लक्ष्मी बैंकले फिफा विश्वकपलाई लक्षित गर्दै “सेभ लाइक अ च्याम्पियन” बनौं योजना
Monday Nov 14, 2022
वि.सं.२०७९ कात्तिक २८ सोमवार १९:२९
काठमाडौं । लक्ष्मी बैंकले फिफा विश्व कप २०२२ लाई लक्षित गर्दै ल्याएको छ नयाँ योजना “सेभ लाइक अ च्याम्पियन”
(बचत गरौ, च्याम्पियन बनौं)
काठमाडौं । लक्ष्मी बैंकले फिफा विश्वकपलाई लक्षित गर्दै बचत गरों, च्याम्पियन बनौं योजना ल्याएको छ । बैंकको अनुसार यो योजना मंसिर ४ देखि पुस १६ गते सम्म संचालन हुनेछ ।
यस योजना अन्तर्गत यस अवधिमा बचत गर्ने निश्चित बचतकर्ताले आजिवन निःशुल्क बैंकको मोबाइल बैंकिङ्ग, इन्टरनेट बेैकिंङ्ग, डिम्याट खाता, मेरो सेयर, भाइबर बैंकिङ्ग, इमेल प्राप्त गर्नेछन् । यसका साथै ग्राहकले पूर्व स्वीकृत क्रेडिट कार्ड र खुत्रुक्के लगायतका आकर्षक उपहारहरु प्राप्त गर्नेछन् ।
यस अभियानले वर्तमानका र भविष्यका दुवै पुस्ताहरुको भविष्य उज्ज्वल बनाउन ‘बचत’ को शक्ति र भावनालाई प्रवद्र्धन एवं प्रोत्साहन गर्ने लक्ष्य लिएको बैंकले जनाएको छ ।























