सरकार स्थिर भएमात्रै मूलुकले राम्रो नतिजा पाउँछ : मन्त्री मोदी

वि.सं.२०७९ चैत ३ शुक्रवार १५:०१

काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले स्थिर र स्थायी सरकारबाट मात्रै मूलुकको विकास निर्माणमा राम्रो प्रगति हुनसक्ने बताएका छन् । सरकारले पूर्णकार्यकाल काम गर्ने वातावरण बन्यो भने मात्रै परिणाम देखाउन सकिने उनको भनाई छ ।
नयाँ बानेश्वरस्थित हलमा भएको उपराष्ट्रपतिको मतदानपछि मन्त्री मोदीले सरकार स्थिर रहिरह्यो भने सोचे जस्तो परिणाम दिन सकिने बताएका हुन् ।
उनले भने , हामी जहाँ छौ जुन तरिकाले काम गरिरहेका छौ । हाम्रो मन्त्रालयको कुरा गर्दा दुई महिनामा हामीले सुधार गरेका छौ ।
सुशासनको कुरामा दुर्गम ठाउँमा जान नचाहने, सरल र सुविधा भएको ठाउँमा जान चाहने कर्मचारीलाई दुर्गम ठाउँमा पनि जानु पर्छ भनेर प्रोत्साहित गरेका छौ । हामीले जनता को सेवा प्रवाह गर्ने भएकोले यस विषयमा प्राथमिकता मा हामी लागेका छौ ।
उनले सब भन्दा महत्वपुर्ण जिम्मेवारीको रुपमा सधिय निजामती ऐन ल्याउनु पर्नेमा जोड दिएका छन् ।