CG Electronics
IME Life
NIMB

शिवम् सिमेन्टको “शिवम्संग उपहार टन्न’’ उपहार योजनाको मेगा लक्की ड्र सम्पन्न : ६० जना जिते उपहार

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौं । शिवम् सिमेन्टको “शिवम्संग उपहार टन्न’’ योजनाको मेगा लक्की ड्रमा ६० जनाले उपहार जितेका छन् ।

काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी शिवम्ले, उपहार योजनाको मेगा लक्की ड्र अन्तर्गत भाग्यशाली बिहिबार उपभोक्ता तर्फ ३० जना तथा विक्रेता तर्फ ३० जना गरी ६० जना विजेताहरुको नाम सार्वजनिक गरेको हो ।

जसअनुसमार उपभोक्ता तर्फ ४७ तोला तथा विक्रेता तर्फ ४७ तोला सुन उपहार राखिएको थियो । कार्यक्रममा उपभोक्ता तर्फ प्रथम पुरस्कार बापत २ भाग्यशाली विजेता बाग्मती–पोखरा क्षेत्रबाट र उपत्यका बाहिरबाट ५÷५ तोला सुन प्राप्त गरेका छन् ।

दोस्रो पुरस्कार अन्तर्गत ४ जनाले ३÷३ तोला सुन जितेका छन् भने तेस्रो पुरस्कार अन्तर्गत ६ जनाले २÷२ तोला सुन, चौथो ८ जनाले १÷१ तोला सुन तथा अन्य १० जनाले आधा÷आधा तोला सुन जित्न सफल भएका छन् ।

 


पत्रकार सम्मेलनमा शिवम् सिमेन्टका बिक्रि मार्केटिङका उपाध्यक्ष निखिल अग्रवालले नेपालको अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टद्वारा भाग्यशाली विजेताहरुको नाम लक्की ड्र सार्वजनिक गरी पुरस्कार वितरण गरिएको बताए ।

उनले उपहार ल्याएर डिलर साथिहरुलाई र ग्राहकहरुलाई प्रोत्साहन गर्न र निमार्ण कार्य महङगो भएकोले रोकेको अवस्थामा पुरस्कार देखेर निमार्ण कार्यमा थप पेरणा मिल्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताए ।

उनले भने ‘लक्की ड्र मार्फत उपभोक्ता साथिहरुलाई पुरस्कार दिन पायौं । शिवम् सिमेन्टको “शिवम्संग उपहार टन्न“ उपहार ल्याएर डिलर साथिहरुलाई र ग्राहकहरुलाई प्रोत्साहन गर्न खोजेको हो ।

आज निमार्ण कार्य महङगो भएकोले रोकेको अवस्थामा हाम्रो पुरस्कार देखेर निमार्ण कार्यमा थप पे्ररणा मिल्ने उद्देश्यले यो कार्यक्रम लिएर आएको थियौं ३ महिना अगाडि । साडे २ लाख भन्दा बढि ग्राहकहरुलाई डिलरहरुलाई पसरस्कार दिएका छौं । ’
यसअघि भएका मासिक लक्की–ड्रहरुबाट उपभोक्ता तर्फ ६० जना तथा विक्रेता तर्फ ८० जना भाग्यशाली विजेताहरुको छनौट भई सकेका छन् ।

जस अन्तर्गत ४ जोडिले थाईल्याड भ्रमण, ८ जोडिले गोसाईकुण्ड हेली टुर, २० जोडिले माउन्टेन फ्लाईट, २८ जनाले आधा केजी चाँदी, ३२ जनाले हिराको औंठी, १६ जनाले सुनको सिक्रि, १६ जनाले सुनको औंठी र १६ जनाले २ ग्राम सुनको सिक्का जितिसकेका छन् ।

साथै स्योर सट पुरस्कार मार्फत पनि २ लाख २५ हजार भन्दा बढि ग्राहकहरुले सुन, चाँदी तथा नगद उपहारबाट लाभावन्वित भएका छन् । शिवम् सिमेन्टले यहि मंसिर १८ गते देखि ‘शिवमसँग उपहार टन्न” उपहार योजना सार्वजनिक गरेको थियो जस अन्तर्गत प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्याच कुपन प्राप्त गरि रु. २०० देखि रु. ५०० सम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५ ग्राम देखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार राखिएको थियो ।

सोहि कुपनको अर्धकट्टीमा नाम, टेलिफोन नम्बर र ठेगाना लेखि मासिक लक्की ड्र तथा मेघा लक्की ड्रमा भाग लिन सक्ने व्यवस्था छ ।

 

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को...

वि.सं.२०८३ जेठ १४ बिहीवार ०९:४८

  काठमाडौं । सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ : अध्यक्ष शर्मा

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:२४

  काठमाडौं । पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले वर्तमान संविधानले...

निक्षेप तथा कर्जा सुरक्षण कोषको सिइओमा डिलाराम गिरी नियुक्त

निक्षेप तथा कर्जा सुरक्षण कोषको सिइओमा डिलाराम...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:१४

निक्षेप तथा कर्जा सुरक्षण कोषको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत...

संस्कृति, कला र पर्यटन प्रवर्द्धनको साझा उत्सवका लागि बौद्ध महोत्सव हुँदै

संस्कृति, कला र पर्यटन प्रवर्द्धनको साझा उत्सवका...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:०२

  धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्पदा तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले...