सुशासनका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री प्रचण्ड
Tuesday Mar 14, 2023
वि.सं.२०७९ फागुन ३० मंगलवार ०८:०९
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासनका स्थानीय तहको महत्वपुर्ण भूमिका रहेको बताएका छन् ।
सोमबार राजधानीमा आयोजित नगरपालिका संघको कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको बताएको हो ।
उनले ‘भने शुसासन र सेवा प्रवाहका निम्ती स्थानीय तहको भूमिका सर्वाधिक महत्वपूर्ण छ । सविधानले व्यवस्था गरे अनुसार राजनीतिक, आर्थिक सामाजीक र साँस्कृतिक अधिकारहरुको प्रत्याओजन गर्न संघीय कानून यथासिघ्र निर्माण गर्नुे पर्ने राष्ट्रिय दायीत्व रहेको छ ।’
उनले नेपाली जनताको त्याग र बलिदानबाट संविधान निर्माण भएपनि त्यस अनुसारको संघीय र प्रादेशिक ऐनहरु निर्माणमा कमजोरी भएको बताए ।
प्रधानमन्त्री दाहलले, सहमति र समझदारी अनुसार राष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष विभिन्न राजनीतिक दलबाट भएको भन्दै त्यसका लागि आफुले भूमिका खेलेको जिकिर गरे ।






















