IME Life
NIMB

कर्मचारी सञ्चय कोषको आकार ४ खर्ब ५९ अर्बमाथिको लगानी, बचतकर्तालाई ८ प्रतिशत ब्याज

NIMB
Himalayan Bank

काठमाडौं । कर्मचारी सञ्चय कोषको आकार ४ खर्ब ५९ अर्बमाथि पुगेको छ । कोषको ६१ औं वार्षिक उत्सवका अवसरमा शुक्रबार सार्वजनिक गरिएको वित्तीय रिपोर्टअनुसार कोषको कुल स्रोत ४ खर्ब ५९ अर्ब ७० करोड रुपैयाँ पुगेको हो ।

साथै, सोही अवधिमा कोषको कुल लगानी ४ खर्ब ४८ अर्ब ६४ करोड रुपैयाँ पुगेको समेत रिपोर्टमा बताइएको छ । आर्थिक वर्षको असार मसान्तसम्म कोषको मौज्दात ४ खर्ब १६ अर्ब ३६ करोड रुपैयाँ, निवृत्तिभरण कोषमा ३ अर्ब १७ करोड रुपैयाँ र जगेडा कोष तथा बचतमा ३४ अर्ब २० करोड रुपैयाँ रहेको कोषले जनाएको छ । कोषले सफलतापूर्वक ६० वर्ष पुरा गर्दैगर्दा सञ्चयकर्ता तथा निवृत्तिभरण योजनाका योगदानकर्ताको सन्तुष्टिप्रति सदैव समर्पित रहने संकल्प सहित कोषका सेवा सुविधालाई थप परिष्कृत गर्ने कोषले जनाएको छ ।

सञ्चय कोष र निवृत्तिभरण कोषमा प्राप्त बचतलाई ८ प्रतिशतको ब्याजदर प्रदान गरिएको कोषले जनाएको छ । साथै, बचतकर्ताहरुलाई विशेष सापटी सुविधा प्रदान गर्दै कोषले विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, सरल चक्र कर्जा, घर मर्मत सापटी र जग्गा खरिद सापटी समेत प्रदान गरिरहेको जनाएको छ ।

कोषले योगदानरहित सामाजिक सुरक्षा कार्यक्रमहरुलाई समेत कोषले विशेष प्राथमिकता दिँदै सञ्चयकर्ता स्वास्थ्योपचार योजना सञ्चयकर्तालाई साधारण रोग लागी उपचार गराएको हकमा प्रत्येक आर्थिक वर्षमा रू।१ लाखसम्म र घातक रोगको उपचारको हकमा सेवा अवधिमा अधिकतम रु।१० लाखसम्म रकम सोधभर्ना गर्ने जनाएको छ । यस्तै,सुत्केरी तथा शिशु हेरचाह कार्यक्रमः प्रति प्रसूति रु।७,५००, दुर्घटना क्षतिपूर्ति योजना बापत रु।२ लाख, काजक्रिया अनुदान बापत रु।४० हजार प्रदान गरिने कोषले जनाएको छ ।

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच अझै कमजोर

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच...

वि.सं.२०८३ साउन २२ शुक्रवार २३:०९

काठमाडौँ । नेपालका लघु, साना तथा मझौला उद्यम (एमएसएमई) क्षेत्रमा...

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर सार्वजनिक, नेपाली बजारमा नयाँ विकल्प थपियो

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर...

वि.सं.२०८३ साउन २२ शुक्रवार २२:४९

  काठमाडौं । विद्युतीय दुईपांग्रे सवारीसाधन उत्पादक याडिया नेपालले नेपाली...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि ऋण सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०६

  काठमाडौं। नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच ४.७५...

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गर्दै, ७० प्रतिशतसम्म छुट दिने

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०१

  काठमाडौं। दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गरेको...

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट, भदौ ९ देखि १८ औँ नाडा अटो शो

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:३३

  काठमाडौँ। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो...