Dish Media Network
global ime bank
machapuchhare  bank

फेमिलियर अर्गानिक फार्ममा माघी विशेष खाना महोत्सव सुरु, मौलिक खानाको स्वाद लिन पाइने रैथाने खाना चाख्न कपन जाऔं

sunrise bank
shangrila  bank
RBB

Laxmi Bank
machapuchhare  bank
SEBON  SKIP

 

काठमाडौं । माघे संक्रान्ति तथा जैविक विविधता दिवसको अवसरमा काठमाडौंको कपनस्थित वल्र्डमार्ट युनिक सोलुसन प्रा.लि. द्धारा सञ्चालित मौलिक बजार तथा मौलिक भान्छाघरले साप्ताहिक रुपमा खाना महोत्सवको आयोजना सुरु गरेको छ । आइतबार बुढानिलकण्ठ नगरपालिका प्रमुख (मेयर) मिठाराम अधिकारीले सो महोत्सवको उदघाटन गरेका छन् । माघी विशेष खाना महोत्सव उद्घाटन गर्दे मेयर अधिकारीले आफ्नो नगरपालिकाभित्र यो महोत्सव सुरु हुनु गर्वको विषय भएको बताए । “हाम्रा चाडपर्वमा खाइने मौलिक खानाहरु स्वादप्रद्र्धकको साथै स्वास्थ्यको लागि पनि उतिकै महत्व भएकाले यस्तो खाना मौलिक भान्छाको (रेष्टुरेन्ट) मेनुमा राखिनु निकै सकरात्मक काम हो,” उनले भने ।

रैथाने तथा मौलिक खानाले स्वाद र स्वाथ्यका साथै स्थानीय उत्पादनको समेत प्रवद्र्धन हुने भएकोले यस्तो व्यवसयालाई नगरपालिकाले उच्च प्राथमिकता राख्ने पनि बताए । साथै कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका वडा १० का अध्यक्ष नवराज भट्टराई, १२ का अध्यक्ष शम्भु भट्टराईलगायतको पनि उपस्थित रहेको थियो ।


बसे पनि शहर, गाउँ कै खाने रहन, स्वादका लागि हैन स्वास्थयका लागि खाऔं मुल नाराका साथ सुरु भएको महोत्सव आगामी ७ गतेसम्म सञ्चालन गरिने आयोजक सुमन दाहालले जानकारी दिए । महोत्सवको पहिलो दिनमा नै उत्साहजनक उपस्थित भएको बताउँदै दाहालले यस अवधिमा ५०० जनाले अवलोकन गराउने लक्ष्य रहेको बताए । मौलिक र रैथाने खानामा स्वास्थ्यमा ख्याल राख्ने आम मानिसको विशेष चासो बढ्दै गएकोले यो कार्यक्रम सञ्चालन गरेपछि आफु उत्साहित भएको उनको भनाई छ ।
सात दिन चल्ने कार्यक्रममा विभिन्न स्वदेशी र रैथाने खानाको परिकारको स्टल राखिने भएको छ भने एक सेट खाना निशुल्क चखाउने व्यवस्था गरिएको छ ।

मौलिक चाडपर्व र यसमा खाइने विशेष परिकारकोे महत्व बुझाउने उद्देश्यले जैविक विबिधता दिवस को अवसरमा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, कृषि ज्ञान केन्द्र ललितपुर, राष्ट्रिय युवा परिषद, बुढानिलकण्ठ नगरपालिका र लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रको सहकार्यमा मौलिक भान्छाघरले कार्यक्रम गर्न लागेको हो ।

 


माघ १ (भोलि) देखि सात दिनसम्म चल्ने मेलामा माघ संक्रान्ति विशेष तिलको लड्डु, चाकु, घ्यु, तरुल, खिचडी, मासको बारा, फापरको फुरौला, मार्सी चामलको कसार, सख्खरखड्डा, पिडालु र फर्सीका परिकारहरु खान पाइने व्यवस्था गरिएको छ ।
माघे संक्रािन्तसँग सम्बन्धित परिकारसँतै सात दिनसम्म सात प्रदेशका परिकारहरु अवलोकन तथा खाने व्यवस्था गरिएको छ । आयोजक दाहाल भन्नुहुन्छ, ”हामीले यसै पनि यहाँ ७५३ पालिकाका खाद्य वस्तु तथा प्रांगारिक उत्पादन प्रवद्र्धन गर्दै आइरहेका छौं । हामी कहाँ सातै प्रदेशका परिकार खान र लान पाइने व्यवस्था छ । जैविक विविधता दिवसको समेत अवसर पारेर हामी आयोजक तथा सहआयोजकले मौलिक खाना प्रवद्र्धनको लागि यो कार्यक्रम आयोजना गरिएको हो ।”

मौलिक भान्साघरले माघीका परिकारसँगै प्रदेश १ मा पाइने किनेमा र झ्याउन (राई, लिम्बुको विशेष खाना), मधेश प्रदेशको विशेष खाना भक्का, बागमती प्रदेशमा प्रचलित योमरी (नेवार जातीको विशेष खाना), गण्डकी प्रदेशमा चर्चित खिर र सेल रोटी, लुम्बिनी प्रदेशमा पाइने खिचडी र ढिकृ, कर्णालीको मार्सी खाना सेट र सुदूर पश्चिमको माडासमेतको व्यवस्था रहेको छ ।

ADBL
prabhu bank

व्यवसायीमा माग सम्बोधन नहुने हो भने अब सरकार विरुद्धको आन्दोलन आवश्यक छ : उमेशलाल श्रेष्ठ

व्यवसायीमा माग सम्बोधन नहुने हो भने अब...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:४३

  पोखरा । सरकारले व्यवसायीको माग सम्बोधन नगरेको भन्दै अब...

व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छ: पूर्व गर्भनर चिरन्जीबी नेपाल

व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छ:...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:३२

  देशको अर्थतन्त्रलाई सुधार गर्न नीतिगत सुधार गर्नुको विकल्प नभएकोमा...

बागमती गाउँपालिकामा ५४४ जनाको परीक्षण गर्दा ३ तीन जनामा क्षयरोग पुष्टि

बागमती गाउँपालिकामा ५४४ जनाको परीक्षण गर्दा ३...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:२२

    काठमाडौं । ललितपुरको बागमती गाउँपालिकामा तीन जनालाई क्षयरोग...

रेमिट्यान्सको पैसाले माला लगाएर विकास हुदैन् : उपसभापति गुरुङ

रेमिट्यान्सको पैसाले माला लगाएर विकास हुदैन् :...

वि.सं.२०७९ चैत ७ मंगलवार १८:४२

  काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले, रेमिट्यान्सको पैसाले...

व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छ : पूर्व गर्भनर चिरन्जीबी नेपाल

व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छ...

वि.सं.२०७९ चैत ६ सोमवार ०९:५२

  देशको अर्थतन्त्रलाई सुधार गर्न नीतिगत सुधार गर्नुको विकल्प नभएकोमा...

व्यवसायीको समस्या सुक्ष्म रुपमा बुझेको छु, समस्या समाधान गर्न चन्द्र ढकालको सारथी भएर वरिष्ठमा आउँदैछु : उमेशलाल श्रेष्ठ

व्यवसायीको समस्या सुक्ष्म रुपमा बुझेको छु, समस्या...

वि.सं.२०७९ चैत ५ आइतवार १४:३२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका...