CG Electronics
IME Life
NIMB

बीमकले बीमालेख धितो राखी ९० प्रतिशत कर्जा लिन सक्ने

NIMB
Himalayan Bank

 

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७९ जारी गरेको छ । बीमा प्राधिकरणका अनुसार अब बीमा कम्पनीले बीमालेख नेपाली र अंग्रेजी दुबै भाषामा तयार पार्नु पर्नेछ । बीमालेख तयार पार्दाकै बखत कम्पनीहरुले फ्युचर बोनस प्रोभिजनिङ गर्नु पर्ने हुन्छ । बीमा कम्पनीहरुले पुरा पैसा नलिइ साथै व्याक डेटमा बीमालेख जारी गर्नु पर्ने हुन्छ ।

 

नेपाल बीमा प्राधिकरणबाट बीमालेख स्वीकृत भइसके पछि बढिमा ६ महिना भित्रमा प्रचलनमा ल्याउनै पर्ने छ । व्यतित बीमालेखलाई पुनर्जागरण गर्दा बीमा अवधिभर एक पटक मात्रै आंशिक वा पुर्ण व्याज छुट दिन सकिनेछ । बीमालेख खरिद गरेको तीन वर्षसम्म पोलिसी सरेण्डर गर्न पाइने छैन । साथै बीमालेख धितोकर्जा पनि तीन वर्ष पुरा भए पछि मात्रै प्राप्त गर्न सकिनेछ ।

 

नेपाल बीमा प्राधिकरणले जारी गरेको जीवन बीमालेख सम्बन्धी निर्देशिका–२०७९ ले कम्पनी, अभिकर्ता र बीमितलाई समेत नियममा बाँधेको छ।प्राधिकरणले बीमालेख स्वीकृति प्रक्रियालाई सरलीकृत र व्यवस्थित बनाई एकरुपता कायम गर्न यो निर्देशिका लागू गरेको जनाएको छ। निर्देशिकाअनुसार जीवन बीमालेखमा बीमालेखको प्रस्तावित नाम बजारमा प्रचलनमा रहेका बीमालेखहरु भन्दा फरक हुनु पर्नेछ।

 

बीमकले बीमालेखको बीमांक रकम निर्धारण गर्दा बीमा गर्न चाहने व्यक्तिको आर्थिक क्षमता र पुनर्बीमाको पर्याप्तताको आधारमा गर्नुपर्ने पनि उल्लेख छ। बीमालेख तयार गर्दा न्यूनतम बीमा अवधि पाँच वर्ष कायम गरी तयार गर्नु पर्नेछ। म्यादी जीवन बीमाको हकमा न्यूनतम बीमा अवधि एक वर्ष कायम गर्न सकिने भएको छ।

 

बीमालेख खारेज वा रद्द भएमा पूरक करार स्वतः रद्द हुनेछ। पूरक करारको बीमा अवधि, बीमाशुल्क रकम र बीमांक रकम पूरक करारको प्रकृतिअनुसार बीमांकीले निर्धारण गरे बमोजिम हुने व्यवस्था छ। बीमा कम्पनीले बीमालेखको सर्त तथा सुविधा र प्राविधिक टिप्पणीमा भएका व्यवस्थाहरु बमोजिम बीमांकीयबाट बीमादर तालिका तयार गराउनु पर्नेछ। बीमकले बीमालेखअन्तर्गत पुरा तीन वर्षको बीमाशुल्क प्राप्त भई बीमा प्रारम्भ मितिबाट तीन वर्ष पुरा भएपछि सरेण्डर गर्न तथा बीमालेख सुरक्षण राखी कर्जा प्रदान गर्न सकिने छ।

 

 

बीमकले बीमालेख धितो राखी कर्जा लिन बढीमा समर्पण मूल्यको ९० प्रतिशत र घटीमा १० हजारसम्म कायम गर्नुपर्ने नियम छ। बीमकले बीमालेख स्वीकृत भएको बढीमा ६ महिना प्रचलनमा ल्याइसक्नुपर्ने व्यवस्था छ। बीमकले बीमालेखको सर्त तथा सुविधा सम्बन्धी गलत विवरण उपलब्ध गराई बीमितलाई भ्रममा पारी बीमालेख बिक्री गर्न पाउने छैनन्।

 

त्यस्तै, बीमा कम्पनीले पुरा शुल्क नलिई वा प्राप्त भएको मितिभन्दा अगाडिको मितिदेखि लागु हुनेगरी कुनै पनि बीमालेख जारी गर्न पाउने छैनन्।कम्पनीले बीमालेख अन्तर्गत दर निर्धारण गर्दा समावेश गरेको बोनस लोडको दर कम्तीमा फ्युचर बोनस रिजर्भको व्यवस्था गर्नुपर्ने निर्देशिकामा उल्लेख छ।

 

जीवन-बीमालेख-सम्बन्धी-निर्देशिका-२०७९

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजूरी दिन आह्वान

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा...

वि.सं.२०८३ असार ३० मंगलवार १२:२८

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै...

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम बुद्धिमत्ता सुविधा र २४ महिनासम्मको किस्ता योजना

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम...

वि.सं.२०८३ असार ३० मंगलवार १२:१८

  काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७...

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्‍यो

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै...

वि.सं.२०८३ असार ३० मंगलवार १२:०४

  काठमाडौं । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा...

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको...

वि.सं.२०८३ असार ३० मंगलवार ११:५७

  दार्चुला, असार २९ — सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग...

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...