Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

अर्थतन्त्रलाई काबुभन्दा बाहिर जान नदिन अर्थमन्त्रीले कहाँ-कहाँ हाल्दैछन् तगारो ?

 

काठमाडौं । अर्थतन्त्र काबुभन्दा बाहिर गैनसकेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितसँगको भेटमा मन्त्री पौडेलले अर्थतन्त्रलाई दीगो वृद्धिको बाटोमा लैजनाका लागि प्रयास गर्ने पनि बताए ।

पत्रकारहरुसँगको भेटमा मन्त्री पौडेलले राम्रो काम गरेको भए राम्रो र राम्रो काम नगरे आलोचनात्मक टिप्पणी गर्न आग्रह गरे। उनले भने ‘अर्थतन्त्रको स्थिति काबू बाहिर पुग्यो भन्ने होइन । समस्याहरु धेरै छन् । त्यसमा केही मिसह्याण्डलिङ पक्कै भएको हो ।

यद्यपि सावधानिक रुपमा ठिक ढंगले अघि बढ्यौं भने हामीले चाँडै सुधार गर्न सक्छौं।’
उनले थपे ‘म बाहिर बसेर पनि अर्थतन्त्रलाई हेरिरहेको छु र अहिले भित्र बसेर पनि विभिन्न सुझाव लिइरहेको छु। बाहिर बसेर हेर्दा र भित्र बसेर हेर्दा अलि फरक पर्ने रैछ त्यसको महसुस मैले पनि गरिरहेको छु ।’

अहिले सबैको साझा सरोकार अर्थतन्त्रलाई ठिक ठाउँमा ल्याउने भएकोले आर्थतन्त्रमा रहेका समस्यालाई ठिक ढंगले चिन्ने र यसको उपयुक्त समाधान गर्नुपर्न मन्त्री पौडेलको भनाई छ। सबल अर्थतन्त्र निर्माणका लागि एक एक इटा थप्दै जाने काम गर्नु पर्ने भएकाले त्यसका लागि सबै पक्षको रचनात्मक भूमिका आवश्यक भएको उनले बताए ।

अर्थमन्त्री पौडेलले अघिल्लो कार्यकालमा आर्थिक पत्रकारहरुको सहकार्य र समन्वयले अर्थतन्त्र सुधारसँगै विकासका सहयोग पुगेको बताउँदै आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिवद्धता गरे । संकटको संघारमा रहेको अर्थतन्त्रलाई सुधारको बाटोमा ल्याएर समृद्धितर्फ उन्मुख गराउन सबै क्षेत्रले सकारसँग सहकार्य गर्दै एक÷एक वटा इटा थप्ने काम गर्न उनले आग्रह समेत गरे ।

भेटघाट कार्यक्रममा नाफिजका अध्यक्ष मोदनाथ ढकालले नवनियुक्त अर्थमन्त्रीलाई सफल कार्यकालको सुभकामना दिदैं अर्थतन्त्र सुधार गर्न तत्काल गर्नुपर्ने सुझाव पेश गरे । यस्तै अर्थ मन्त्रालयमा पत्रकारहरुले सूचना प्राप्त गर्न कठिन भएकाले रियल टाइममै सुचना उपलब्ध गराइदिन आग्रह गरे ।

अध्यक्ष ढकालले भने ‘अर्थमन्त्रालयले मासिक रुपमा सार्वजनिक गर्ने बुलेटिन सार्वजनिक गर्न छोडेको छ, त्यसलाई समयमै प्रकाशन गर्नु आवश्यक छ । मन्त्रालय प्रविधिको प्रयोगबाट सार्वजनिक महत्वका सूचना र तथ्यांक दिनु जरुरी छ भने पत्रकार भेटघाटलाई नियमित गर्नुपर्छ ।’

पत्रकारहरुको क्षमता विकासको लागि अर्थमन्त्रालयले आगामी दिनमा कार्यतालिका नै बनाएर काम गर्न उनले आग्रह गरेका थिए। त्यसका लागि नाफिज सरोकारावाला संस्थासँग समन्वय गर्न तयार रहेको पनि उनले बताए।

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्‍यो जानकारीमूलक गाइड

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले...

वि.सं.२०८२ असार २६ बिहीवार २३:०७

  काठमाडौं, जुलाई १०, २०२५ — नेपालमा मनसुन बाढीको प्रकोप...

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान’ले सम्मानित

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान’ले...

वि.सं.२०८२ असार २६ बिहीवार २३:००

  काठमाडौं । नेपाल जनप्रशासन सङ्घले यस वर्ष ‘हेमबहादुर मल्ल...

आतंकवाद विरुद्ध नेपाललाई समन्वित सुरक्षा संयन्त्र र विमुक्तिकरण कार्यक्रम आवश्यक

आतंकवाद विरुद्ध नेपाललाई समन्वित सुरक्षा संयन्त्र र...

वि.सं.२०८२ असार २६ बिहीवार २२:५१

  ९ जुलाई, काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय सहयोग तथा संलग्नता...

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे, नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे, नयाँ...

वि.सं.२०८२ असार २६ बिहीवार ०९:००

  काठमाडौँ । नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन...

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रविधिसम्बृद्ध यात्रा

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स...

वि.सं.२०८२ असार २६ बिहीवार ०८:५५

  काठमाडौँ । ललितपुरको हरियालीले भरिएको हात्तीवनमा अवस्थित लिटिल एन्जल्स...

गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री

गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र...

वि.सं.२०८२ असार २६ बिहीवार ०८:४८

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज गुरु पूर्णिमाको...