CG Electronics
IME Life
NIMB

प्रधानमन्त्री प्रचण्डको सर्वाेच्चलाई जवाफ : सशस्त्र द्वन्द्वमा मारिएका ५ हजारको जिम्मेवारी आफुले नलिने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

 

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र द्वन्द्वमा मारिएका मध्ये ५ हजारको जिम्मेवारी आफुले नलिएको दावी गरेका छन् ।

सर्वोच्च अदालतलाई लिखित जवाफ दिदैं उनले सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये पाँच हजार व्यक्तिको मृत्युको जिम्मेवारी आफूले नलिएको बताएका छन् ।

सर्वोच्च अदालतलाई चैत २७ गते पठाइएको लिखित जवाफमा प्रधानमन्त्री प्रचण्डले २०७६ माघ १ गते पाँच हजार व्यक्ति मारेको भनी नैतिक जिम्मेवारी लिने साविती बयान दिएको र सो आधारमा तत्काल प्रचलित कानूनी बमोजिम पक्राउ गरी सजाय गर्नुपर्ने भनी रिट निवेदकले लिनुभएको जिकिर सम्बन्धमा प्रथमतः निवेदनमा उल्लेख भए जस्तो पाँच हजार व्यक्तिको मृत्युको जिम्मेवारी लिएको अवस्था नभएको उल्लेख गरेका छन् ।

वारेस लोकमणि पोखरेल मार्फत पठाइएको लिखित जवाफमा प्रसंगवश व्यक्त भएको अभिव्यक्ति विशुद्ध राजनीतिक प्रसंग भएको र त्यसलाई न्यायिक प्रक्रियाबाहिरको विचार वा अभिव्यक्ति मान्नुपर्ने जिकिर पनि गरिएको छ ।

ज्ञानेन्द्रराज आरण र चिरञ्जीवी गिरिलगायतले आफ्ना परिवारका सदस्यसहित पाँच हजार व्यक्तिको हत्याको जिम्मेवारी लिएकाले प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक प्रक्रिया अघि बढाउन आदेश माग गर्दै रिट दायर गरेका थिए ।
सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले लगायतको रिटमाथि सुनुवाइ गर्दै गत फागुन २६ गते कारण देखाउ आदेश दिएको थियो।

अग्राधिकार दिइएको आदेशमा प्रधानमन्त्री प्रचण्डलाई १५ दिनभित्र लिखित जवाफ दिन आदेश दिए पनि दाहालले एक महिनापछि चैत २७ गते मात्र जवाफ पठाएका थिए । जवाफ पठाउन ढिलाइ हुनुमा उनले कार्यव्यस्तताको कारण भएको स्पष्टीकरण पनि दिएका छन् ।

२०७६ माघ १ गते काठमाडौंको टुँडिखेलमा आयोजित थारु समुदायको माघी महोत्सवमा दाहालले सशस्त्र द्वन्द्वमा मारिएका १७ हजार मध्ये पाँच हजार हत्याको जिम्मेवारी आफूले बताएका थिए ।

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...