CG Electronics
IME Life
NIMB

सातै प्रदेशमा डिजिटल प्रदेश संवाद ४.० हुँदै, डिजिटल सक्षमताको मापन गर्ने प्रयास

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ । सातै प्रदेशमा डिजिटल प्रदेश संवाद आयोजना हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालको आयोजनामा आगामी वैशाख ४ गतेदेखि कोशी प्रदेशबाट डिजिटल प्रदेश संवाद कार्यक्रम सुरू हुँदैछ ।

डिजिटल प्रदेश संवादमा प्रदेशको डिजिटल अवस्था बारे प्रदेश सरकार, जनप्रतिनिधि, सरोकारवाला र सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधिबीच वृहत छलफल हुनेछ । हरेक प्रदेशमा २ जना बिषय बिज्ञबाट कार्यपत्र प्रस्तुतिको कार्यक्रम रहेको छ भने प्रदेश सरकारका मन्त्रि र मुख्यमन्त्रिको सहभागितामा प्यानल सेसन संचालन हुनेछ ।

संवादमा सम्बन्धित प्रदेशको डिजिटल अवस्था, आगामी दिनमा लिनुपर्ने नीति तथा कार्ययोजना बारे पनि महत्त्वपूर्ण बहस हुने आइसिटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्सालले जानकारी दिए । यस वर्ष ‘फोस्टरिङ डिजिटल्ली सक्षम प्रदेश’ नारा सहित आयोजना हुन लागेको संवाद कार्यक्रममा प्रदेश डिजिटल रुपान्तरणको कति सक्षम छ भन्ने बिषयमा केन्द्रित हुनेछ ।

गत वर्ष पनि आइसीटी फाउन्डेसन नेपालले सातै प्रदेशमा डिजिटल प्रदेश संवाद आयोजना गरेको थियो । यस वर्ष पनि वैशाख ४ गते कोशी प्रदेशको राजधानी विराटनगरमा डिजिटल कोशी संवाद आयोजना हुनेछ । त्यस्तै वैशाख ६ गते मधेश प्रदेशको राजधानी जनकपुरमा डिजिटल मधेस संवाद र वैशाख ८ गते बागमती प्रदेशको राजधानी हेटौडामा डिजिटल बागमती संवाद आयोजना हुनेछ ।
त्यसपछि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बैशाखको अन्तिम साता डिजिटल प्रदेश संवाद हुने जनाइएको छ । यस वर्ष गण्डकी प्रदेशको पोखरामा प्रदेश संवादको समापन हुने आयोजकले जनाएको छ ।

सातै प्रदेशमा डिजिटल संवाद आयोजना भएपछि समग्र प्रदेशको डिजिटल अवस्था समेटिएको अनुसन्धानमा आधारित एक पुस्तक ‘डिजिटल प्रदेश परिदृश्य २’ समेत प्रकाशन हुनेछ । आयोजकले ग्रान्ड प्रोग्रामको रुपमा जुन तेस्रो साता काठमाडौंमा ‘डिजिटल नेपाल कन्क्लेभ २०२३’ आयोजना गर्ने जानकारी दिएको छ । गत वर्षदेखि प्रदेश सहित कन्क्लेभ कार्यक्रम सुरु भएको थियो ।

सातै प्रदेशमा आयोजना हुने कार्यक्रम र सहभागिताको लागि www.digitalsamvad.org हेर्न सकिनेछ । सहभागिताको लागि आफ्नो नाम दर्ता गरेमा निशुल्क सहभागी हुने अवसर प्राप्त हुनेछ ।

एनआरएनएको लगानी,कोरियन प्रविधि र नेपाली आत्मनिर्भरताको उदाहरण बन्दै ओरा कस्मेटिक, एनआरएनए पुर्व अध्यक्ष विनोद कुँवरको औद्योगिक अभियान

एनआरएनएको लगानी,कोरियन प्रविधि र नेपाली आत्मनिर्भरताको उदाहरण...

वि.सं.२०८३ जेठ २७ बुधवार १०:०६

  काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) हरूको लगानी र अनुभवलाई...

फिफा विश्वकप २०२६ लक्षित गर्दै नेपाल टेलिकमको विशेष ‘टीभी प्याकेज’ सार्वजनिक

फिफा विश्वकप २०२६ लक्षित गर्दै नेपाल टेलिकमको...

वि.सं.२०८३ जेठ २६ मंगलवार २१:५६

  काठमाडौँ । नेपाल टेलिकमले आगामी फिफा विश्वकप २०२६ लाई...

‘भिभो समर सरप्राइज’ सार्वजनिक, स्मार्टफोन खरिदमा ५५ इन्च स्मार्ट टिभी जित्ने मौका

‘भिभो समर सरप्राइज’ सार्वजनिक, स्मार्टफोन खरिदमा ५५...

वि.सं.२०८३ जेठ २६ मंगलवार २१:५१

काठमाडौँ । नेपालका अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले गर्मीयाम र आगामी...

नेपालमा पाँच वर्ष पूरा गर्दै इनड्राइभको नयाँ अभियान ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ सार्वजनिक

नेपालमा पाँच वर्ष पूरा गर्दै इनड्राइभको नयाँ...

वि.सं.२०८३ जेठ २६ मंगलवार २१:१२

  काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा...

डीजीओमार्फत फिफा विश्वकप २०२६™ को प्रत्यक्ष प्रसारण, ‘मोबाइल पास’ ५४९ रुपैयाँमा उपलब्ध

डीजीओमार्फत फिफा विश्वकप २०२६™ को प्रत्यक्ष प्रसारण,...

वि.सं.२०८३ जेठ २६ मंगलवार २१:०३

  काठमाडौं । विश्वकै सबैभन्दा लोकप्रिय फुटबल प्रतियोगिता फिफा विश्वकप...

बेलायत सरकार र विश्व बैंकको सहयोगमा बुटवल पावर कम्पनीद्वारा हरित हाइड्रोजन पाइलट परियोजना शुभारम्भ

बेलायत सरकार र विश्व बैंकको सहयोगमा बुटवल...

वि.सं.२०८३ जेठ २६ मंगलवार २०:५४

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) ले बेलायत सरकार...