CG Electronics
IME Life
Ncell NPL

डिभाइसको स्टोरेज क्षमता उद्धार गर्ने सुविधा ल्याउदै राकुटेन भाइबर

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । राकुटेन भाइबर, निजी र भ्वाइस बेस्ड कम्यूनिकेशनमा विश्वव्यापी अग्रणी एपले नयाँ स्टोरेज व्यवस्थापन सुरु गर्ने घोषणा गरेको छ। यो नयाँ सुविधाले प्रयोगकर्ताहरुलाई आफ्नो स्टोरेजको नियन्त्रण दिन्छ र सजिलै चाहिएको बेला स्पेस खाली गर्न सकिनेछ। सिमित स्टोरेज भएका प्रयोगकर्ताहरुले अब भाइबर एप अझ बढी प्रभावकारी रूप्मा निश्चिन्त भएर प्रयोग गर्न सक्नुहुनेछ।

 

भिडियोहरु,एआर लेन्स,तस्बिरहरु,लगायत अन्तरक्रियात्मक सञ्चारका अन्य प्रकृयाहरुका कारण मिडिया मेसेजहरू ठूलो मात्रामा बढिरहेका छन्, जसको कारण पुरानो मोबाइल उपकरणहरूको संस्करणहरूलाई डाटा ह्यान्डल गर्न चुनौतीपूर्ण बनेको छ। स्टाटकाउन्टर ग्लोबलस्टाटको अनुसार, लगभग ४० प्रतिशत मोबाइल र ट्याब्लेट प्रयोगकर्ताहरूले,एन्ड्रोइड संस्करण ११।० वा सोभन्दा कम प्रयोग गर्छन्। यो कारणले थुप्रै मानिसहरु कम स्टोरेजको समस्या भोगिरहेका छन्।

 

भाइबरको नयाँ स्टोरेज म्यानेजमेन्ट सुविधाले प्रयोगकर्ताहरूलाई आफ्नो सम्पूर्ण भाइबर एपबाट क्यास क्लिन गर्न वा कुन च्याटहरूलाई स्पेस खाली गर्न आवश्यक छ भन्ने जानकारी र सुविधा समेत दिनेछ। स्टोरेज म्यानेजमेन्टले प्रयोगकर्ताहरूलाई तिनीहरूको उपकरणमा भाइबरले कति ठाउँ लिन्छ भनेर हेर्न मद्दत गर्दछ । साथै तिनीहरूसँग कति कुल स्टोरेज खाली छ कति खाली स्टोरेज बाँकी छ । प्रत्येक च्याटले कति स्टोरेज प्रयोग गर्दछ जस्ता जानकारी भाइबरले दिनेछ।

 

प्रयोगकर्ताहरूले प्रत्येक च्याटमा हटाउन चाहेका फाइलहरू छनौट गरेर अनावश्यक फाइलहरू डिलिट गर्न सक्छन्। यसले च्याटबाट कुनै पनि नचाहिएको मिडिया सामग्रीहरू जस्तै भिडियोहरू, तस्बिरहरु वा फाइलहरू डिलिट गर्न मद्दत गर्छ । यसरी डिलिट गर्दा, जुन प्रयोगकर्ताले डिलिट गरेको हो, उसको च्याटमा स्टोरेज खाली हुन्छ जबकि कुराकानीमा अन्य सहभागीहरूका लागि मिडिया फाइलहरू हट्नेछैन । यदि प्रयोगकर्ताहरूले एपमा प्राप्त फाइलहरू पहिले नै डाउनलोड गरिसकेका छन् भने, ती फाइलहरू प्रयोगकर्ताको उपकरणमा सुरक्षित रूपमा स्टोर हुनेछन्।

 

आईओएसका लागि यो सुविधा १९.३.० को शुरुवाती संस्करणमा उपलब्ध हुनेछ र एन्ड्रोइडका लागि १९.४ देखि उपलब्ध हुनेछ। यो सुविधा मोबाइलमा मात्र उपलब्ध हुनेछ ।

 

राकुटेन भाइबर संसारको जुनसुकै कुनामा रहेका जोसुकैलाई जोड्ने सम्बन्धसूत्र हो। भाइबरको विश्वव्यापी प्रयोगकर्ताहरूले वान(टु(वान,भिडियो कल, ग्रुप मेसेजिङ, अपडेटहरूका साथै आफ्ना मनपर्ने ब्राण्ड र सेलीब्रेटीसँग अन्तरक्रियाजस्ता यावत् फिचरहरूको लाभ उठाउन सक्छन्।

भाइबरले प्रयोगकर्ताहरूलाई आफ्ना भावनाहरू साझा गर्न सुरक्षित र स्वतन्त्र वातावरण सुनिश्चित गर्दछ। राकुटेन भाइबर, आइएनसीको एक हिस्सा हो, ई(कमर्स र वित्तीय सेवाहरूमा अग्रणी राकुटेन भाइबर गोल्डेन स्टेट वारियर्सको आधिकारिक इन्सट्याण्ट मेसेजिङ र कलिङ एप पार्टनर पनि हो। आजै भाइबर जोइन गरी विश्वकै सबैभन्दा उत्तम कम्यूनिकेशनको फाइदाहरू लिनुहोस्।

 

वि.सं.२०८३ वैशाख २७ आइतवार २३:१५

युनाइटेड मोदी हाइड्रोपावरको १२ औं बार्षिक साधारणसभा सम्पन्न, संचालकमा अधिकारी...

गर्मीले होइन क्रम्टनको सिलिङ्ग फ्यान ले जित्छ !

गर्मीले होइन क्रम्टनको सिलिङ्ग फ्यान ले जित्छ...

वि.सं.२०८३ वैशाख २७ आइतवार २३:११

काठमाडौं । गर्मी बढ्नासाथ नेपाली घर, अफिस, होटल तथा व्यापारिक...

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि कारोबार १ खर्ब ८१ अर्ब नाघ्यो

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि...

वि.सं.२०८३ वैशाख २७ आइतवार २०:४२

  काठमाडौं ।  बिमा क्षेत्रको निमायक संस्था नेपाल बिमा प्राधिकरणका...

आइजीआई प्रुडेन्सियलको बीमाकोष ७५ प्रतिशतले बढ्यो

आइजीआई प्रुडेन्सियलको बीमाकोष ७५ प्रतिशतले बढ्यो

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२७

  काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष...

प्रभु महालक्ष्मी लाइफको आम्दानीसँगै बढ्यो नाफा

प्रभु महालक्ष्मी लाइफको आम्दानीसँगै बढ्यो नाफा

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२२

  काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको...

हिमालयन लाइफको जीवन बीमा कोष ८६ अर्ब नाघ्यो, व्यवसाय विस्तार जारी

हिमालयन लाइफको जीवन बीमा कोष ८६ अर्ब...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२०

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक...