Dish Media Network
global ime bank
machapuchhare  bank

गाडी किन्नेलाई बैंकको ऋण सीमा बढाइदिन अर्थमन्त्रीलाई नाडाको आग्रह

sunrise bank
shangrila  bank
RBB

Laxmi Bank
machapuchhare  bank
SEBON  SKIP

 

 

काठमाडौँ । नाडाका अध्यक्ष ध्रुव थापा नेतृत्वको एक प्रतिनिधि मण्डलले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग भेटवार्ता गरी गाडी किन्नेलाई ऋणको सीमा बढाइदिन आग्रह गरेको छ । राष्ट्र बैंकले पेट्रोलियम सवारीसाधनका लागि बैंकले दिन पाउने ऋणको सीमा अधिकतम मूल्यको ५० प्रतिशत तोकेको छ ।

 

यो व्यवस्थाअनुरुप गाडी किन्नेले मूल्यको ५० प्रतिशत नगद बुझाउनुपर्छ भने ५० प्रतिशत मात्रै बैंकबाट ऋण पाइन्छ । नाडाको प्रतिनिधि मण्डलले अर्थमन्त्रीलाई भेटेर यो ऋण सीमा बढाइदिन पहल गरिदिन आग्रह गरेको हो । अध्यक्ष थापाले योसहित राष्ट्र बैंकका केही नीतिका कारण अटोमोवाइल व्यवसायीहरु व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था आएको बताए । ऋण दिने सीमा बढाइदिँदा गाडीको व्यवसाय बढ्ने नाडाको दाबी छ । नाडाले अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा अर्थात ७५ प्रतिशत नै कायम गरिनु पर्ने माग अर्थमन्त्रीसमक्ष राखेको छ ।

 

नेपालका भन्सार नाकाहरुमा ६ महिनादेखि करिब ३ हजार सवारीसाधनको भन्सार जाँचपास समेत हुन नसकेको भन्दै समुचित समाधानका लागि नाडाले आग्रह गरेको छ । त्यस्तै थापाले चालु पुँजी कर्जा सम्बन्धी निर्देशिकामा भएका केही अव्यावहारिक बुँदाहरुको संशोधनका लागि समेत अर्थमन्त्रीसमक्ष आग्रह गरेको छ ।

छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले नेपालमा भारतसँगको व्यापारलाई सहज बनाउन र भारतीय लगानीलाई आकर्षित गर्न इन्डियन इकोनोमिक जोन स्थापना गरिनुपर्ने, नेपालमा सवारी साधन एसेम्बलिङ्ग उद्योगका लागि प्रोत्साहित गर्न कृषि र पर्यटन उद्योगहरुलाई जस्तै सुविधा दिनुपर्ने माग गरे । अर्थमन्त्री पौडेलले नाडाबाट प्रस्तुत मागहरुका सम्बन्धमा सम्बद्ध पक्षसँग छलफल गर्ने आश्वासन दिए ।

 

 

ADBL
prabhu bank

एभरेष्ट बैंकले अशोक लेल्यान्डको गाडी किन्न सस्तोमा सजिलै कर्जा दिने

एभरेष्ट बैंकले अशोक लेल्यान्डको गाडी किन्न सस्तोमा...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:०१

        काठमाडौं । अशोक लेल्यान्डको नेपालका लागि...

अशोक लेल्यान्डको लाइट कमर्सियल भेइकल ‘दोस्त’ मा बेस्ट इन सेगमेन्ट ‘५ वर्षको वारेन्टी’

अशोक लेल्यान्डको लाइट कमर्सियल भेइकल ‘दोस्त’ मा...

वि.सं.२०७९ चैत २ बिहीवार २२:५४

    काठमाडौं । आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेल्याण्डले ग्राहकहरुलाई...

एमभी दुगड ग्रुपले ल्यायो इन्डोनेसियन इलेक्ट्रिक स्कुटर जेसिस्ट्स नेपाली बजारमा

एमभी दुगड ग्रुपले ल्यायो इन्डोनेसियन इलेक्ट्रिक स्कुटर...

वि.सं.२०७९ फागुन २९ सोमवार १७:१३

    काठमाडौं । नेपाली बजारमा जेस्टिस् इभी स्कुटर सार्वजनिक...

एक्साइडको नँया मोटरसाइकल ब्याट्री नेपाली बजारमा

एक्साइडको नँया मोटरसाइकल ब्याट्री नेपाली बजारमा

वि.सं.२०७९ फागुन २८ आइतवार ०८:३३

    काठमाडौं । विश्व प्रसिद्ध एक्साइड ब्राण्डको एक्सप्लोर नामक...

सुजुकीको नयाँ ग्रान्ड भिटारा र न्यू ब्रेजा सार्वजनिक, मूल्य कति ?

सुजुकीको नयाँ ग्रान्ड भिटारा र न्यू ब्रेजा...

वि.सं.२०७९ फागुन २७ शनिवार १०:०५

    काठमाडौं । सुजुकीको नयाँ ग्रान्ड भिटारा र न्यू...

हुण्डाईको ग्रान्ड आई १० निओस मोडल सार्वजनिक

हुण्डाईको ग्रान्ड आई १० निओस मोडल सार्वजनिक

वि.सं.२०७९ फागुन २० शनिवार १२:२७

  काठमाडौं । नेपालका लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले...