CG Electronics
IME Life
NIMB

रमेश कर्पले ‘सीएसआर’ कार्यक्रमको साथ संस्थापक दिवस मनायो

NIMB
Himalayan Bank

 

नेपालको सबैभन्दा ठूलो कर्पोरेट समूह मध्ये एक रमेश कर्पोरेशनले आफ्नो तेस्रो संस्थापक दिवस ऋक्च् कार्यक्रमको साथ अनाथालयमा मनाएको छ । विगतमा आन्तरिक कर्पोरेट कार्यक्रमहरुको साथ १८ मार्चमा मनाउँदै आईरहेको संस्थापक दिवस यस वर्ष काठमाडौंको नक्सालस्थित बालमन्दिर अनाथालयमा कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम आयोजना गरी विशिष्ट र प्रभावकारी ढंगले मनाएका छन् ।

समाजको लागि पूनः योगदानमा बलियो दृष्टिकोण राख्ने रमेश कर्पोरेशनका संस्थापक रमेश गुप्ताको सम्झनामा उक्त कार्यक्रम आयोजना गरिएको थियो । (CSR) कार्यक्रममा, रमेश कर्प का सदस्यहरुले अनाथालयमा विभिन्न रमाईला गतिविधिहरुको आयोजना गरी बालबालिकासँग समय बिताउनुका साथै खाना र स्टेशनरी जस्ता आवश्यक वस्तुहरू वितरण गरेका थिए । रमेश कर्पको यो कार्यक्रमले सामाजिक उत्तरदायित्वप्रति कम्पनीको प्रतिबद्धताले समाजमा सकारात्मक प्रभाव पार्ने आफ्नो मूल्यमान्यता र समर्पणलाई झल्काउँछ ।

रमेश कर्पोरेशनका सदस्यहरुले अनाथ आश्रममा भेला भई बालबालिकाहरु बीच चित्रकला प्रतियोगिता लगायत विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरु सञ्चालन गरेका थिए । बालबालिकाको मुहारमा खुशी, मुस्कान ल्याउन र उनीहरुको जीवनमा प्रभाव पार्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । यस उत्कृष्ट कार्यको लागि कृतज्ञताका साथ सदस्यहरुले बालबालिकालाई एक महिनाको खाना र अन्य अत्यावश्यक खाद्यान्न पनि प्रदान गरेका थिए ।

कार्यक्रमको बारेमा बोल्दै, रमेश कर्पोरेशनका उपाध्यक्ष सुशील गुप्ताले भने “आज रमेश कर्पोरेशनको नेस्रो संस्थापक दिवस र यो दिन हाम्रो लागि विशेष छ किनकी हामीले हाम्रा संस्थापक स्वर्गीय रमेश गुप्ता र उनको दर्शनलाई सम्झने र यस्ता कार्यहरू मार्फत समुदायमा पूनः योगदान गर्ने अवसर पाईरहेका छौं । बालबालिकाको भलाइको लागि योगदान गर्ने अवसरको लागि हामी आभारी छौं । समग्रमा, सामाजिक उत्तरदायित्वप्रतिको हाम्रो समर्पण र त्यसको इच्छाशक्तिलाई यो लक्ष्य प्राप्ति तर्फको एउटा सानो कदमको रूपमा हेरेका छौं ।”

रमेश कर्पोरेशनका उपाध्यक्ष रोहित गुप्ताले थपे, “हाम्रो संस्थापक दिवस विशेष अवसर हो किनभने हामीले हाम्रा संस्थापक श्री रमेश गुप्ताको मूल्यमान्यता र दृष्टिकोणलाई सम्झन्छौं । हामी समाजको लागि पूनः योगदानमा विश्वास गर्छौं, र त्यो लक्ष्य हासिल गर्नको लागि यो कार्यक्रम एउटा सानो कदम मात्र हो । हामीलाई यस बालमन्दिर अनाथालयका बच्चाहरूसँग समय बिताउन र उनीहरूको कल्याणमा योगदान गर्ने मौका दिनु भएकोमा हामी धेरै आभारी छौं ।

रमेश कर्पोरेशनले आयोजना गरेको ऋक्च् कार्यक्रम उनीहरुको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताको प्रमाण हो । शिक्षा, स्वास्थ्य सेवा र वातावरण संरक्षण जस्ता विभिन्न पहलहरू मार्फत समाजको हितमा योगदान पु¥याउन कम्पनी सधैं अगाडि रहँदै आएको छ ।

रमेश कर्पको बारेमाः

रमेश कर्प नेपालको एक वहुआयामिक ठूला निजी उद्योग तथा व्यापारिक समूह मध्य एक हो जसले “फरवार्ड टुगेदर” को मूल दर्शनलाई बाँधि राखेको छ । ५० वर्ष पहिले हार्डवेयर व्यापार व्यवसायको रूपमा स्थापना भएको रमेश कर्पोरेशन, आज हरेक क्षेत्रमा आफुलाई सशक्त बनाएको छ । उत्पादन, वित्तीय सेवा, घरजग्गा, उपभोक्ता टिकाउ, जलविद्युत, खानी र लगानी जस्ता उद्योगहरूको विस्तृत श्रृंखलामा यसको बलियो उपस्थिति छ ।

हाम्रा अध्यक्ष इमेरिटस स्वर्गीय श्री रमेश गुप्ताको दृष्टिकोणबाट प्रेरित भएर, कम्पनीले आफ्ना सबै व्यवसायिक अभ्यासहरूमा “फरवार्ड टुगेदर” को मूल दर्शनलाई सम्मिलित गरेको छ । आफ्ना सबै व्यवसायिक अभ्यासहरूमा मूल दर्शनलाई आत्मसात गर्दै आफ्ना ग्राहकहरू, कर्मचारीहरू, लगानीकर्ताहरू, इकोसिस्टम साझेदारहरू साथै सम्पूर्ण राष्ट्रको जीवनलाई सशक्त र समृद्ध बनाउने आकांक्षा राखेको छ ।

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले लिए शपथ

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले...

वि.सं.२०८३ असार ३० मंगलवार २०:३१

  काठमाडौं, असार ३०। नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजूरी दिन आह्वान

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा...

वि.सं.२०८३ असार ३० मंगलवार १२:२८

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै...

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम बुद्धिमत्ता सुविधा र २४ महिनासम्मको किस्ता योजना

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम...

वि.सं.२०८३ असार ३० मंगलवार १२:१८

  काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७...

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्‍यो

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै...

वि.सं.२०८३ असार ३० मंगलवार १२:०४

  काठमाडौं । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा...