CG Electronics
IME Life
Ncell NPL

इङवा खोला हाईड्रोपावरले निष्काशन गरेको आईपिओ स्थानीयका लागि बिक्री खुल्ला

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओ आजदेखि स्थानीयबासीका लागि खुल्ला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो । नेपाली समय अनुसार विहान १० बजेदेखि आईपिओको बिक्री खुल्ला हुनेछ ।

इङवा खोला हाईड्रोपावरको कूल जारी पुँजि ६० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको छ भने एक लाख २० हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको छ ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिने शेयरमा ताप्लेजुङ्ग जिल्लाको सिदिङ्गवा गाउँपालिका वडा नं। ३, पाँचथर जिल्लाको याङवरक गाउँपालिका वडा नं। २ र वडा नं। ३ का बासिन्दाहरुले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

स्थानीइबासीले सो कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनसक्नेछन् भने अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आगामी चैत ८ गतेसम्म सो आईपिओमा आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरिएको शेयरमा सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि चैत २० गतेसम्म लम्बिनेछ ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, सिभिल बैंक, सप्तकोशी विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछ । त्यसैगरी, वैदेशिक रोजगारमा रहेको नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

इङवा खोला हाईड्रोपावरले प्रबद्र्धन गरिरहेको ९।७ मेगावाटको ईङवा खोला साना जलविद्युत आयोजनाको प्रति मेगावाट लागत निर्माण अवधिको ब्याजसहित २० करोड १० लाख ३० हजार ९०० रुपैयाँ रहेको छ भने आयोजनाको कुल अनुमानित लागत एक अर्ब ९५ करोड रुपैयाँ रहेको छ । आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र बहा अवधि ३१ वर्ष बाँकी रहेको छ ।

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

वि.सं.२०८३ वैशाख २९ मंगलवार १०:४४

  काठमाडौं । स्नो रिभर्स लिमिटेडले आज (वैशाख २९ गते)...

एमजीका आधुनिक ईभी अब नेपालमा, कमेट १८.७५ लाख र विन्डसर ३९.७५ लाखबाट उपलब्ध

एमजीका आधुनिक ईभी अब नेपालमा, कमेट १८.७५...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १०:३६

काठमाडौं । JSW MG Motor India को नेपालका लागि आधिकारिक...

मे इन्डल्जेन्स: रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका उत्कृष्ट अफरहरू सार्वजनिक

मे इन्डल्जेन्स: रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १०:२३

  इटहरी, नेपाल - ४ मे, २०२६- रमादाबाई विन्धम इटहरीले...

कजारियाको नयाँ शोरुम अब हापुरे दाङमा, प्रिमियम टायल कलेक्सनको शुभारम्भ

कजारियाको नयाँ शोरुम अब हापुरे दाङमा, प्रिमियम...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १०:२०

  हापुरे । कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो राष्ट्रव्यापी सञ्जाल...

प्रमुख कार्यकारी अधिकृतको राजीनामासम्बन्धी समाचारप्रति बैंकको ध्यानाकर्षण

प्रमुख कार्यकारी अधिकृतको राजीनामासम्बन्धी समाचारप्रति बैंकको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:०६

  काठमाडौं, २८ वैशाख २०८३  । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक...

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

वि.सं.२०८३ वैशाख २८ सोमवार १२:३८

  काठमाडौं । नेपालको अग्रणी औद्योगिक तथा व्यावसायिक घराना चौधरी...