CG Electronics
IME Life
NIMB

थाहा पाई पाई देशलाई बर्वादी तिर नलान पूर्व राजा ज्ञानेन्द्र शाहको आग्रह

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले मति, मत, मान्यता र नीति निर्णय भद्रताले गर्ने तर स्वयम् अभद्रतापूर्वक सहमति तोड्ने कुरा राजनीति र राज्य प्रणालीमा वाञ्छनीय नहुने बताएका छन् ।

नयाँ बर्ष २०८० सालको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै पूर्व राजा शाहले राजनीति र राज्य सञ्चालनको प्रकृयामा इमान्दारिताको ठूलो महत्व रहने स्मरण गराएका छन् ।

उनले राजनीतिक दल र त्यसका जिम्मेवार नेताहरुले बोलेको तथा सम्झौता र सहमतिको अझ ठूलो अर्थ राख्ने उल्लेख गर्दै आज देशमा उत्पन्न बेथिति, अविश्वास, द्धन्द र जटिलताको जड पनि त्यही नै भएको जिकिर गरेका छन् ।

हालैका दशकहरुमा जानेर–नजानेर देशका विभिन्न पक्षहरुबाट जे जस्ता कमजोरी भए त्यसबाट यो गौरबशाली इतिहास बोकेको यो देशले धेरै दुःख पाएको सबैले महशुस गरेको उल्लेख गर्दै उनले त्यसैले आन्तरिक सद्भाव र एकता, महत्वपूर्ण संस्थाहरुको सबलता, अन्र्तराष्ट्रिय सम्मान, सबैमा गम्भीर आँच पुगेको जिकिर गरेका छन् ।

देशको सरकारी ढुकुटी र सञ्चालित वित्तीय संस्थाहरुको आर्थिक कारोबार आम विपन्नवर्गको उत्थानमा परिचालित नभएको उल्लेख गर्दै पूर्व राजा शाहले सीमित व्यक्ति र सानो घेराका परिवारमा मात्र त्यसको लाभ खुम्चिएको गुनासो बढेको पनि बताएका छन् ।

उत्पादन, आर्जन एवम् समुचित वितरण र परिचालनमा उपयुक्त ध्यान नदिंदा जनसाधारणमा समस्या तथा आक्रोश बढ्नु स्वभाविक भएको उल्लेख गर्दै उनले युवापिढी, बिद्यमान प्रणाली र शासकीय गतिविधिप्रति पूर्णतया असन्तुष्ट हुँदै गएको दावी पनि गरेका छन् ।

विगत तीन दशक बढी समयको अनर्थ प्रयत्न उपर उनीहरुमा चरम विद्रोहभाव देखिन थालेको जिकिर गर्दै पूर्व राजा शाहले यस्तो अवस्थामा कसैको मुख थुनेर, धरपकड गरेर वा पुनरुत्थानको अर्थहिन आरोप थोपरेर नहुने प्रष्ट पारेका छन् ।

त्यसैले अब कोरा नारा छाडेर सहि प्रकारको राज्य पद्धतिका निम्ति सोच्न सबै खाले गल्ती सच्याउने तिर लागेर देशलाई थाहा पाई पाई बवादी तिर नलान पनि उनको आग्रह छ ।

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...