IME Life
NIMB

पेप्सीकोद्वारा नेपालमा नयाँ ‘मोर फिँज’ पेप्सीको सुरुआत

NIMB
Himalayan Bank

काठमाडौँ । स्वागलाई उचाइमा पुर्याउँदै पेप्सीले उपभोक्ताको तिर्खा मेटाउने बाचासहित नेपालका उपभोक्ताको मन लोभ्याउन ‘मोर फिँज’ युक्त नयाँ पेप्सी प्रस्तुत गरेको छ। नयाँ परिमार्जित पेप्सीमा बढी फिँज आउँछ, जसले यसभन्दा पहिले नपाइएको स्फूर्तिदायी स्वाद प्रदान गर्नेछ। यसको स्फूर्तिदायी नयाँ फर्मुलेसनका कारण उपभोक्तालाई यो पेय पदार्थ अपरिहार्य बन्न जानेमा कम्पनी विश्वस्त छ।

यो नयाँ ‘मोर फिँज’ पेप्सीको अनावरण काठमाण्डौमा आज अपराह्नमा आयोजित एक स्वागमय कार्यक्रमका बीच पेप्सी सद्भावना दूत एवं चर्चित नायक प्रदीप खड्काको उपस्थितिमा गरिएको थियो। नेपालमा आउँदा दिनहरुमा गरिने ‘मोर फिँज, मोर स्वाग’ अभियानले पनि सम्पूर्ण नयाँ पेप्सीका लागि स्फूर्तिदायी अनुपातलाई बढी जोड दिने जनाइएको छ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै पेप्सीको नेपालका एसोसिएट डाइरेक्टर अनुज गोयलले भने, ‘पेप्सी सधैँ नै स्वाग पुस्ताको रोजाइमा पर्दै आएको छ र अब ब्रान्डले नेपालका उपभोक्ताका लागि यसभन्दा अघि कहिल्यै नभएको फिँजयुक्त स्वाद प्रदान गरिरहेको छ। बजार अध्ययनले देखाएअनुसार उपभोक्ताले चिसो पेप्सी पिएसँगै ताजापनको एक अर्को झट्काको चाह राख्ने गरेको पाइएको छ र यो नयाँ परिमार्जन स्वादले त्यसलाई परिपूर्ति गरिदिनेछ। हामीले प्राप्त गरेको उत्कृष्ट प्रतिक्रियालाई यो सकारात्मक भावनाद्वारा उत्प्रेरित गर्दै हामीले नयाँ पेप्सीलाई ‘मोर फिँज’का साथ अनावरण गरेका छौँ र हामीलाई विश्वास छ, हाम्रा उपभोक्ताले पहिलेभन्दा ज्यादा मज्जा लिनु हुनेछ।’

नयाँ पेप्सीको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै पेप्सी ब्रान्ड एम्बेसेडर प्रदीप खड्काले भने, ‘नयाँ पेप्सीलाई ‘मोर फिँज’का साथ नेपालभरका दर्शकमाझ उपलब्ध गराउन पाउनुले वास्तवमै आनन्दित तुल्याएको छ। यसको नयाँ स्वरुपमा पेप्सीले आफ्ना उपभोक्तासमक्ष अझ बढी फिँजका साथ पेप्सीलाई प्रस्तुत गरेको छ र उपभोक्तालाई एक चुस्की लिन तथा उनीहरूको स्वागलाई पनि माथि उठाएर देखाउन आग्रह गरिरहेको छ। म यो सुरुआतको एक हिस्सा बन्न पाएकोमा उत्साहित छु र म सबैलाई नयाँ पेप्सी टेस्ट गर्न र उनीहरूको स्वाग प्रदर्शन गर्न आग्रह गर्दछु।’

कार्यक्रममा भीबीएल इन्टरनेसनल अपरेसन्सका सीईओ गिरीश शिवरमणले मन्तव्यका क्रममा भने, ‘पेप्सी देशको चर्चित ब्रान्डहरुमध्येको एक ब्रान्ड हो र हामीले हाम्रो उत्पादनको यात्रामा एक अर्को माइलस्टोन कायम गर्न सफल भएका छौँ। मोर फिँज पेप्सीको सुरुआतसँगै हाम्रा उपभोक्तालाई बढी फिँजदार एवं स्फुर्तिदायक उत्पादन प्रदान गर्ने हाम्रो एक अर्को प्रयास सार्थक भएको महसुस हामीले गरेका छौँ। म विश्वस्त छु कि नेपाली उपभोक्ताले नयाँ उत्पादनको मज्जा लिनुहुनेछ, साथसाथै विभिन्न टचप्वइन्टहरुमार्फत धेरै स्वाग प्रस्तुत गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु।’ नयाँ मोर फिँज पेप्सी सिंगल र मल्टी पेट सर्भ प्याकहरु नेपालभरका डिपार्टमेन्ट स्टोरहरु तथा किराना पसलहरुमा उपलब्ध गराइएको छ। यसका साथसाथै ई–कमर्स साइटहरुमा पनि पाइन्छ।

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच अझै कमजोर

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच...

वि.सं.२०८३ साउन २२ शुक्रवार २३:०९

काठमाडौँ । नेपालका लघु, साना तथा मझौला उद्यम (एमएसएमई) क्षेत्रमा...

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर सार्वजनिक, नेपाली बजारमा नयाँ विकल्प थपियो

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर...

वि.सं.२०८३ साउन २२ शुक्रवार २२:४९

  काठमाडौं । विद्युतीय दुईपांग्रे सवारीसाधन उत्पादक याडिया नेपालले नेपाली...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि ऋण सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०६

  काठमाडौं। नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच ४.७५...

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गर्दै, ७० प्रतिशतसम्म छुट दिने

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०१

  काठमाडौं। दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गरेको...

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट, भदौ ९ देखि १८ औँ नाडा अटो शो

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:३३

  काठमाडौँ। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो...