CG Electronics
IME Life
Ncell NPL

नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने कार्यक्रम सम्पन्न

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागि लागि ३ दिने (२०७९ कार्तिक १९ देखी २१ गते सम्म) “लिडर्स नाईट वीथ पारस खड्का ९ीभबमभचकु ल्ष्नजत ध्ष्तज एबचबक प्जबमपब०” कार्यक्रम काठमाण्डौ स्थित चन्द्रागिरी हिल्समा सम्पन्न गरेको छ ।

कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०७९ श्रावण महिनामा संचालन गरेको अभिकर्ता योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई कम्पनीका ब्राण्ड एम्बेसडर समेत रहनु भएका राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान श्री पारस खड्काज्यूसंग साक्षात्कार गराउने उदेश्य समेतले कार्यक्रम सम्पन्न गरिएको थियो
कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री सुरेश प्रसाद खत्रीज्यूको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका कम्पनीका ब्राण्ड एम्बेसडर श्री पारस खड्काज्यूले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गर्नु भएको थिायो ।

देशै भरीबाट उत्कृष्ठ व्यवसाय गरी योजनामा छनौट हुन सफल हुनभएका करिब १०० जना बरिष्ठ अभिकर्ताकहरुको सहभागिता रहेको उक्त कार्यक्रममा अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उदेश्यले नेपालका चर्चित मोटिभेसनल प्रशिक्षक श्री सौरभ लोहनीज्यूले सेल्स मोटिभेसन तथा स्कील डेभलपमेण्ट सम्वन्धमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

यसैगरी तोकिएको लक्ष्य पुरा गरी कार्यक्रममा सहभागि हुन सफल अभिकर्ताहरुको अथक परिश्रम र मेहनतको कदर गर्दै वहाँहरुलाई सम्मान पनि गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवं कम्पनीका ब्राण्ड एम्बेसडर श्री पारस खड्काज्यूले नेपाली क्रिकेट टिमलाई यो स्थानमा ल्याई पु¥याउन आफ्नो तर्फबाट गर्नुभएको मेहनत र संघर्ष साथै राष्ट्रिय टिमको नेतृत्व लिएपछि वहन गरेको जिम्मेवारीका बारेमा आफ्नो अनुभव जानकारी गराउनु भएको थियो । साथै वहाँले नेशनल लाईफ इन्स्योरेन्स कम्पनी संग आवद्ध भई कार्यक्रममा सम्मानित बिजनेश लिडरहरुसंग साक्षात्कर हुन पाउँदा आफूलाई अत्यन्तै खुशी लागेको बताउनु हुँदै सहभागि अभिकर्ताहरुलाई बधाई समेत दिनु भएको थियो ।

कार्यक्रममा सहभागि अभिकर्ताहरुले श्री पारस खड्काको उपस्थिति र अनुभव बाट आफूहरु उत्प्रेरित भएको र यस्बाट आफ्नो वृत्ति विकासमा सकरात्मक योगदान पु¥याउने विश्वास व्यक्त गरेका थिए ।

 

उद्योग वाणिज्य महासंघको निर्वाचनको तयारी पुरा : ७३ पदमा १३७ जना उम्मेदवार प्रतिस्पर्धामा

उद्योग वाणिज्य महासंघको निर्वाचनको तयारी पुरा :...

वि.सं.२०८३ वैशाख २० आइतवार २१:५१

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक...

स्वतन्त्रताको प्रयोग गर्दा अरूलाई क्षति पुग्यो भने त्यो स्वच्छन्दता हो : डा.कुमार शर्मा आचार्य

स्वतन्त्रताको प्रयोग गर्दा अरूलाई क्षति पुग्यो भने...

वि.सं.२०८३ वैशाख २० आइतवार २१:३९

काठमाडौं । विश्वभर प्रत्येक वर्ष मे ३ तारिखमा मनाइने विश्व...

व्हर्लपुलसँग स्मार्ट अप्लायन्सेसको रणनीतिक साझेदारी

व्हर्लपुलसँग स्मार्ट अप्लायन्सेसको रणनीतिक साझेदारी

वि.सं.२०८३ वैशाख २० आइतवार २१:३३

काठमाडौँ । केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेस प्रा. लि. ले...

भोली मोबाइलमान्डुको पहिलो फिजिकल आउटलेट तीनकुनेमा उद्घाटन हुँदै, १ हप्तासम्म छुटसँगै उपहार जित्ने अवसर

भोली मोबाइलमान्डुको पहिलो फिजिकल आउटलेट तीनकुनेमा उद्घाटन...

वि.सं.२०८३ वैशाख २० आइतवार २१:२८

काठमाडौं । नेपालमा अनलाइनमार्फत इलेक्ट्रोनिक्स सामानहरू बिक्री गर्दै आएको मोबाइलमान्डु...

२०० एमपी ट्राभल पोट्र्रेट : भिभो भी७० एफ ई नेपाली बजारमा सार्वजनिक हुँदै

२०० एमपी ट्राभल पोट्र्रेट : भिभो भी७०...

वि.सं.२०८३ वैशाख २० आइतवार २१:२२

  काठमाडौं । भिभोले चाँडै नै आफ्नो नयाँ स्मार्टफोन भिभो...

चित्र लेखनमार्फत विविध अपाङ्ग भएका व्यक्तिहरुमाथि जलवायू परिवर्तनले पार्ने प्रभाव र सचेतना कार्यक्रम

चित्र लेखनमार्फत विविध अपाङ्ग भएका व्यक्तिहरुमाथि जलवायू...

वि.सं.२०८३ वैशाख २० आइतवार २१:१६

  काठमाडौं । नेपाल आदिवासी अपाङ्ग महिला संघ (निडवान)को आयोजनामा...