दशैंका लागि असोज १ गतेदेखि अग्रिम टिकट खुल्ने
Wednesday Sep 07, 2022
वि.सं.२०७९ भदौ २२ बुधवार २२:४४
काठमाडौं । दशैंका लागि असोज १ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।
आज (भदौ २२ गते) यातायात व्यवस्था विभाग, सडक विभाग, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवसायी राष्ट्रिय महासंघको संयुक्त बैठकले असोज १ गतेदेखि अग्रिम टिकट बुकिङ खुला निर्णय गरेको हो ।
दशैंमा घर जानका लागि यात्रुहरूका लागि सहज होस् भनेर वर्षेनी दशैंअघि नै अग्रिम टिकट बुकिङ खुल्ने गरेको छ । दशैंका लागि अनलाइनबाट पनि टिकट बुकिङ गर्न सकिने छ ।























