CG Electronics
IME Life
NIMB

गाडी किन्नेलाई बैंकको ऋण सीमा बढाइदिन अर्थमन्त्रीलाई नाडाको आग्रह

NIMB
Himalayan Bank

 

 

काठमाडौँ । नाडाका अध्यक्ष ध्रुव थापा नेतृत्वको एक प्रतिनिधि मण्डलले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग भेटवार्ता गरी गाडी किन्नेलाई ऋणको सीमा बढाइदिन आग्रह गरेको छ । राष्ट्र बैंकले पेट्रोलियम सवारीसाधनका लागि बैंकले दिन पाउने ऋणको सीमा अधिकतम मूल्यको ५० प्रतिशत तोकेको छ ।

 

यो व्यवस्थाअनुरुप गाडी किन्नेले मूल्यको ५० प्रतिशत नगद बुझाउनुपर्छ भने ५० प्रतिशत मात्रै बैंकबाट ऋण पाइन्छ । नाडाको प्रतिनिधि मण्डलले अर्थमन्त्रीलाई भेटेर यो ऋण सीमा बढाइदिन पहल गरिदिन आग्रह गरेको हो । अध्यक्ष थापाले योसहित राष्ट्र बैंकका केही नीतिका कारण अटोमोवाइल व्यवसायीहरु व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था आएको बताए । ऋण दिने सीमा बढाइदिँदा गाडीको व्यवसाय बढ्ने नाडाको दाबी छ । नाडाले अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा अर्थात ७५ प्रतिशत नै कायम गरिनु पर्ने माग अर्थमन्त्रीसमक्ष राखेको छ ।

 

नेपालका भन्सार नाकाहरुमा ६ महिनादेखि करिब ३ हजार सवारीसाधनको भन्सार जाँचपास समेत हुन नसकेको भन्दै समुचित समाधानका लागि नाडाले आग्रह गरेको छ । त्यस्तै थापाले चालु पुँजी कर्जा सम्बन्धी निर्देशिकामा भएका केही अव्यावहारिक बुँदाहरुको संशोधनका लागि समेत अर्थमन्त्रीसमक्ष आग्रह गरेको छ ।

छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले नेपालमा भारतसँगको व्यापारलाई सहज बनाउन र भारतीय लगानीलाई आकर्षित गर्न इन्डियन इकोनोमिक जोन स्थापना गरिनुपर्ने, नेपालमा सवारी साधन एसेम्बलिङ्ग उद्योगका लागि प्रोत्साहित गर्न कृषि र पर्यटन उद्योगहरुलाई जस्तै सुविधा दिनुपर्ने माग गरे । अर्थमन्त्री पौडेलले नाडाबाट प्रस्तुत मागहरुका सम्बन्धमा सम्बद्ध पक्षसँग छलफल गर्ने आश्वासन दिए ।

 

 

चेरी ‘क्यु’ अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिने

चेरी ‘क्यु’ अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:५९

  काठमाडौं । चेरीले नेपाली बजारमा आफ्नो नयाँ शतप्रतिशत विद्युतीय...

रोडमा मात्रै होइन, प्रतिष्ठामा पनि ‘किङ’स् नेपालमा ल्यान्ड क्रुजरको दबदबा

रोडमा मात्रै होइन, प्रतिष्ठामा पनि ‘किङ’स् नेपालमा...

वि.सं.२०८३ असार १८ बिहीवार २३:१५

  काठमाडौं। नेपालको प्रिमियम अटोमोबाइल बजारमा टोयोटा ल्यान्ड क्रुजरप्रतिको आकर्षण...

प्रोटोन ई.एमएएस ५ नेपाल आउँदै : सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सार्वजनिक हुने

प्रोटोन ई.एमएएस ५ नेपाल आउँदै : सेग्मेन्टकै...

वि.सं.२०८३ असार १७ बुधवार ०७:४९

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) बजार तीव्र गतिमा...

फोटोन मोटर्स नेपालले बुटवलमा नयाँ शोरुम सञ्चालन गर्दै पश्चिम नेपालमा उपस्थिति विस्तार गर्‍यो

फोटोन मोटर्स नेपालले बुटवलमा नयाँ शोरुम सञ्चालन...

वि.सं.२०८३ असार १६ मंगलवार १८:४८

  बुटवल, असार १५ – फोटोन मोटर्स नेपालले बुटवलमा नयाँ...

नाडा र ट्राफिक प्रहरीबीच कालो सिसा हटाउने विषयमा छलफल

नाडा र ट्राफिक प्रहरीबीच कालो सिसा हटाउने...

वि.सं.२०८३ असार १६ मंगलवार ००:२०

  काठमाडौं, असार १५ । सवारी साधनमा प्रयोग हुँदै आएको...

नेपालकै सबैभन्दा शक्तिशाली टीभीएस अपाचे आरटीआर १६० फोरभी सार्वजनिक, मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ

नेपालकै सबैभन्दा शक्तिशाली टीभीएस अपाचे आरटीआर १६०...

वि.सं.२०८३ असार १४ आइतवार २२:२०

काठमाडौं, २७ असार २०८३ – टीभीएस मोटर कम्पनीले नेपाली बजारमा...