Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

दोहोरो अंकका साथ उकालो लाग्यो नेप्से, कति भयो कारोबार ?

सोमबार सेयर बजार परिसूचक (नेप्से) २१.२६ अंकले बढेको छ। यसअघिका पाँच कारोबार दिनमा लगातार घटेको बजार आज दोहोरो अंकका साथ उकालो लागेको हो।

कारोबार सुरु भएदेखि बढेको नेप्से परिसूचक १९०४.४३ बिन्दुमा पुगेको छ। आज कारोबार भएकामध्ये १४८ कम्पनीको मूल्य बढेको छ। ३१ कम्पनीको मूल्य घट्दा पाँच कम्पनीको मूल्य चाहिँ स्थिर रह्यो।

सोमबार २२६ कम्पनीको २४ लाख ५२ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ९४ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज तारागाउँ रिजेन्सी होटलमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै सप्तकोसी विकास बैंक, बुद्धभूमि नेपाल हाइड्रापावर, रिभर फल्स पावरलगायत कम्पनीका लगानीकर्ता बढी कमाउनेको सूचीमा परेका छन्।

लक्ष्मी इक्युटी फन्ड, नाग्दी ग्रुप पावर, मन्दाकिनी हाइड्रोपावरलगायत कम्पनीका लगानीकर्ता चाहिँ बढी गुमाउनेको सूचीमा छन्। सोमबार कारोबार रकमका हिसाबले शिवम् सिमेन्ट पहिलो स्थानमा रह्यो। यसको करिब ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

दोस्रो नम्बरमा रहेको हिमालयन डिस्टिलरी लिमिटेडको ९ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ। आज नेप्सेमा सूचीकृत सबै उपसमूहको सूचक बढेको छ। विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत् र अन्य उपसमूहमा लगानीकर्ता बढी आकर्षित भए।

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढ्यो

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेललेले अर्थतन्त्र क्रमिक...

१५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या उच्च, अर्थतन्त्रले लाभ लिनसक्ने

१५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:३५

काठमाडौं । देशको जनसांख्यिक चुनौती सम्बोधन गर्ने उद्देश्यका साथ स्वास्थ्य...

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका छौं : अर्थमन्त्री पौडेल

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका...

वि.सं.२०८२ असार २७ शुक्रवार १३:०४

काठमाडौं । अर्थमन्त्री विष्णुु पौडेलले जलविद्युतको विकासमा निजी क्षेत्रको लगानी...

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्‍यो जानकारीमूलक गाइड

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले...

वि.सं.२०८२ असार २६ बिहीवार २३:०७

  काठमाडौं, जुलाई १०, २०२५ — नेपालमा मनसुन बाढीको प्रकोप...

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान’ले सम्मानित

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान’ले...

वि.सं.२०८२ असार २६ बिहीवार २३:००

  काठमाडौं । नेपाल जनप्रशासन सङ्घले यस वर्ष ‘हेमबहादुर मल्ल...

आतंकवाद विरुद्ध नेपाललाई समन्वित सुरक्षा संयन्त्र र विमुक्तिकरण कार्यक्रम आवश्यक

आतंकवाद विरुद्ध नेपाललाई समन्वित सुरक्षा संयन्त्र र...

वि.सं.२०८२ असार २६ बिहीवार २२:५१

  ९ जुलाई, काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय सहयोग तथा संलग्नता...