रास्वपा सभापति लामिछाने विरुद्धको रिट अनिलकुमार सिन्हाको इजलासमा
Tuesday Apr 04, 2023
वि.सं.२०७९ चैत २१ मंगलवार १४:४७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध दर्ता भएको रिट निवेदन सर्बोच्च अदालतका न्यायधिस अनिलकुमार सिन्हाको इजलासमा परेका छ ।
नागरिकता दुरुपयोग गरी नेपाली राहदानी निकालेको सम्वन्धमा परेको मुद्या चलाउनु पर्ने माग गर्दै युवराज सफलले सबोच्चमा रिट निवेदन दर्ता गएका थिए । सोही निवेदन सबोच्चका न्यायधिस सिन्हाको इजलासमा परेको हो । रिट निवदेनमा मंगलवार नै प्रारम्भिक सुनुवाई हुनेछ ।
महान्यायधिवक्ता कार्यालयले दुई साताअघि लामिछाने विरुद्धको मुद्या नचलाउने निर्णय गरेको थियो । सोही निर्णय विरुद्ध सफल रिट निवेदन लिएर सर्बोच्च पुगेका थिए । निवदेनमा रवि विरुद्ध मुद्या चलाई कारबाही गरिनु पर्ने उल्लेख छ ।
अमेरिकि नागरिक रहेकै बेला नेपाली नागरिकता दुरुपयोग राहदानी लिएको भन्दै लामिछाने विरुद्ध प्रहरीमा उजुरी गरेको थियो । अनुसन्धानपछि प्रहरीले प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पेश गरेको थियो । तर, वकिल कार्यालयले उनी विरुद्ध मुद्या नचल्ने निर्णय गरेको थियो ।
त्यसलगतै जिल्ला सरकारी वकिल कार्यालयको निर्णय विरुद्ध उच्च सरकारी वलिकको कार्यालय पाटनमा निवेदन परेका थियो । तर, पाटनले पनि लामिछाने विरुद्ध मुद्या नचलाउने निर्णय गरेको थियो ।
लामिछाने आगमी १० बैशाख हुने उपनिर्वाचनमा चितवन–२ बाट उम्मेदवार बनेका छन् । उनी अहिले चुनावी प्रचारप्रसार छन् । नागिरकतामा त्रुटि प्रमाणित गर्दै सर्बोच्चले उनको सांसद पद खारेज गरिदिएपछि चितवन–२ मा अहिले उपनिर्वाचन हुँदैछ ।























