CG Electronics
IME Life
NIMB

नेपाली टोलीलाई पुर्वप्रधानमन्त्री देउवा, ओली र नेपाललको बधाई

NIMB
Himalayan Bank

 

 

काठमाडौं । पूर्व प्रधानमन्त्री, शेर बहादुर देउवा, केपी ओली, र माधव नेपालले नेपाली क्रिकेट टोली विश्वकप क्रिकेट छनोटमा पुगेको खुसी व्यक्तगर्दै बधाई दिएका छन्।

यूएईलाई ९ रनले हराउँदै नेपालले, विश्वकप छनोट यात्रा तय गरेपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन्। उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्। ‘बधाई टिम नेपाल! आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई हराउँदै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेकोमा हार्दिक बधाई ।’

त्यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि नेपाली टोलीलाई बधाई दिएका छन्।
उनले लेखेका छन् ‘यूएईविरुद्धको खेलमा ऐतिहासिक जित निकालेर विश्वकप छनोटमा स्थान पक्का गरेकोमा नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई। हामी गौरवान्वित छौँ, नेपाल गौरवान्वित छ।’

त्यस्तै पूर्व प्रधानमन्त्री एवं नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पनि नेपाली टोलीलाई बधाई दिएका छन् ।

सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन् ‘आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत भएको एकदिवसीयमा युएईलाई हराउँदै विश्वकप क्वालिफायरमा छनोट भई नेपाली क्रिकेट इतिहासमै ठुलो उपलब्धि हासिल गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दै थप सफलताको शुभकामना व्यक्त गर्दछु ।’

 

नेपाल आज डिएल मेथडमा युएईलाई पराजित गर्दै विश्वकप छनोटमा पुगेको छ ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...