CG Electronics
IME Life
NIMB

निजी क्षेत्रको सहयोग विना मुलुकले आर्थिक संमृद्धि हासिल गर्न सक्दैन : उद्योगमन्त्री रिजाल

NIMB
Himalayan Bank

 

 

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले देश ठूलो आर्थिक समस्याबाट गुज्रिरहेको बताउँदै निजी क्षेत्रको सहयोग विना सरकारले व्यापार घाटा काम गर्न नसक्ने प्रष्ट पारेका छन् ।

मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभामा उनले देशको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको पनि बताए ।

देशको आर्थिक अवस्था राम्रो नभएको बताएका उनले आयात निर्यातमा परेको ठूलो खाडल र उद्योगी व्यवसायीहरु निरुत्साहित देखिएकोले आर्थिक समस्या टार्न निजी क्षेत्रसंगको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

‘तपाईंहरुको सहयोग विना सरकारले आर्थिक संमृद्धि पाउन सक्दैन, नेपाल सरकार तपाईंहरुलाई हरेक कुरामा सहयोग गर्न तयार छ ।’, उनले भने ।

मन्त्री रिजालले अन्तरमन्त्रालयको संमन्वयन अभावका कारण सरकार र निजी क्षेत्रको बीचमा देखिएका समस्याहरुलाई समाधान गर्न संगै सहकार्य गर्नुपर्ने बताए ।

पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रको ब्याजदरका कारण निजी क्षेत्रका उद्योगी व्यवसायीले झेल्दै आएको विविध समस्यालाई बुझेर उनले अर्थमन्त्री र प्रधानमन्त्रीलाई बैंकको ब्याजदर घटाउन आग्रह गरे । मन्त्री रिजालले विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीको प्रभाव नेपालमा परेको तर त्यसलाई सरकारले हेरेर मात्रै नबस्ने भन्दै काम गरेर देखाउने जिकिर पनि गरे ।

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...