NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन ३० शनिवार

skip this leapmotornepal (citroen)

चार वटै ट्रेड युनियनको माग टेलिकम अवरुद्ध गर्नेलाई कार्बाही गरी क्षतिपूर्ति असुल गर्न

NIMB
leapmotornepal (citroen)

 

काठमाडौ । चार वटै ट्रेड युनियनको माग टेलिकम अवरुद्ध गर्नेलाई कार्बाही गरी क्षतिपूर्ति असुल गर्न ।

मन्त्रीहरुले शपथ गर्ने बेला माघ ३ गते दिउसो टेलिकमका सेवा अवरुद्ध भएको र अझै पनि पूर्णरुपमा चुस्तदुरुस्त हुन नसकेकोमा दोषीलाई कार्बाही गरी क्षतिपूर्ति भराउन नेपाल टेलिकमका चारवटै युनियनले माग गरेका छन् ।

प्रबन्धनिर्देशक सुनिल पौडेललाई सो विषयमा ध्यानाकर्षण गराई बोधार्थ टेलिकमका अध्यक्ष तथा सञ्चार सचिव बैकुण्ठ पौडेल र श्रम तथा रोजगार कार्यालयलाई दिइएको ती चार युनिनयले जानकारी दिएका हुन् ।

विगतमा पनि यस प्रकारका समस्याहरु आउने गरेको र त्यस्ता समस्या भविष्यमा आउन नदिन आन्तरिक रुपमा छानविन समिति गठन गरी कार्बाही हुने गरेकोमा यसपटक टानबिन नभएकोमा युनियनहरुले आपत्ति जनाएका छन् । दोषी उपर कारवाहीमा तदारुकता नदेखाउनुले सम्बन्धित पक्षको कम्पनीमा जिम्मेवारीबोधको कमी र दण्डहीनता बढेको ठहर उनीहरुको छ ।

आगामी दिनमा यस्ता समस्या आउन नदिन छानबिन गरी दोषीलाई हदैसम्मको कार्बाही गरी क्षतिपूर्ति असुलउपर गराउनु पर्ने मागपत्रमा उल्लेख छ । सेवा नै अवरुद्ध हुने घटनाहरु बारम्बार नदोहोरिने गरी सिष्टम र सेवाहरुको प्राविधिक परीक्षण गराउन पनि संयुक्त रुपमा माग गरिएको पत्र उनीहरुले नेपालीत्व डट कमलाई उपलब्ध गराएका छन् ।

HONOR ले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन

HONOR ले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन

वि.सं.२०८३ साउन ३० शनिवार ००:३१

  काठमाडौं । विश्वकै अग्रणी कृत्रिम बुद्धिमत्ता तथा स्मार्ट उपकरण...

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका...

वि.सं.२०८३ साउन ३० शनिवार ००:२०

काठमाडौँ । एनसेलले एनसेल बिजनेस क्लाउडसुइट सेवा सुरु गरेको छ। यो...

नेपाली अटो मेकानिकले चीनको एसजीएमडब्ल्यू कारखानामा लिए ईभी प्रविधिको प्रत्यक्ष अनुभव

नेपाली अटो मेकानिकले चीनको एसजीएमडब्ल्यू कारखानामा लिए...

वि.सं.२०८३ साउन ३० शनिवार ००:१६

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोगसँगै दक्ष...

पशुपतिनाथमा ‘सफा गरौँ’ अभियान सम्पन्न, ५०० भन्दा बढी स्वयंसेवक सहभागी

पशुपतिनाथमा ‘सफा गरौँ’ अभियान सम्पन्न, ५०० भन्दा...

वि.सं.२०८३ साउन ३० शनिवार ००:१३

  काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा सञ्चालन गरिएको एकमहिने ‘सफा...

सन नेपाल लाइफद्वारा गण्डकी–नारायणी क्षेत्रका एडीएम र अभिकर्ता सम्मानित

सन नेपाल लाइफद्वारा गण्डकी–नारायणी क्षेत्रका एडीएम र...

वि.सं.२०८३ साउन ३० शनिवार ००:०४

  काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले गण्डकी...

नाइमा एक्स्पोमा अनपेक्षित भीड, शनिबार र आइतबारका लागि विशेष तयारी

नाइमा एक्स्पोमा अनपेक्षित भीड, शनिबार र आइतबारका...

वि.सं.२०८३ साउन ३० शनिवार ००:००

  काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’...