CG Electronics
IME Life
NIMB

पैसा हुँदा हुँदै बैङ्क तथा वित्तीय संस्थाले ऋण प्रवाह नगरेको राष्ट्र बैङ्कका सह प्रवक्ताको आरोप

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका सह प्रवक्ता नारायण पोखरेलले, बैङ्क तथा वित्तीय संस्थाको लगानी दिन सक्ने हैसियत भएता पनि ऋण प्रवाह नगरेको आरोप लगाएका छन् ।

बैङ्क तथा वित्तीय संस्थामा दृष्टि विहीन महिलाहरूको समस्या विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रत्येक बैङ्क तथा वित्तीय संस्थाले ७ अरब रुपैयाँको रकम राष्ट्र बैङ्कमा थन्काएर राखेको बताएका हुन् ।

‘बैङ्क तथा वित्तीय संस्थाको लगानी दिन सक्ने हैसियत छ । बैङ्क तथा वित्तीय संस्थाले एक अर्कोलाई ७ प्रतिशत व्याजका ऋण दिने काम भएको छ ।

प्रत्येक बैङ्क तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैङ्कमा ७ अरब रुपैयाँ थन्काएर राखेका छन्। यदि ऋणको माग भएको भए ऋणमा प्रवाह गर्नुहुन्थ्यो । राष्ट्र बैङ्कले १ रुपैयाँ पनि व्याज दिँदैन ।’

सोही कार्यक्रममा बोल्दै युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष देवराज रोक्काले नागरिकले राज्य भएको अनुभूति गर्न नसकेको टिप्पणी गरे ।

बैङ्क तथा वित्तीय संस्थामा अपाङ्गता भएका व्यक्तिहरूको समस्या बढ्दै गएको र त्यसलाई नियन्त्रण गर्न सरकारको पक्षबाट केही पहल नभएको उनको आरोप छ ।

 

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...