IME Life
NIMB

नेपाल पुनर्बीमा कम्पनीले पारित गर्यो लाभांश

NIMB
Himalayan Bank

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले अघिल्लो आर्थिक वर्ष ०७७/७८ को लाभांश पारित गरेको छ । कम्पनीले बिहीवार सातौं वार्षिक साधारण सभा सम्पन्न गर्दै प्रस्तावित कुल ५ दशमलव २६ प्रतिशत लाभांश पारित गरेको हो ।

यस वर्ष कम्पनीले हाल कायम चुक्तापूँजी रू. ११ अर्ब ६५ करोडको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. १२ अर्ब २३ करोड २५ लाख कायम हुनेछ ।

सभाले लाभांश प्रस्तावसँगै अघिल्लो आर्थिक वर्षसम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्दै गत आर्थिक वर्ष ०७८/७९ को लागि वार्षिक लेखापरिक्षणका लागि टि.आर उपाध्याय एण्ड कम्नपी, चार्टड एकाउन्टेन्ट्स, बानेश्वर, काठमाडौंलाई नियुक्त गर्ने निर्णय समेत गरेको छ । कम्पनीले साधारण सभा र लाभांश प्रयोजनकाल लागि भदौ १९ गते आइतवार एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा भदौ १७ गते शुक्रवारसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।

कम्पनीले आर्थिक वर्ष ०७६/७७ सम्मको सञ्चित मुनाफबाट कुल १९ प्रतिशत लाभांश वितरण गरेको थियो । उक्त वर्ष १६ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि कम्पनीले २ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको हो । लगानीकर्ताहरूले अघिल्लो वर्षभन्दा गत वर्षको लाभांश कम भएकोमा सभा मार्फत गुनासो गरेका छन् । नेपालकै पहिलो पुनर्बीमा कम्पनीको पहिचान काय राखी शेयरधनीहरूको लागि समेत आकर्षक प्रतिफल वितरण गर्ने क्षमतामा कम्पनीलाई अघि बढाउन लगानीकर्ताहरूले सुझाब समेत दिएका छन् ।

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच अझै कमजोर

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच...

वि.सं.२०८३ साउन २२ शुक्रवार २३:०९

काठमाडौँ । नेपालका लघु, साना तथा मझौला उद्यम (एमएसएमई) क्षेत्रमा...

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर सार्वजनिक, नेपाली बजारमा नयाँ विकल्प थपियो

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर...

वि.सं.२०८३ साउन २२ शुक्रवार २२:४९

  काठमाडौं । विद्युतीय दुईपांग्रे सवारीसाधन उत्पादक याडिया नेपालले नेपाली...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि ऋण सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०६

  काठमाडौं। नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच ४.७५...

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गर्दै, ७० प्रतिशतसम्म छुट दिने

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०१

  काठमाडौं। दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गरेको...

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट, भदौ ९ देखि १८ औँ नाडा अटो शो

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:३३

  काठमाडौँ। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो...