CG Electronics
IME Life
NIMB

नेप्सेमा भोलि शुक्रबार अभियन्ता कोइरालाले विशेष घोषणा गर्ने

NIMB
Himalayan Bank

 

 

 

काठमाडौ । नेपाल स्टक एक्सचेन्जको कार्यालय सिंहदरबारमा भोलि शुक्रबार पूँजी बजार अभियन्ता तिलक कोइरालाले विशेष घोषणा गर्ने भएका छन् ।

नेपालको पूँजी बजारको बिकासमा अबरुद्ध ढोका खोल्न विशेष घोषणा गर्न लागिएको कोइरालाले बताए । उनले भने ‘ अहिलेलाई यति भन्छु, यो हरेक लगानीकर्ताको गम्भिर सरोकारको विषय हो, जो आउँदैन उ पछुताउँछ ।’
सबै लगानीकर्तालाई भोलि विहान १० बजे नेप्से प्लाजा सिंहदरबारमा आउन आह्वान गरेका छन् ।

पूँजी बजारमा लगातारको गिरावट आएर लगानीकर्ताहरु चरम निराशामा रहेको बेला कोइरालाले के गर्न लागेका हुन भन्ने खुलाएका छैनन्। तर उनले सेयरको मूल्य घटाउने वा बढाउने कुरासँग आफ्नाे घोषणा सम्बन्धित नरहेको र कुनै आन्दोलन पनि नहुने स्पष्ट पारेका छन्।

नेपालको पूँजी बजारको विकास र बिस्तारका लागि भन्दै तीनपल्ट आमरण अनशन बसेर चर्चामा आएका कोइरालाले भोलिको कार्यक्रमबारे भोलि नै जानकारी दिने बताए । कोइरालाले आफ्नो अग्रसरतामा यसअघि भएको आन्दोलनको बलमा अर्थ मन्त्रालयले गठन गरेको अध्ययन समितिले पूँजी बजार सुधारका लागि दिएको ५८ बुँदे सुझाव अझै कार्यान्वयन नगरेको स्मरण गरे ।

हालै धितोपत्र बोर्डसँग भएको १९ बुँदे सहमति पनि अलपत्र रहेको उनको भनाई छ ।

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले लिए शपथ

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले...

वि.सं.२०८३ असार ३० मंगलवार २०:३१

  काठमाडौं, असार ३०। नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजूरी दिन आह्वान

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा...

वि.सं.२०८३ असार ३० मंगलवार १२:२८

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै...

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम बुद्धिमत्ता सुविधा र २४ महिनासम्मको किस्ता योजना

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम...

वि.सं.२०८३ असार ३० मंगलवार १२:१८

  काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७...

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्‍यो

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै...

वि.सं.२०८३ असार ३० मंगलवार १२:०४

  काठमाडौं । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा...