CG Electronics
IME Life
NIMB

सिबिफिन प्रबल जनसेवाश्री मानपदवीबाट विभूषित

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । समग्र राष्ट्रको आर्थिक स्तरोन्नति र बैंकिङ क्षेत्रको सुधार एवं विकासका लागि सिबिफिनले अघि सारेका नीतिगत सुझाव, खेलेको भूमिका र पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सिबिफिन प्रबल जनसेवाश्री मानपदवीबाट बिभूषित भएको छ । संविधान दिवस–०७९ को अवसरमा घोषणा भएको उक्त मानपदवी नयाँ वर्ष अर्थात् मिति २०८० बैशाख १ गते राष्ट्रपतिको कार्यालयमा आयोजित सुशोभन समारोहमार्फत प्रदान गरिएको छ । उक्त मानपदवी सिबिफिनकोतर्फबाट वरिष्ठ उपाध्यक्ष श्री भोजबहादुर शाहज्यूले ग्रहण गर्नुभएको थियो ।

संस्थागतरुपमा पहिलोपटक प्रदान गरिएको उक्त मानपदवी प्राप्त भएको यस सुखद अवसरमा खुशी व्यक्त गर्दै नेपाल सरकार र राष्ट्रपतिको कार्यालयप्रति हार्दिक आभार व्यक्त गर्दछौं । त्यसैगरी उक्त मानपदवी प्राप्त गर्नुमा अत्यन्तै महत्वपूर्ण योगदान पु¥याउनु हुने सिबिफिन कार्यसमितिका पूर्व÷वर्तमान पदाधिकारी, कार्यकारी सदस्यहरु र सम्पूर्ण सदस्य बैंक तथा वित्तीय संस्थाहरुप्रति समेत हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

बैंक तथा वित्तीय संस्थाका लगानीकर्ता एवं निक्षेपकर्ताहरुको हकहितको संरक्षण एवं सम्बद्र्धन गर्ने, आपसी स्वस्थ्य प्रतिस्पर्धाको माध्यमबाट गुणस्तरीय एवं भरपर्दो बैकिङ सेवाको विस्तार गर्ने, बैंकिङ क्षेत्रमा देखा परेका समस्याहरुको समुचित निकासका लागि सरोकारवाला सबै पक्षहरुसँग सहकार्य गर्ने, वित्तीय क्षेत्रको सुधार एवं स्तरोन्नतिका लागि अध्ययन–अनुसन्धान गर्ने, सरोकारावाला पक्षहरुवीच परस्पर सहकार्य एवं सहयोग आदान–प्रदान गर्ने र दिगो आर्थिक विकासमार्फत सबल, सक्षम र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने उद्देश्यलाई केन्द्रविन्दुमा राखेर सिबिफिन स्थापनाकालदेखि नै अनवरतरुपमा लागि पर्दै आएको छ र रहने छ ।

अन्तमा, प्राप्त मानपदवीले सिबिफिनको शिर उँचो भएको र गरिमा बढेको मात्र छैन, थप कर्तव्य र जिम्मेवारी पनि थपिएको छ । संस्थागत उद्देश्यहरुको कार्यान्वनयसँगै नेपाल सरकार र मातहतका निकायहरुबाट प्राप्त हुने जिम्मेवारीहरुलाई अत्यन्तै गहनताका साथ पूरा गर्दै आएको यस संस्थाले आगामी दिनमा समेत सदस्य संस्थाहरु, राष्ट्र र आम जनताको हकहित र कल्याणका खातिर थप क्रियाशिल भइ लागिरहने छ । प्राप्त भएको मानपदवीको गरिमा अक्षुण्ण राख्दै, नेपाल सरकार, मातहतका नियामक निकाय, प्राज्ञिक संस्था, राष्ट्रिय एवं अन्तराष्र्टि«य संस्था र सरोकारवाला सम्पुर्ण पक्षहरुसँग निरन्तर सहकार्य गर्दै समृद्ध राष्ट्र निर्माणको साझा अभियानमा निरन्तर अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्दछौं ।

 

तामाङ संस्कृति र जीवनशैलीको दुर्लभ दस्तावेज ‘तामाङ पोर्ट्रेट्स’ सार्वजनिक

तामाङ संस्कृति र जीवनशैलीको दुर्लभ दस्तावेज ‘तामाङ...

वि.सं.२०८३ जेठ २६ मंगलवार २२:०७

  काठमाडौँ । अस्ट्रियाकी सांस्कृतिक तथा सामाजिक मानवशास्त्री डा. गाब्रिएले...

आर्थिक विधेयकको त्रुटि सच्याउने अभ्यास नियमित, ईभी आयातमा सूचना चुहावटको आरोप निराधार : अर्थमन्त्रीका सल्लाहकार

आर्थिक विधेयकको त्रुटि सच्याउने अभ्यास नियमित, ईभी...

वि.सं.२०८३ जेठ २६ मंगलवार २१:१८

काठमाडौं, असार २६ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका स्वकीय उपसचिव...

उन्नति र मेरियट बिजनेस काउन्सिलबीच नेपाली मौलिक उत्पादनलाई विश्व बजारमा प्रवर्द्धन गर्न सहमती

उन्नति र मेरियट बिजनेस काउन्सिलबीच नेपाली मौलिक...

वि.सं.२०८३ जेठ २६ मंगलवार २०:४९

  काठमाडौं । नेपालको परम्परागत सीप, महिला उद्यमशीलता तथा स्थानीय...

विद्युत् आयोजनाको पीपीए र अनुमतिपत्र प्रक्रिया सुधारबारे अध्ययन प्रतिवेदन ऊर्जामन्त्रीलाई

विद्युत् आयोजनाको पीपीए र अनुमतिपत्र प्रक्रिया सुधारबारे...

वि.सं.२०८३ जेठ २६ मंगलवार २०:१४

  काठमाडौं, असार २६ – विद्युत् उत्पादन, प्रसारण, वितरण तथा...

नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मनोहर दास मुल निर्विरोध निर्वाचित

नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मनोहर...

वि.सं.२०८३ जेठ २६ मंगलवार १४:११

  नेपालमा निर्जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेका कम्पनीहरूको छाता संगठन...

आदिवासी जनजाति प्रतिष्ठान खारेजीको समाचारप्रति आयोगको गम्भीर

आदिवासी जनजाति प्रतिष्ठान खारेजीको समाचारप्रति आयोगको गम्भीर

वि.सं.२०८३ जेठ २५ सोमवार २२:४८

काठमाडौँ । ध्यानाकर्षणनेपाल सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, बौद्ध...