CG Electronics
IME Life
NIMB

कृषि उपजको उत्पादन तथा व्यापार गर्ने कम्पनी हो राष्ट्रिय खाद्य बैंक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । प्राङ्गारिक उत्पादनलाई जोड दिने भन्दै स्थापना गरिएको राष्ट्रिय खाद्य बैंक बिगत २ बर्षदेखी संचालमा आइरहेको छ । ‘पोषिलो आहारका लागि दिगो कृषि’ भन्ने नाराका साथ स्थापना भएको राष्ट्रिय खाद्य बैँकले कृषिमा परनिर्भरता घटाउँदै प्राङ्गारिक उत्पादनमा जोड दिने उद्देश्य राखेको छ ।

राष्ट्रिय खाद्य बैंक कृषि उपजको उत्पादन तथा व्यापार गर्ने कम्पनीका रूपमा स्थापना भएको हो । बैंकमार्फत धान, गहुँ, मकै, तरकारी तथा फलफूलको उत्पादन तथा व्यापार गर्छौँ ।

किसानसँग सहकार्य गर्दै उत्पादन बढाउँने समेत बैँकको लक्ष्य रहेको छ । राष्ट्रिय खाद्य बैंक स्थापना गर्नुको मुख्य उद्देश्य कृषिमा परनिर्भरता घटाउने, कृषि उत्पादन बढाउने, रोजगारी बढाउने र प्राङ्गारिक उत्पादनमा जोड दिएर जनस्वास्थ्यको विषयलाई सम्बोधन गर्ने रहेको छ ।

कृषि क्षेत्रलाई आवश्यक पर्ने ज्ञान, सिप, बिउबिजन तथा मलजलको समुचित व्यवस्थापन गर्ने तथा दक्ष जनशक्ति विशेषज्ञ वैज्ञानिकको समेत सहभागितामा काम गर्ने बैंकले जनाएको छ ।

बैंक आफैंले खाद्यान्न, गेडागुडी, हरियो तरकारी, फलफूल, दहि, माछा, मासु, चिया, जडिबुटी लगायतको उत्पादन तथा व्यवस्थापन गर्ने बताएको छ ।

कृषि क्षेत्रमा आवश्यक अध्ययन अनुसन्धान गरी ठाउँअनुसारको बाली उत्पादनमा प्रोत्साहन गर्ने पनि बैंकको लक्ष्य रहेको छ । कृषि उत्पादन बढाएर देशमा सबै खालका सर्वसाधाणलाई रोजगारी प्रदान गर्ने राष्ट्रिय खाद्य बैंक लिमिटेडले जनाएको छ ।

विभिन्न क्षेत्रमा काम गरिरहेका मानिसहरुलाई कृषितर्फ ध्यान तान्ने र बेरोजगारी अन्त्य गरी अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्ने पनि बैँकको योजना रहेको छ ।

कृषिलाई औद्योगिकीरण गर्ने र आफ्नो खेतीमा आफैँ बाली लगाउने वातावरण बनाउनका लागि पनि बैंकले संवाहकको रुपमा रहनेछ ।

राष्ट्रिय खाध बैंकमार्फत काम गर्दा बिचौलिया अन्त्य हुने र यसबाट किसानहरुले उत्पादन गरेका बालीहरु खाध बैंकमा बिक्री गर्न सक्ने तथा बैंकले उत्पादन भण्डारण प्रशोधन गरी सिधै उपभोक्तासँग बिक्री बितरण गर्नको लागि समेत ठाँउ ठाँउमा विक्रि केन्द्र समेत संचालन गर्ने योजनामा छ ।

इको सिस्टमलाई संरक्षण गर्दै गुणस्तरको खाद्यान्न, तरकारी, फलफूल, जडिबुटी, चिया, कफी, अलैंची लगायतको सामाग्रीहरुको उत्पादन बढाएर विदेशमा बिक्रीबितरण गर्ने बैंकले जनाएको छ ।

गुणस्तरीय खाद्य सामाग्रीको सुरक्षित भण्डार गरी बैंक मार्फत सेल्फ, डिपो र होम डेलिभरीहरु इ कमर्शबाट बिक्री बितरण गर्ने र कृषि क्षेत्रमा उत्पादन बढाउँदै व्यवसाय विस्तार गर्दै अघि बढ्ने लक्ष्यसहित बैंकले देशका बिभिन्न क्षेत्रमा रहेको सरकारी जग्गा, सामुदायिक बनका खाली जग्गा,गुठी, व्यक्तिका जग्गा लिजमा लिएर उत्पादन गर्ने समेत बैँकको लक्ष्य छ ।

उत्पादनमा लागेका कृषकहरुलाई आवश्यक पर्ने बिउ, मल, कृषि औजारहरु, प्राविधिक ज्ञान दिने र उत्पादित खाद्य बस्तुहरु बैंकले नै किनिदिने ग्यारेन्टी लिने पनि बैंकले जनाएको छ ।

कृषि उत्पादनको लागि अल्पकालिन, दीर्घकालीन र मध्यकालीन योजना बनाएर अघि बढ्ने समेत बैँकको लक्ष्य छ ।

बैंकले देशभरको किसानहरूसँग सहकार्य गरी गर्ने उद्देश्य लिएको बैंकले कृषि कम्पनीहरू, कृषि सहकारीहरू, कृषि समूहहरू, कृषिसँग सम्बन्धित अन्य संघसंस्थाहरूसँग पनि सहकार्य गरी अघि बढ्ने लक्ष्य लिएको छ ।

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...

मोक्सी काठमाडौंमा डेभिड मेरियटको अविस्मरणीय भ्रमण

मोक्सी काठमाडौंमा डेभिड मेरियटको अविस्मरणीय भ्रमण

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:०५

काठमाडौं, नेपाल – ८ जुन २०२६ – हालै होटल भ्रमणका...

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी : प्रतिबद्धता पत्र सार्वजनिक

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी :...

वि.सं.२०८३ जेठ २८ बिहीवार ०९:४७

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को...