CG Electronics
IME Life
NIMB

ब्याजदर वृद्धिले उद्यमी व्यवसायी मर्कामा परे: अध्यक्ष मल्ल

NIMB
Himalayan Bank

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले ब्याजदर वृद्धिले उद्योगी, व्यवसायी निकै मर्कामा परेको बताएका छन् । बैंक वित्तीय संस्थाले लिने स्प्रेडदर दर र कर्जा प्रवाह गर्दा बेस रेटमा उच्चतम ६ प्रतिशत प्रिमियम कायम हुँदा उद्योगी व्यवसायी निकै मर्कामा परेको अध्यक्ष मल्लले बताएका हुन् ।

उद्योग व्यापार संगठन रुपन्देहीको १५ औँ वार्षिक साधारण सभालाई उद्घाटन गर्दै अध्यक्ष मल्लले आकासिएको ब्याजदर नियन्त्रण नहुँदा सम्पूर्ण उद्योगी व्यवसायी मर्कामा पर्नुका साथै महँगीले जनतामा समेत असर गरेको बताए । कोभिड १९ महामारीका कारण मुलुकको अर्थतन्त्र अत्यन्तै प्रभावित भएको र रसिया युक्रेन युद्धले थप प्रभावित बनाएको अध्यक्ष मल्लले बताए । उनले भने, ‘मुलुकको अर्थतन्त्रमा चौतर्फी दबाब परिरहेका बेला पछिल्लो समय भएको ब्याजदर वृद्धिले व्यवसायीलाई निकै आहत बनाएको छ ।’

हाल विद्यमान स्प्रेडदरलाई ४ दशमलव ४ प्रतिशतबाट १ प्रतिशत घटाउने एवं बैंकहरुको आधार दरलाई यथाशक्य न्यूनतम विन्दुमा कायम गरी कर्जाको आधार दरको अधिकतम २ प्रतिशतसम्म प्रिमियम थप गर्ने व्यवस्था भएमा ब्याजदर घट्ने अध्यक्ष मल्लको भनाई छ ।

स्थानीय प्रदेश तथा संघीय सरकार अन्तर्गतका निकायहरूको खातामा रहेको पुँजीगत खर्च हुन नसकेमा सो रकमको ९० देखि ९५ प्रतिशत रकमलाई वाणिज्य बैंक मार्फत कर्जा प्रवाह गर्ने व्यवस्था भए यसले तरलतामा वृद्धि हुने अध्यक्ष मल्लले सुझाव दिए ।

मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रले आफ्नो गतिविधि बढाउनुपर्ने भए पनि बढ्दो ब्याजदरका कारण अर्थतन्त्र नै धराशायी हुने अवस्था सिर्जना भएको अध्यक्ष मल्लको भनाई छ । साधारण सभालाई उद्घाटन गर्दै अध्यक्ष मल्लले गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत लगायत तेस्रो मुलुकमा नियमित हवाई उडान गर्नका लागि उचित पहल गरिनुपर्नेमा जोड दिए ।

लुम्बिनीको पर्यटन प्रवर्द्धन, एवं कृषिको आधुनिकीकरण र यान्त्रीकरण मार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जुट्नुपर्ने अध्यक्ष मल्लको भनाई छ । नेपाली औद्योगिक हब भैरहवा सेज भित्र उद्योगहरूको सहज तरिकाले स्थापना र सञ्चालन गरिनुपर्ने अध्यक्ष मल्लले बताए । भन्सार नाकालाई व्यवस्थित गरेर व्यापार सहजीकरण गर्न समेत अध्यक्ष मल्लले आग्रह गरे ।

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

सुनचाँदी क्षेत्रको सुधार : व्यवसायीदेखि उपभोक्तासम्मको साझा अभियान

सुनचाँदी क्षेत्रको सुधार : व्यवसायीदेखि उपभोक्तासम्मको साझा...

वि.सं.२०८३ असार २८ आइतवार ०९:३५

  महासङ्घको स्पष्ट मान्यता छ कि मुलुकमा स्थिर सरकार, दूरगामी...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...