CG Electronics
IME Life
NIMB

दोहोरो अंकका साथ उकालो लाग्यो नेप्से, कति भयो कारोबार ?

NIMB
Himalayan Bank

सोमबार सेयर बजार परिसूचक (नेप्से) २१.२६ अंकले बढेको छ। यसअघिका पाँच कारोबार दिनमा लगातार घटेको बजार आज दोहोरो अंकका साथ उकालो लागेको हो।

कारोबार सुरु भएदेखि बढेको नेप्से परिसूचक १९०४.४३ बिन्दुमा पुगेको छ। आज कारोबार भएकामध्ये १४८ कम्पनीको मूल्य बढेको छ। ३१ कम्पनीको मूल्य घट्दा पाँच कम्पनीको मूल्य चाहिँ स्थिर रह्यो।

सोमबार २२६ कम्पनीको २४ लाख ५२ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ९४ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज तारागाउँ रिजेन्सी होटलमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै सप्तकोसी विकास बैंक, बुद्धभूमि नेपाल हाइड्रापावर, रिभर फल्स पावरलगायत कम्पनीका लगानीकर्ता बढी कमाउनेको सूचीमा परेका छन्।

लक्ष्मी इक्युटी फन्ड, नाग्दी ग्रुप पावर, मन्दाकिनी हाइड्रोपावरलगायत कम्पनीका लगानीकर्ता चाहिँ बढी गुमाउनेको सूचीमा छन्। सोमबार कारोबार रकमका हिसाबले शिवम् सिमेन्ट पहिलो स्थानमा रह्यो। यसको करिब ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

दोस्रो नम्बरमा रहेको हिमालयन डिस्टिलरी लिमिटेडको ९ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ। आज नेप्सेमा सूचीकृत सबै उपसमूहको सूचक बढेको छ। विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत् र अन्य उपसमूहमा लगानीकर्ता बढी आकर्षित भए।

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम...

वि.सं.२०८३ असार २४ बुधवार २०:००

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...