kumari bank
Machhapuchchhre Bank
Everest Bank Limited

टीभीएसले हात पार्यो उत्कृष्ट फिचर तथा उत्कृष्ट कम्युटर अवार्ड

beem

machapuchhare  bank
SEBON  SKIP
nic asia bank 2

 

काठमाडौँ । हालै सम्पन्न टेकलेख अवार्डमा टीभीएस रेडरले उत्कृष्ट कम्युटर तथा टीभीएस अपाचे आरटिआर १६० फोभिले उत्कृष्ट फिचर अवार्ड हात पारेको छ। गत वर्ष पनि रेडरले टेकलेखको साथमा अरु। धेरै अवार्डहरु पाएको थियो, जस्तै– आईएमओटिवाइ—२०२२ र अटो कार। टेकलेखले जारी गरेको विज्ञप्तिअनुसार रेडरमा भएका सुधारहरुको आधारमा यो वर्ष पनि रेडरले यो अवार्ड प्राप्त गर्न सफल भएको हो। विज्ञप्तिमा उल्लेख भएअनुसार रेडरको किफायती मूल्य, स्टाइल र अप्डेटेड फिचरहरुका कारण यस बाइकले अवार्ड पाएको छ।

 

टीभीएस रेडर १२५ मा आकर्षक मस्कुलर लुक्सका साथमा एड्जस्टेबल मोनोसक सस्पेन्सन, यूएसबी चार्जिङ, अन्डर सिट स्टोरेज र फराकिलो टायरलगायतका विशेषताहरु उपलब्ध रहेका छन्। यसका साथै यसमा रहेका आकर्षक नयाँ एलईडी हेडलाईट, एंगुलर एलईडी डीआरएलहरु तथा फेन्डर अप फ्रन्टले समग्र बाइकको लुक्सलाई अझ आकर्षक बनाएको छ।

 

एयर आयल कुल्ड एसआई कार्बेरेटर इन्जिनद्वारा शक्ति प्रदान गरिएको यस बाइकले ७ हजार ५०० आरपीएममा १२.९ पीएस शक्ति उत्पादन गर्ने र ६ हजार आरपीएममा ११.५ एनएम अधिकतम टर्क उत्पादन गर्ने क्षमता बोकेको छ। अपाचेको कुरा गर्नुपर्दा, यस बाइकले निरन्तर सुधार गरेको फिचरहरुको गुणस्तरले गर्दा यो बाइकले अवार्ड प्राप्त गर्न सफल भएको बताइएको छ। रिडिजाइन्ड डिएलआर, राइडिङ मोड, ग्लाइड थ्रु ट्राफिक, रेसिङ डीएनएजस्ता फिचरहरुले गर्दा नै यस बाइकले टेकलेखको उत्कृष्ट फिचर अवार्ड प्राप्त गर्यो।

 

जगदम्बा मोटर्स प्रा. लि नेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनका लागि एकमात्र आधिकारिक वितरक हो। कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ। गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सर्वाधिक रुचाइएको दुईपांग्रे ब्रान्डका रुपमा स्थापित छ।


आइसर मेगा सर्भिस क्याम्प सफलतापूर्वक सम्पन्न

आइसर मेगा सर्भिस क्याम्प सफलतापूर्वक सम्पन्न

वि.सं.२०८० असोज ५ शुक्रवार २२:५३

  काठमाडौं । मिति २०८०र०५र१७ देखि २०८०र०५र२९ सम्म सञ्चालित आइसर...

चितवनमा टाटाको नँया सो रुमबाट टियागो इभी र पन्चको विक्री आरम्भ

चितवनमा टाटाको नँया सो रुमबाट टियागो इभी...

वि.सं.२०८० असोज ५ शुक्रवार २१:३०

  काठमाडौं । टाटा मोटर्सले आफ्ना उत्पादन विक्री वितरणका लागि...

नयाँ होण्डा इलिभेटको शानदार आगमन

नयाँ होण्डा इलिभेटको शानदार आगमन

वि.सं.२०८० असोज ४ बिहीवार ०८:०३

    काठमाडौं । नेपालमा होण्डा कारको लागि आधिकारिक वितरक...

आइएमईले घोषणा गर्यो : “आइएमई गरौँ,करोडपति बनौँ”

आइएमईले घोषणा गर्यो : “आइएमई गरौँ,करोडपति बनौँ”

वि.सं.२०८० असोज ४ बिहीवार ०७:५२

    काठमाडौँ । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी...

नमस्ते पे एप डाउनलोड गरी पूर्ण केवाईसी दर्ता गर्ने प्रयोगकर्तालाई ५० रुपैयाँ

नमस्ते पे एप डाउनलोड गरी पूर्ण केवाईसी...

वि.सं.२०८० असोज ४ बिहीवार ०७:४२

    काठमाडौं । नमस्ते पे ले आउँदो चाडपर्वलाई लक्षित...

‘यामाहा राइड टु मोटोजीपी’ टोली बुद्ध सर्किट, भारततर्फ प्रस्थान

‘यामाहा राइड टु मोटोजीपी’ टोली बुद्ध सर्किट,...

वि.सं.२०८० असोज ४ बिहीवार ०७:३३

  काठमाडौं, नौजना यामाहा प्रशंसक र उत्साही बाइकरहरू साहसिक अनुभवका...