नेपालका पेटी ठेकेदारहरुले सास्ती पाएको भन्दै गुनासो गरे ।

संखुवासभाको मकालु गाउँपालिकामा अवस्थित रहेको अरुण तस्रो जलविद्युत आयोजनाको क्षमता ९ सय मेगावाट रहेको छ । आयोजनाको कुल लागत १ खर्ब ४ अर्ब रुपैयाँ रहेको र निर्माण कार्य ५ वर्षमा सकिने जनाइएको छ ।

नेपाल भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा आयोजनाको शिलन्यास गरेका थिए ।

भारतको सतलज हाइड्रो कम्पनीले आयोजनाको ठेक्का पाएको छ । कम्पनीले अनुमति अनुसार २२५ मेगावाट क्षमताको ४ वटा टर्भाइन मार्फत ९ सय मेगावाट उत्पादन हुने जनाइएको छ ।

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...