CG Electronics
IME Life
NIMB

कियाको ‘कारेन्स’ नेपाली बजारमा

NIMB
Himalayan Bank

 

काठमाडौं । कोरियाली कार निर्माता कियाले आफ्नो नयाँ एमपिभी कारेन्स नेपाली बजारमा ल्याएको छ । कम्पनीले नेपालका लागि आफ्नो अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजमार्फत नेपाली बजारमा कारेन्स लन्च गरेको हो ।

कम्पनीले कियाको पछिल्लो संस्करण ‘किया कारेन्स’लाई पूर्ण आधुनिक पारिवारिक कार भएको दाबी गरेको छ । कारेन्स कार मात्र नभएर आफ्नो परिवारलाई सबैभन्दा माथि राख्ने व्यक्तिका लागि सवारीको उत्तम विकल्प भएको कम्पनीको भनाइ छ । यो कार भारतको इन्डियन कार अफ द इयर (आइसिओटिवाई) २०२३ अवार्ड प्राप्त एमपिभी भएको कम्पनीले जनाएको छ । कारेन्समा १० रोबस्ट हाई–सेफ्टी प्याकजजस्तो विशेषता रहेको र यो सबै भेरियन्टमा स्ट्यान्डर्ड रूपमा आउने कम्पनीको भनाइ छ ।

विशेषता : यो गाडीमा ६ ओटा एयरब्याग, इलेक्ट्रोनिक्स स्टाबिलिटी कन्ट्रोल, भेहिकल स्टाबिलिटी म्यानेजमेन्ट, ब्रेक एसिस्ट, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, डाउनहिल ब्रेक कन्ट्रोल, एन्टी लक ब्रेक सिस्टम, अल ह्विल डिस्क ब्रेक, हाइलाइन टायर प्रेसर मोनिटरिङ सिस्टम र रियर पार्किङ सेन्सरजस्ता विशेषता रहेको कम्पनीको दाबी छ । यो गाडी दुईथरी पेट्रोल इन्जिनमा उपलब्ध रहेको जनाइएको छ । ११५ विएचपी र १४४ एनएम टर्कयुक्त १.५ लिटर र १४० विएचपी र २४२ एनएम टर्कयुक्त १.४ लिटरको इन्जिनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । १.५ लिटर पेट्रोलमा ६ स्पिड मयनुअल र १.४ लिटर टर्बो पेट्रोलमा ७ स्पिड डिसिटी अप्सन उपलब्ध रहेको जनाइएको छ ।

कारेन्स ११५ विएचपी तथा २५० एनएम टर्कयुक्त १.५ लिटर टर्बो डिजेल इन्जिनमा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसमा म्यानुअल र अटोमेटिक ट्रान्समिसन रहेको छ । लक्जरी प्लस ट्रिममा स्टेयरिङमा प्याडल सिफ्टर पनि रहेको र यसले सात स्पिड डिसिटी वा ६ स्पिड अटोमेटिकमा पुगेका वेला काम गर्ने जनाइएको छ ।

यो गाडीमा एक सय ९५ मिमि ग्राउन्ड क्लियरेन्स, १०.२५ इन्चको इन्फोटेनमेन्ट डिस्प्ले, डिजिटल इन्स्ट्रुमेन्टेसन, सनरुफ, दोस्रो र तेस्रो रोका लागि हावाको स्पिड एडजस्ट गर्न मिल्ने छतमा जडित एयरकन भेन्ट्स, सिटपछाडि जडित ट्याब्लेट र स्मार्ट फोन नोचयुक्त कपहोल्डरसहितको ट्रे टेबल, भेन्टिलेटेड फ्रन्ट सिटहरू, ६४ कलर एम्बियन्ट लाइटिङ, एयर प्युरिफायर, बोस अडियो सिस्टम, वान टच सेकेन्ड रो टम्बल यसका थप विशेषता रहेको कम्पनीको भनाइ छ ।

यो सात सिटर कन्फिगेरेसन, ठूलो बुट स्पेस, दुई सय १६ लिटरको लगेज स्पेस रहेको र तेस्रो रो फोल्ड गर्दा लगेज स्पेसलाई ६ सय ४५ लिटरसम्म बढाउन सकिने कम्पनीको दाबी छ । कारेन्स प्रिमियमको ४८ लाख ९० हजार रुपैयाँ र कारेन्स प्रेस्टिजको ५२ लाख ९० हजार रुपैयाँ मूल्य तोकिएको कम्पनीले जनाएको छ ।

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले लिए शपथ

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले...

वि.सं.२०८३ असार ३० मंगलवार २०:३१

  काठमाडौं, असार ३०। नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजूरी दिन आह्वान

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा...

वि.सं.२०८३ असार ३० मंगलवार १२:२८

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै...

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम बुद्धिमत्ता सुविधा र २४ महिनासम्मको किस्ता योजना

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम...

वि.सं.२०८३ असार ३० मंगलवार १२:१८

  काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७...

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्‍यो

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै...

वि.सं.२०८३ असार ३० मंगलवार १२:०४

  काठमाडौं । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा...