CG Electronics
IME Life
NIMB

स्वास्थ्य मन्त्रालयले अनुसन्धान केन्द्रहरूलाई सातै प्रदेशमा स्थापना गरी अनुसन्धानको दायरा विस्तार गर्ने

NIMB
Himalayan Bank

 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसन्धान केन्द्रहरूलाई सातै प्रदेशमा स्थापना गरी अनुसन्धानको दायरा विस्तार गर्ने बताएको छ।

सम्मेलनको उद्घाटन सत्रमा स्वागत मन्तव्य राख्दै परिषद्का सदस्य सचिव डा। प्रदीप ज्ञवालीले क्लिनिक र अस्पताललाई आधार बनाएर गरिने अनुसन्धानमा जोड दिएको भन्दै कोभिडले अनुसन्धानमा थप सिक्ने मिलेको बताउनुभयो।

मंगलबार काठमाडौंमा जारी स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको नवौं राष्ट्रिय शिखर सम्मेलनमा स्वास्थ्य मन्त्रालयका सचिव डा। रोशन पोखरेलले अनुसन्धान केन्द्रहरूलाई सातै प्रदेशमा विस्तार गरी अनुसन्धानको दायरा फराकिलो बनाउन जरुरी रहेको बताएका हुन्। डा। पोखरेलले शाखा विस्तारका लागि मन्त्रालयले आवश्यक काम अघि बढाइसकेको पनि बताए।

डा. पोखरेलले अनुसन्धानका शाखाहरू प्रादेशिक रुपमा अघि बढाउने विषयमा मन्त्रालयमा गहन छलफल भइरहेको सुनाए। उनले देशमा नसर्ने रोगहरूको पनि अनुसन्धान हुन जरुरी र अनुसन्धानका गतिविधिहरूलाई तिब्रता दिन पनि आग्रह गरे।

सम्मेलनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मिनबहादुर श्रेष्ठले संवैधानिक व्यवस्थालाई दृष्टिगत गरी खोज र अनुसन्धानबाट प्राप्त तथ्य, तथ्यांकका आधारमा स्वास्थ्य नीति, रणनीति, योजना तर्जुमा गर्नेगरी सरकारले स्वास्थ्य अनुसन्धानका क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्ने प्रतिवद्धता जनाए।

डा। श्रेष्ठले वैज्ञानिक, प्राविधिक, बौद्धिक र विशिष्ट प्रतिभाहरूको संरक्षणका लागि विशेष कार्यक्रम लागू गरिने बताए। उनले युवाहरूको नवीन विचार र अनुसन्धानले स्वास्थ्यको क्षेत्रमा महत्त्वपूर्ण प्रगति हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

डा। श्रेष्ठले भने हाम्रो संविधानले तय गरेका विकास सम्बन्धिमा वैज्ञानिक अनुसन्धान एवं विज्ञान र प्रविधिको आविष्कार उन्नयन र विकासमा लगानी अभिवृद्धि गर्ने, वैज्ञानिक, प्रविधिक र विशिष्ट प्रतिभाहरूको संरक्षण गर्ने उल्लेख छ।

डा। श्रेष्ठले वैज्ञानिक, प्राविधिक, बौद्धिक र विशिष्ट प्रतिभाहरूको संरक्षणका लागि विशेष कार्यक्रम लागू गरिने बताए।उपाध्यक्ष श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा युवा वैज्ञानिकलाई विशेष प्रोत्साहन गर्नेगरी कार्यक्रम ल्याइने पनि बताए।

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...