CG Electronics
IME Life
NIMB

स्किल वीक २०२३ को समापन समारोहमा ४ जना दिग्गजलाई स्किल हिरो अवार्डबाट सम्मानित

NIMB
Himalayan Bank

 

काठमाडौ । स्किल वीक २०२३ चौथो संस्करण समापन समारोह आईतवार द सोल्टी होटेलमा आयोजित विशेष जमघटको बीच उद्यमीहरू, सरकारी कूटनीतिज्ञहरू, र १००+ इच्छुक उत्साहीहरुको उपस्थितिमा भब्यताका साथ समापन गरियो । कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री माननीय रेखा शर्मा र उपसभामुख, प्रतिनिधि सभा इन्दिरा राणा मगर प्रमुख अतिथिको रुपमा उपस्ति रहेका थिए ।

स्किल वीक एक हप्ते कार्यक्रम थियो । जसमा बिभिन्न सिपमुलक तालिमहरु लगायत सिपयुक्त कार्यशाला, तालिम, केस स्टडी, लगायत मनोरन्जनलाई मध्यनजरमा राख्दै सिपलाई बिभिन्न आयामबाट प्रस्तुत गर्ने कोशीस गरिएको थियो । कलकारखाना, शैक्षिक संस्था एवम सरकारी निकाय सँगको साझेदारीको लक्ष्य लिइ तिनै क्षेत्रबाट सिपमुलक रोजगारीका अवसर, बद्द्दोे सिपप्रतिको महत्व, ब्यापार, सेवा, आधुनिक प्रबिधी देखीलिएर कला तथा संस्कृति झल्किने किसिमले सिपको महत्व उजागर गर्ने लक्ष्यलिई स्किल वीक कार्यक्रम १३ मार्च देखि १९ मार्च सम्म सन्चालनभएको थियो । यस कार्यक्रममा ४ फरक सीप क्षेत्रहरू प्रदर्शन गरिएको थियो जसमाकला र संस्कृति, उद्दमशीलता,पर्यटन तथा आतीथ्य, बिज्ञान तथा प्रबिधी रहेका थिए ।

यसै बिच यिनै चार बिधामाचार अत्यन्त प्रेरणादायक ब्यक्तित्वहरुलाई स्किल हीरो अवार्ड २०२३ उपाधीबाट सम्मानित गरेको थियो । पहिलो स्तम्भ अर्थात् पर्यटन र आतिथ्यका लागि लण्डनस्थित नेपाली शेफ सन्तोष शाह आतिथ्य क्षेत्रमा प्रभावशाली व्यक्तित्व भएकाले स्किल हिरोको रूपमा सम्मानित भएका छन् । त्यसैगरी कला र संस्कृतिको क्षेत्रमा गरेको समर्पणका लागि सुश्री सीमा गोल्छालाई सम्मान गरिएको थियो । उनले युवा पुस्ताका लागि Ventriloquism को कार्य प्रदर्शनमा निर्दोष विचार र दृष्टिकोणहरू स्थापित गर्ने क्षमतामा महारत हासिल गरेकी छिन । उद्यमशीलता विधामा प्रिज्मा एडभर्टाइजिङका प्रमुख कार्यकारी अधिकृत रञ्जित आचार्यलाई उद्यमशीलताको क्षेत्रमा योगदान पुर्याएको भन्दै पुरस्कृत गरिएको थियो । विज्ञान तथा प्रविधिविधाका लागि नेपालकी एकल महिला उद्धार हेलिकप्टर पाइलट सुश्री प्रिया अधिकारीले हरेक दिन आफ्नो ज्यान जोखिममा राखेर पर्वतारोहीको उद्धार गरेबापत सम्मान गरिएको हो ।

सोही दिन समापन समरोहलाई लक्षित गरेर सी ई वो अनप्लग्ड २०२३ नामक भब्य कार्यक्रम सन्चालन गरिएको थियो । जसमा ब्यापारका चुनौती, अवसर एवम प्रयोगात्मक शिक्षाको महत्व एवम नवआगन्तुक व्यापारका पारखीहरुलाई मार्ग दिशाप्रदान गर्न २ प्यानेल छलफल सन्चालन गरिएको थियो । सीईओ अनप्लग्डको पहिलो प्यानल छलफल “Sustainable Business for Green Ecosnomy” एवम दोस्रो प्यानलमा छलफल “Transformational Leadership” शीर्षकमा आयोजना गरिएको थियो । कार्यक्रमको बिचमा राष्ट्रिय केस स्टडी प्रतियोगिताको फाइनल प्रस्तुति पनी सम्पन्न गरिएको थियो ।

 

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले लिए शपथ

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले...

वि.सं.२०८३ असार ३० मंगलवार २०:३१

  काठमाडौं, असार ३०। नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजूरी दिन आह्वान

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा...

वि.सं.२०८३ असार ३० मंगलवार १२:२८

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै...

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम बुद्धिमत्ता सुविधा र २४ महिनासम्मको किस्ता योजना

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम...

वि.सं.२०८३ असार ३० मंगलवार १२:१८

  काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७...

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्‍यो

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै...

वि.सं.२०८३ असार ३० मंगलवार १२:०४

  काठमाडौं । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा...