IME Life
NIMB

१०६१ मेगावाटको अपर अरुण निर्माणका लागि सम्झौता, ५३ अर्ब ३४ करोड स्वदेशी र ९७ अर्ब विदेशी लगानी हुने

NIMB
Himalayan Bank

काठमाडौं । १ हजार ६१ मेगावाटको अपर अरुण जलविद्युत आयोजना निर्माणका लागि ऋण लगानी सम्झौता भएको छ । गेम चेन्जर प्रोजेक्ट स्वदेशी र विदेशी लगानीमा निर्माण हुने भएको हो ।

बिहीबार राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गर्दै प्रवर्द्धक कम्पनी अपर अरुण हाइड्रोपवार लिमिटेड र ऋण लगानीकर्ताबीच प्रारम्भीक समझदारी पत्रमा हस्ताक्षर समेत भएको छ ।

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी(एचाआईडीसीएल) को अगुवाईमा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी बीच उक्त जलविद्युत आयोजना निर्माण गर्न समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

संखुवासभाको भोटखोला गाउँपालिकामा बन्ने उक्त अयोाजना निर्माणका लागि २ खर्ब १४ अर्ब ८६ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।

अप्पर अरुण हाइड्रोपावरले निर्माण गर्न लागेको उक्त आयोजनाको मुख्य प्रवद्र्धक नेपाल विद्युत प्राधिकरण रहेको छ ।आयोजना निर्माणका लागि ३० प्रतिशत अर्थात् ६४ अर्ब ४६ करोड कम्पनीले स्वपुँजीको रुपमा लगानी गर्नेछ ।

यस्तै, ४९ प्रतिशत रकम भने नेपालको पानी जनताको लगानी अनुसार जनता मार्फत उठाइनेछ भने बाँकी ५१ प्रतिशत कम्पनीले आफैले लगानी गर्ने बताइएकोछ ।

आयोजनामा १ खर्ब ५० अर्ब ४० करोड रकम ऋण मार्फत जुुटाइने योजना रहेको छ । त्यसमा ५३ अर्ब ३४ करोड स्वदेशी ऋण लगानी र बाँकी ९७ अर्ब ६ करोड भने विश्व बैंक तथा युरोपियन इन्भेष्टमेन्ट बैंक लगायतका विदेशी संस्था मार्फत ऋण लिने तयारी छ ।

कार्यक्रमा ऊर्जा, जललस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले अप्पर अरुण नेपालकै दोस्रो ठुलो परियोजना रहेको बताएकी छिन् । उनले भनिन्,-‘अपर तामाकोशीपछि नेपालकै वित्तिय लगानीबाट बन्ने दोस्रो ठुलो परियोजना हो, भयो भरपर्दो उर्जा प्रदायक आयोजना बन्नेछ ।’ उनले नेपाल जलविद्युत क्षेत्रमा यसको एकदमै महतवपूर्ण योगदान हुने बताइन । ‘लागतको हिसावले पनि तुलनात्मकरुपमा सस्तो हुन्छ । महत्वपूर्ण योजना रहेकाले मेरो कार्यकालको स्मरण योग्य कार्य नै यहि हुनेछ ।’- उनीले भनिन् । उनका अनुसार यस आयोजनाको हाल सम्भावना अध्ययन कार्य सम्पन्न भई टेन्डर डिजाइन तथा निर्माण सुपरिवेक्षण कार्यको लागि परामर्शदाता छनौट कार्य भईरहेको छ ।

सोही कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले अप्पर अरुण निर्माण लागि गरिएको यो समझदारी ऐतिहासिक भएको बताए । धेरै चरणको छलफलपछि समझदारी भएको उनको भनाईछ । उनले उक्त आयोजना बनेपछि नेपालको जलविद्युत क्षेत्रमा ठुलो परिवर्तन आउने र नेपाली अर्थतन्त्रमा हलचल ल्याउने बताए । आयोजना निर्माणका लागि नेपाली बैंक तथा वित्तीय संस्थाले पनि लगानी गर्नेमा उनी विश्वस्त छन् ।

कार्यक्रममा उर्जा सचिव सुशिल चन्द्र तिवारीले अप्पर अरुण पावर बैंकको रुपमा आउने बताएका छन् । उनले आयोजना निर्माणका लागि सबै निकायको सहयोग हुने विश्वास व्यक्ति गरे । आयोजना विकासका लागि नेपाल विद्युत प्राधिकरणले स्वपुँजी व्यवस्थापन तथा विद्युत खरिदबिक्रीको व्यवस्था गर्नेछ ।

समझदारीपत्रमा हस्ताक्षर भएको मितिले १२० दिनभित्र ऋण लगानीको टर्मसिट तयार गरि १ वर्षभित्र वित्तीय व्यवस्थापन गर्ने ले जानकारी दिए । अपर अरुण नेपाल सरकारको जलविद्युत आयोजनाहरुमध्ये एक रुपान्तरणकारी आयोजनाको रुपमा घोषित भईसको छ ।

उक्त आयोजनाको निर्माण कार्य २०२३ बाट शुरु गर्ने लक्ष्य लिइएको छ । एचआईडीसीएलको निर्माण भने २०२४ को अन्त्यतिरबाट शुरु हुने बताइएको छ । उक्त आयोजना २०३० भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको एचआईडीसीएलका अर्जुन गौतमले जानकारी दिए ।

उनका अनुसार कात्तिकदेखि आयोजनाबाट विस्थापित परिवार तथा जग्गाधनीलाई मुआव्जा वितरण गर्ने योजना रहेको छ । आयोजनाबाट २३ घरधुरी विस्तापित हुनेछन् ।

सरकारले सन् १९८५ मा नै यस आयोजनाको अवधारण अघि बढाएको र १९८६ मा यसको सम्भाव्यता अधययन भएको थियो । त्यसपछि २०११ मा यसको रिभ्यू अध्ययन गरेको थियो । २०१३ मा यो आयोजना नेपाल विद्युत प्राधिरकणलाई निर्माण गर्न जिम्मा दिइएको थियो । त्यसपछि २०१६ मा यसको पुनः अध्ययन गरिएको थियो ।

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको बदलिँदो सोच

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको...

वि.सं.२०८३ साउन २० बुधवार २३:०१

  काठमाडौं । केही वर्षअघिसम्म घरका लागि दूरदर्शन (टेलिभिजन), शीतभण्डार (रेफ्रिजरेटर)...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...