CG Electronics
IME Life
NIMB

ढाका श्रेष्ठ रास्वपाबाट निष्कासित, अडियो उनकै भएको निष्र्कष : उनको ठाउँमा विन्दबासिनी सांसद बनाउने निर्णय

NIMB
Himalayan Bank

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ढाका कुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको छ ।
सो पार्टीको आज बसेको बैठकले, सांसद पद खारेज गरी रिक्त ठाउँमा विन्दबासिनी कंसाकारलाई निर्वाचित गर्ने निर्णय समेत गरेको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए ।

बैठकपछिको पत्रकार सम्मेलनमा रास्वपाका सभापति लामिछानेले, बैठकमा श्रेष्ठले रकम मागेको सम्बन्धी अडियो आफ्नो नभएको जिकिर गरेको बताए ।

तर उनको भनाईको आधारमा पार्टी, श्रेष्ठ र अर्को अमुक व्यक्तिबीच भएको कुराकानी सत्य हो भन्ने निष्र्कषमा पुगेको उनले बताए । उनले भने ‘हाम्रो फाइन्डिङ उहाँले बोल्नु भएको हो ।

त्यो अडियो उहाँको हो । त्यो कुराकानीमा पैसा मागिएको छ । एउटा सांसदले एउटा सार्वजनिक व्यक्तिले त्यसरी माग्नु नै हाम्रो विधान अनुसार र हामी जुन सिद्धान्तमा बसेका छौँ । हामीलाई कारबाही गर्न त्यो यथेष्ठ प्रमाण हो ।’

त्यस्तै श्रेष्ठले कसलाई कोर टिम भनेको भन्ने विषयमा लामिछाने त्यस विषयमा श्रेष्ठले प्रष्ट नपारेको दाबी गरे ।
तर श्रेष्ठले, म डुबे भने भन्छु जसलाई पनि भन्न सक्छु भन्ने धम्कि दिएको भन्दै लामिछानेले भने ‘म सकिएपछि अरुलाई छोड्दीन भन्ने धम्कि दिएका छन् ।’

 

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...