CG Electronics
IME Life
NIMB

गरिबी निवारण र सशक्तिकरणको महत्वपूर्ण हतियार लघुबित्त तर, के कारणले गर्दा नेपालका लघुबित्तमा समस्या आइरहन्छन त ?

NIMB
Himalayan Bank

अशिम सापकोटा
काठमाडौं ।  विपन्न परिवार तर हातमा सीप र मनमा जाँगर भएका नागरिकहरुको जीविकोपार्जनका लागि भनेर परिकल्पना गरिएको आर्थिक कारोबारको व्यवसाय नै लघुवित्त व्यवसाय हो । विश्वको लघुवित्त व्यवसायको इतिहास धेरै लामो भने छैन । बंगलादेशबाट सन १९७२ वाट शुरुवात भएको लघुवित्त नेपालमा भने वि.सं. २०४९÷०५० ताका तिर नै भित्रिएको थियो ।

विपन्न परिवार वा व्यक्ति जस्ले हातमा सीप र मनमा जाँगर लिएर केहि गर्न चाहेको छ । तर आर्थिक अभावका कारणले रुमलिएर बसेको छ हो तिनै व्यक्ति वा समुदायलाई लक्षित गरी गाउँ समाजमा रहेका विपन्न परिवारका ऊ र ऊ जस्तै अरु पनि महिला तथा पुरुषहरुको समूहले सामूहिक वा व्यक्तिगत रुपमा साना–साना व्यवसाय संचालन गर्न र अरुलाई पनि उद्यमी बनाउनका लागि र कर्जा दिने र क्रमशः व्याज सहित सानो सानो किस्ता बनाई फिर्ता लिने विना धितोको कर्जाको कारोबार नै आजको लघुवित्त वित्तीय संस्थाहरुको पहिचान भएको छ ।

लघुवित्त वित्तीय संस्थाहरूले विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलाहरूलाई सदस्य बनाएर तिनीहरूबाट नियमित रुपमा बचत संकलन गरेको रकम र विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट विपन्न वर्ग शीर्षकमा सापटी लिएर आफ्ना सदस्यहरूलाई सामूहिक जमानीमा कृषि तथा लघु उद्यम व्यवसाय सञ्चालन गर्न विना धितो लघु कर्जा तथा स्वीकार योग्य धितो लिई लघु उद्यम तथा लघु व्यवसाय सञ्चालन गर्न धितो कर्जा प्रवाह गर्ने कार्य गर्दछन् ।

नेपालमा डा. हरिहर देव पन्तको अगुवाईमा खुलेको निर्धन बिकास बैंक नै पहिलो नेपाली लघुवित्त वित्तीय संस्था हो । हाल नेपालमा सयौँको हाराहारीमै लघुवित्त संस्थाहरुले कारोबारै गरी रहेका छन् भने केही मर्जर प्रक्रियामा समेत गैरहेका छन् । लघुवित्तले एकातिर वित्तीय श्रोतको माध्यमबाट स्वरोजगार श्रृजना गरी न्यून आय भएका व्यक्तिहरुको आर्थिक अवस्थालाई सुदृढ बनाउँछ भने अर्को तिर सचेतनामूलक कार्यक्रमको माध्यमबाट सामाजिक रुपमा सदस्यहरुको क्षमता र आर्थिक अवस्थालाई सशक्त बनाउँछ भन्ने मान्याता राखिएको छ । यसैले यसको प्रभाव बहुआयामिक र समय सापेक्ष पनि हुन्छ । नेपालमा पनि लघु वित्तलाई गरिबी निवारण र सशक्तिकरणको महत्वपूर्ण हतियारको रुपमा आत्मसात गरी सोही बमोजिमको नेपाल राष्ट्र बैंकले प्रवन्ध गर्न चाहेको थियो ।

