IME Life
NIMB

आयोग गठन लगतै मिटरब्याज पीडितको आन्दोलन फिर्ता, अर्को समुहको आन्दोलन भने जारी

NIMB
Himalayan Bank

 

काठमाडौं । सरकारले आयोग गठन गरे लगतै मिटरब्याज पीडितले १९ दिनदेखि गर्दै आएको आन्दोलन फिर्ता भएको छ ।

मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकारले बिशेष अदालतको पूर्व अध्यक्ष गौरीबहादुर प्रधानको संयोजकत्वमा जाँचवुझ आयोग गठन गरेको छ ।

आयोगमा नेपाल प्रहरीका पूर्व एआईजी उत्तम सुवेदी र महान्यायधिवक्ता कार्यालयका पूर्व नायव महान्यायधिवक्ता गणेशबहादुर आर्याल सहभागि छन् । सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको थियो ।

मिटरब्याज विरुद्ध संघर्ष समितिले उच्चस्तरीय आयोग गठनको माग गर्दै गत २ चैतदेखि आन्दोलन गर्दै आएका थिए । यहीक्रममा उनीहरु महोत्तरीको बर्दिवासदेखि १२ दिन पैदल हिँडेर काठमाडौं आइपुगेका थिए ।

काठमाडौंमा चरणवद्ध आन्दोलन गर्न थालेपछि सरकारले उनीहरुसँग वार्ता गर्न टोली गठन गरेको थियो । सोही टोलीले शनिवार उनीहरुसँग पाँच वुँदे सहमति गरेको थियो ।

सहमतिमा पीडितको समस्या सम्वोधन गर्न उच्चस्तरीय छानविन आयोग गठन गर्ने र आयोग गठन लगतै विरोेधका सबै कार्यक्रम फिर्ता लिने लगायतका वुँदा समेटिएका थिए । सोही सहमति अनुसार संघर्ष समितिले आन्दोलन फिर्ता लिएको हो ।

उत्ता, मिटरब्याज पीडितको अर्को समुह मिटरब्याज तथा ठगि विरद्ध किसान–मजदुर संघर्ष समितिले भने सोमवारबाट आन्दोलन सुरु गरेको छ ।

उनीहरुले आन्दोलनका कार्यक्रमको सम्वन्धमा मंगलवार दिउँसो पत्रकार सम्मेलन नै राखेका छन् । रत्पार्कस्थित शान्ति बाटिकामा रहेका उनीहरुले सोमवार दिनभर माइतीघर मण्डालामा बिरोध प्रदर्शन गरेका थिए ।

 

 

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको बदलिँदो सोच

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको...

वि.सं.२०८३ साउन २० बुधवार २३:०१

  काठमाडौं । केही वर्षअघिसम्म घरका लागि दूरदर्शन (टेलिभिजन), शीतभण्डार (रेफ्रिजरेटर)...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...