CG Electronics
IME Life
NIMB

लुम्बिनि सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादी संसदीय दलको बैठक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौं । लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादी केन्द्रले तयारी थालेको छ । समर्थन फिर्ताका लािग माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको बैठक ११ बजे बस्दैछ ।

 

प्रदेश सरकारको नेतृत्व एमालेले गरिरहेको छ । बिहीबार बिहान ११ बस्ने बैठकले समर्थन फिर्ता लिने निर्णय गर्ने माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए ।

गत पुस २८ मा माओवादी केन्द्रसहित लोसपा, नागरिक उन्मुक्ति, राप्रपा र जसपाको समर्थनमा एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बनेका थिए । तर, केन्द्रमा एमाले बाहिरीएसंगै त्यसको प्रभाव प्रदेशमा पनि देखिएको छ । आज अस्ने बैठकलले निर्णय गर्ने तथा अबको मुख्यमन्त्री कांग्रेसले लिने बरालले जानकारी दिए ।

अब बन्ने प्रदेश सरकारमा माओवादीकै दावी रहने वा कांग्रेसको भन्ने प्रश्नमा उनले भने ‘मुख्यमन्त्रीमा दावी हामीले गरेका छौं । हाम्रै संसदीय दलको नेतालाई मुख्यमन्त्रीमा अघि सार्ने हो । तर, अघिल्लो पटक माओवादीले मुख्यमन्त्री लिएकाले यस पटक कांग्रेसले पनि दाबी गरिरहेको छ । केन्द्रको निर्णय अनुसार हामी अघि बढ्ने हो । ’

लुम्बिनीमा माओवादीले कांग्रेसलाई मुख्यमन्त्री दिन नसक्ने बताउँदै आएको छ । एमालेका शंकर पोखरेल सत्ताच्यूत भएपछि बनेको गठबन्धन दलले तत्कालीन समयमा माओवादीका कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा समर्थन गरेकाले यस पटकको कांग्रेसबाट मुख्यमन्त्री बन्नुपर्ने तर्क कांग्रेसीहरूको छ । ८७ सांसद् रहेको लुम्बिनी प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४४ सांसद् आवश्यक हुन्छ ।

गाउँपालिकामा ‘निमित्त अन्त्य’ अभियान: ७८ स्थानमा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइयो

गाउँपालिकामा ‘निमित्त अन्त्य’ अभियान: ७८ स्थानमा स्थायी...

वि.सं.२०८२ चैत २० शुक्रवार ०८:०५

  काठमाडौं । स्थानीय तहमा लामो समयदेखि कायम ‘निमित्त प्रमुख...

मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन

मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन

वि.सं.२०८२ साउन ६ मंगलवार १८:०६

काठमाडौं । आन्तरिक राजस्व कार्यालय जुम्लाले आर्थिक वर्ष २०८१/०८२ मा...

कर्णाली प्रदेशको आर्थिक समृद्धिको आधार कृषि हो मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेशको आर्थिक समृद्धिको आधार कृषि हो...

वि.सं.२०८२ असार १५ आइतवार १३:२१

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशको आर्थिक...

कोशी प्रदेशको ३५ अर्ब ८७ करोडको बजेट पारित

कोशी प्रदेशको ३५ अर्ब ८७ करोडको बजेट...

वि.सं.२०८२ असार १३ शुक्रवार १६:४०

विराटनगर । कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ का लागि...

बजेट निर्माणमा जुट्यो कर्णाली सरकार, आगामी बर्ष बजेट बढ्ने

बजेट निर्माणमा जुट्यो कर्णाली सरकार, आगामी बर्ष...

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ११:१६

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्षको बजेट केही...

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन : सञ्चालनमा

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन :...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:४३

  हेटौंडा । बागमती प्रदेशको प्रमुख औद्योगिक एकाइ हेटौंडा सिमेन्ट...