दूरदराज, गाउँघरमा बसेका विपन्न वर्गका नागरिकहरुलाई उद्यमशील बनाउनका लागि लघुवित्तको परिकल्पना गरिएको हो । गरिवीको चक्रबाट गरिबलार्ई उन्मुक्ती दिन उसै भित्र आत्मविश्वास पैदा गराउन सहयोग गर्न उसको क्षमता विकास गर्ने गराउने, उत्पादनका साधनमा उस्को पहुँच पुर्याउने । उत्पादनमा आम मानिसहरुलार्ई जोड्ने, कृषिमा नविन प्रविधी र युवा सहभागीताका लागि विभिन्न कार्यक्रमहरु गर्ने, वित्तीय पहुँचका लागि अनुशरण कार्यक्रम सञ्चालन गरि लक्षित समुदायको स्वामित्वमा स्थानीय दिगो संस्था निर्माण गर्ने, ग्रामीण क्षेत्रमा पुँजी प्रवाह गराइ रोजगारी सृजना गरि युवा पलाईनलाई रोक्न सक्ने सामथ्र्यता भएको साना किसान सहकारीहरु र यस वित्तीय संस्थाले देशका ग्रामीण क्षेत्रमा रहको साना किसानहरुको समृद्धिका लागि कृषि को रुपान्तरण गरेर गरिवी न्युनीकरण र ग्रामीण विकास गर्न सकिन्छ भन्ने मान्यतालार्ई प्रमुखताका साथ लिएर कार्यहरु गर्दै आएको देखिन्छ,

लघुवित्त वित्तीय संस्थाहरुको कारण सिर्जना भएका समस्याहरु

क) लघुवित्त संस्थामा दक्ष कर्मचारीको अभाव रहनु र कर्मचारी पलायन हुनु ।
ख) कर्मचारीहरुलाई केबल खेतला सोचेर काममा लगाउनु खोज्नु र कर्मचारीको मनोबल घटाउनु ।
ग) कर्मचारीको क्षमता वृद्धीमा भन्दा बढी रकम संचालक र माथिल्लो तहका कर्मचारीहरुको विदेश भ्रमणमा खर्च गरिनु ।
घ) कर्मचारीको सेवा सुविधा कामको तुलनामा कमी हुनु वा सेवा सुविधालाई उचित व्यवस्थापन गर्न नसक्नु ।
ङ) कर्मचारीको क्षमता अभिवृद्धी गर्ने तालिमहरु समय सापेक्ष संचालन गर्न नसक्नु ।
च) लघुवित्त वित्तीय संस्थाहरु प्रति अस्वस्थ प्रतिष्पर्धा रहनु
छ) लघुवित्तको मर्म अनुसार कर्जा दिनुपूर्व व्यवसायिक तालिम नदिईकनकर्जा लगानी गरिनु ।
ज) कर्जा विश्लेषण नगरि कर्जा लगानी गरिनु ।
झ) नेपाल राष्ट्र बैंकले दिएको निर्देशनहरुको समेत पूर्ण रुपमा पालना नहुनु ।
ञ) समाजमा वित्तीय साक्षरता नगरी लघुवित्त वित्तीय संस्थाहरुले व्यवसाय शुरु गराउनु ।

विधमानमा रहेका यी समस्याहरुको पहिचान गर्दै लघुवित्त सस्ंथाहरुले समाजमा रहेका विपन्नहरुको आयस्तरमा सुधार ल्याउन सके लघुवित्तले चालेका यस्ता कदम सकारात्मक र प्रभावकारी बन्नेछ भने लघुवित्त वित्त संस्थाको रोजगारी र लघु उधम व्यवसाय समेत स्तरीय बन्नेछ ।

सापकोटा एग्रो टाइम्स मिडिया नेटवर्क तथा एग्रो टाइम्स मासिक पत्रिकाका समेत संस्थापक रहेका छटन् । साथै उनी स्पेस फोरके टेलिभिजनबाट हरेक दिन प्रसारण भईरहेको लोकप्रिय टेलिभिजन कार्यक्रम समृद्ध कृषि र नेपाल एफएम नेटवर्क ९१.८ मेगाहर्ज सहित देशैभर हरेक दिन बिहान प्रसारण भईरहेको लोकप्रिय कार्यक्रम कृषि सवाल समेत संयोजक रहेका छन् ।

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

हवाईसेवा–पर्यटन विकास

हवाईसेवा–पर्यटन विकास

वि.सं.२०८३ असार १८ बिहीवार ०९:३७

    संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...