CG Electronics
IME Life
NIMB

निर्वाचनका लागि २० अर्ब ४ करोड ८३ लाख खर्च हुने, स्थानीय तहको चुनावमा भन्दा कतिले बढ्यो ?

NIMB
Himalayan Bank

यही मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचन खर्च ७० प्रतिशतले बढ्ने भएको छ। अर्थ मन्त्रालयका अनुसार यस निर्वाचनका लागि २० अर्ब ४ करोड ८३ लाख रुपैयाँको स्रोत सुनिश्चित गरिएको छ।

यो खर्च गत वैशाख ३० मा भएको स्थानीय तह चुनावको तुलनामा ६९.६१ प्रतिशतले बढी हो। स्थानीय तहको निर्वाचनमा सरकारले ११ अर्ब ८२ करोड रुपैयाँ खर्च गरेको थियो।

मंसिर ४ को निर्वाचन सम्पन्न गर्न अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई १० अर्ब रुपैयाँको स्रोत सुनिश्चितता गरेको छ। त्यस्तै, निर्वाचन सुरक्षातर्फ पनि सरकारले १० अर्ब ४ करोड ८३ लाख रुपैयाँको स्रोत सुनिश्चितता गरेको छ।

गत स्थानीय तहको चुनावको तुलनामा आयोगलाई मात्र अर्थ मन्त्रालयले झन्डै दोब्बर अर्थात ९८.४१ प्रतिशतले रकम बढाएको छ। स्थानीय चुनावमा आयोगका लागि सरकारले ५ अर्ब ४ करोड रुपैयाँ रकम दिएको थियो।

त्यस्तै, सुरक्षातर्फको खर्च पनि स्थानीय तहको निर्वाचनको तुलनामा ४८.२० प्रतिशतले बढेको छ। स्थानीय निर्वाचनमा सरकारले सुरक्षातर्फ ६ अर्ब ७८ करोड रुपैयाँ खर्च गरेको थियो।

सुरक्षा अन्तर्गत सरकारले गृह मन्त्रालयका लागि ९ अर्ब १ करोड ३७ लाख र नेपाली सेनाका लागि ९७ करोड ७३ लाख रुपैयाँ खर्च गर्ने अनुमति दिएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका लागि ५ करोड ७३ लाख रुपैयाँको स्रोत सुनिश्चितता गरेको पनि अर्थ मन्त्रालयले जानकारी दिएको छ।

मंसिर ४ को निर्वाचनमा ७७ जिल्लाबाट प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताले मतदान गर्ने निर्वाचन आयोगले जनाएको छ।

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

सुनचाँदी क्षेत्रको सुधार : व्यवसायीदेखि उपभोक्तासम्मको साझा अभियान

सुनचाँदी क्षेत्रको सुधार : व्यवसायीदेखि उपभोक्तासम्मको साझा...

वि.सं.२०८३ असार २८ आइतवार ०९:३५

  महासङ्घको स्पष्ट मान्यता छ कि मुलुकमा स्थिर सरकार, दूरगामी...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम...

वि.सं.२०८३ असार २४ बुधवार २०:००

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति...

सरकार सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने गतिमा छ : उपाध्यक्ष भट्ट

सरकार सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने...

वि.सं.२०८३ असार २३ मंगलवार ०८:३४

  काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...