CG Electronics
IME Life
NIMB

अवैध व्यापार रोक्न नेपाल उद्योग परिसंघले गृहमन्त्री गुहार्यो, रविले के दिए जवाफ ?

NIMB
Himalayan Bank

 

 

काठमाडौं । नेपाल उद्योग परिसंघले नवनियुक्त उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेसँग भेटवार्ता गरेको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आज गृह मन्त्रालयमा भेट गरी बधाई तथा शुभकामना दिदै उद्योगी व्यवसायीहरुको समस्या, सीमा क्षेत्रमा भईरहेको अवैध कारोबारलगायतका विषयमा जानकारी गराएको छ ।

परिसंघका अध्यक्ष अग्रवालले मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानी योग्य पूँजीको अभाव जस्ता कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको बताउनुभयो । केही बाहेक अधिकांश वस्तुको मागमा ३० देखि ७० प्रतिशतसम्म गिरावट आउँदा उद्योगी व्यवसायी आत्तिइरहेको उहाँले बताउनुभयो ।

सरकारले विदेशी मुद्रा संचिती बढाउन आयातमा कडाई ग¥यो । सरकारले आयातमा कडाई गर्दा पनि अटोमोबाइल बाहेक अन्य वस्तुहरु बजारमा उपलब्ध भईरहेका छन् ।

मुलुकमा अवैध कारोबार बढिरहेको वास्तविकता यो अवस्थाले समेत पुष्टि गरेकाले यसलाई रोक्न गृह मन्त्रालयले प्रभावकारी कदम चाल्नुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिनुभयो । अवैध कारोबारका कारण स्वदेशी वस्तुको माग घटिरहेको, स्वदेशी वस्तुको प्रतिस्पर्धी क्षमता घटेको, सरकारले पनि राजश्व गुमाइरहेको र उद्योगीहरु हतोत्साही भईरहेको उहाँले बताउनुभयो ।

यस्तै विदेशी मुद्रा आर्जन गर्ने महत्वपूर्ण स्रोत पर्यटन पनि भएकाले ५० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ अगाडि बढ्नुपर्ने सुझाव उहाँले दिनुभयो । ५० लाख पर्यटक भित्र्याउन र पर्यटकहरुलाई आकर्षित गर्न नेपालमा पनि ई–भिषाको अवधारणा ल्याउनुपर्ने उहाँको सुझाव छ ।

परिसंघले मेक इन नेपाल स्वदेशी अभियानको सुझाव अन्तर्गत सुरक्षा निकाय एवं सार्वजनिक क्षेत्रका कर्मचारीहरुको पोशाकमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन आग्रह गरेको छ ।

 


अध्यक्ष अग्रवालले मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको ‘च्भदययतष्लन ल्भउबभिकभ भ्अयलयmथ’ अवधारणा गृहमन्त्री समक्ष पनि पेश गर्नुभयो । परिसंघले अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर), औद्योगिक प्रबद्र्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपाय समेत सुझाएको छ । परिसंघले यसअघि मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग पनि भेटगरी अर्थतन्त्र सुधार सम्बन्धी परिसंघको सुझाव पेश गरेको थियो ।

सो अवसरमा नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले मुलुकको अर्थतन्त्र संकटउन्मुख रहेको भन्दै सुधारका लागि आफ्नो मन्त्रालयले गर्नुपर्ने काम प्रभावकारी रुपमा सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले उद्योगी व्यवसायीहरुको समस्या समाधानका लागि आफ्नो मन्त्रालयले गर्नुपर्ने कामलाई सधै उच्च प्राथमिकतामा राख्ने पनि बताउनुभयो । “व्यापार, व्यवसाय, उद्योग, वाणिज्य क्षेत्रका साथीहरुलाई मन्त्रालयमा रातो कार्पेट विच्छ्याउनेछौं । उद्योगी व्यवसायीको समस्या समाधान गर्न प्रतिबद्ध छौं । उद्योगी व्यवसायीहरु राष्ट्रको मेरुदण्ड हुन् ।

उहाँहरु हल्लिनुभयो भने मुलुकको अर्थतन्त्र पनि हल्लिन्छ र हामीले केही पनि गर्न सक्दैनौ भन्नेमा हामी स्पष्ट छौं । सोही अनुसार हाम्रो मन्त्रालयले गर्नुपर्ने जिम्मेवारी पूर्ण रुपमा गर्नेछ” उहाँले भन्नुभयो ।

उहाँले स्वदेशी वस्तुको प्रयोग बढाउनुपर्नेमा पनि जोड दिनुभयो । “मैले स्वदेशी वस्तु मात्रै लगाउने भनेको छु, सुरु पनि गरिसकेको छु । स्वदेशी वस्तुको प्रयोग बढाउनुपर्छ भन्ने मान्यताका साथ अगाडि बढेको छु” उहाँले भन्नुभयो ।

नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई परिसंघका पुर्व अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरु कृष्णप्रसाद अधिकारी, राजेश अग्रवाल, विरेन्द्रराज पाण्डे, परिसंघ जिल्ला तथा प्रदेश समन्व समिति सभापति लक्ष्मीप्रसाद सुवेदी, बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष भेषराज दुवाडी, परिसंघका महानिर्देशक दिपकराज जोशीले पनि बधाई तथा शुभकामना दिनुभयो ।

 

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

हवाईसेवा–पर्यटन विकास

हवाईसेवा–पर्यटन विकास

वि.सं.२०८३ असार १८ बिहीवार ०९:३७

    संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई...